न्यू मिडिया, सामाजिक सञ्जाल भर्सेस परम्परागत मिडिया । बिश्वमै चलिरहेको बहसले हामीलाई पनि छोएको छ । ब्लग, ट्वीटर, फेसबुक तथा अन्य सामाजिक सञ्जालहरु न्यू मिडियाका लोकप्रीय माध्यम बन्दैछन् । केही दिन अगाडि प्रेस काउन्सील नेपालले माइसंसारडटकम नामक लोकप्रीय ब्लगलाई चिठ्ठी लेखेपछि नयाँ शिराबाट बहस शुरु भएको छ के ब्लगिङ् पत्रकारिता हो त? परम्परागत सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको आचारसंहिताले न्यू मिडियालाई पनि समेट्छ त? पत्रकारहरुले...