गर्बलाग्छ, बिगत दुईबर्षदेखि हरेक महिना केही हप्ताहरु सुदुर र मध्यपश्चिमका छ जिल्ला कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ र सुर्खेतका गाउँघरमा बिताउने अवसर मिलेको छ । गाँउघर डुल्डा भेटिने पात्र र परिबेशका आफ्नै कथाब्यथा छन् । त्यसमाथि सुदुर र मध्यपश्चिमको परिवेश बाँकी नेपालको भन्दा भिन्न छ । भिन्न परिवेशमा जन्मेको, हुर्केको र विकासका मुद्धासँग जोडिएको एक सचेत नागरिकका आँखाबाट सुदुर र मध्यपश्चिमेली गाउँघरका रमाईला र मार्मिक कथा, घटना, परिवेशसँग साईनो नजोडेपनि चटक्कै वेवास्ता गर्न पनि सकिदैन । कलमजीवीको रुपमा यात्रामा ठोक्किन आउने पात्र र परिबेशलाई अभिव्यक्ति गर्छु भन्दाभन्दै पनि कार्यब्यस्तताले गर्दा भनेजस्तो नहुनेरहेछ । पात्र र परिबेशलाई शब्दमा अभिव्यक्त गर्नलाई उपयुक्त शब्द चयन गर्न नसक्नु आफ्नो ठुलो कमजोरी लाग्छ । तथापी यो ब्लगमा मैले शब्दमा व्यक्त गर्न नसकेका पात्र र परिबेशलाई सामान्य मोवाईलफोनको सहायतामा खिचेका तस्बिरहरुबाट अभिव्यक्त गर्न चाहेको छु ।
-----------------------------------------------------------------------------------------------------------
|
कैलाली जिल्लाको टिकापुरमा रहेको बनाना रिजोर्ट केराबाट बनेको खाद्य र पेय पदार्थका लागि लोकप्रीय छ । रिजोर्टमा उपलब्ध खाद्य र पेय परिकार तारिफयोग्य छन् । रिसोर्टका भित्ताहरुमा जतासुकै टाँगिएका सायरीबाट समेत मज्जा लिन सकिन्छ बनना रिजोर्टमा । --------------------------------------------------------------------------------------------
तपाई कैलालीको टिकापुर जाँदै हुनुहुन्छ भने एकपटक टिकापुर पार्क जानोस् भन्ने मेरो सल्लाह । रमणीय छ पार्क । नजिकै कर्णालीको एकभंगालो फेरीबाट तरेर पारी जाने हो भने बनना टापु पुग्न सकिन्छ । टापुमा सामान्य रेष्टुँरा पनि छ । बीच भलिबल खेल्ने, पौडिखेल्नेलाई उपयुक्त ठाउँ छ त्यहाँ ।
|
|
तस्विरमा तपाईले देख्नुभएको महेन्द्र आरोग्य गृहमा तत्कालिन राजा महेन्द्रले आराम गरेका थिए रे । शुक्लाफाँटामा शिकार खेल्दा महेन्द्रलाई हर्टअट्याक भयो । त्यसपछि उनलाई कर्णालीको शान्त र रमणीय किनारमा ल्याएर उपचार पनि गराईयो र उनले त्यहाँ केही समय आराम गरे । |
बाँके जिल्लाका ९ वटा गाविसलाई राप्तीपारिका गाविस भनिन्छ । नेपालगञ्जमा खासै टाढानभएपनि सेवासुबिधा र पहुँचका हिसावले ती गाविस निकै दुर्गम लाग्छन् । बाँकी बाँकेलाई राप्तीपारिका गाविसम्म जोड्नलाई कम्दी नजिकै राप्तीमा पुल बनाईएको छ । स्थानीयबासिन्दाहरु भन्छन्, गरिवीले हो वा अन्य कारणले यो पुलका नटबल्टु पनि चोरी हुन्छन् ।
कैलाली जिल्लाको चिसापानीमा हेर्नका लागि दुईटा कुरा लोकप्रीय छन् । एक कर्णाली नदी र दोश्रो नदिमाथिको आकर्षक पुल । स्थानीय स्वादमा नेपाली खाना, माछा र खसीको मासु मन पराउनेका लागि चिसापानी उपयुक्त गन्तब्य हो ।
महाकाली नदी नेपाल भारत सिमाना नदी भएपनि नदीपारी पनि दुईवटा नेपाली गाविस छन् चाँदनी र दोधारा । यताको नेपाललाई ती दुई गाविसम्म जोड्नलाई महाकालीमा आकर्षक पुल बनाईएको छ । एशियाकै लामो सस्पेन्सन ब्रीज बनाईएको छ । पुल पार गर्नलाई एकतर्फी समय झन्डै २० मिनेट लाग्छ । साँझतीर त्यहाँपुग्दा सुर्यास्तको अलौकिक दृष्य कैद गर्नसकिन्छ ।
पुर्व पश्चिम राजमार्ग, रत्न राजमार्ग (नेपालगञ्ज सुर्खेत) मा यात्रा गर्दा देखिने प्राकृतिक दृष्यले त्यो क्षेत्रको बसाईलाई थप रमाईलो र स्मरणीय बनाउन सहयोग गर्छ ।
|
बाङ्गेसिमल सुर्खेतबाट देखिएको सुर्योदय |
|
सुर्खेतको छिन्चुनजिक जंगलमा फलेको थाकल |
|
दाङको जखेरा तालमा माछा मार्दै स्थानीय |
|
झरी परेपछि बबई पारी उकालोबाट देखिएको पश्चिम नेपाल |
|
सडकबाट देखिएको आकाश |
|
गाभर भ्याली, बाँके |
|
झरिको बेला हर्रेबाट देखिएको ढल्कदो साँझ |
|
झरिको बेला हर्रेबाट देखिएको ढल्कदो साँझ |
|
पानी पर्दाको हर्रे |
|
पोखरीकाँडा, सुर्खेत |
|
साउने झरी, पोखरीकाँडा सुर्खेत |
|
सुर्खेतको बड्डीचौरमा खेत रोपाँई |
|
कोहलपुरको बिस्तारित सडकखण्ड |