सायद हामीमा मनुष्यमा जिन्दगीको कुनै न कुनै मोडमा यस्तो मौका आउँछ जसलाई हामी सधैका लागि अविष्मरणीय बनाउन चाहान्छौ । तर प्रश्न, आफ्ना जीवनका सुनौला पलहरुलाई कसरी अविष्मरणीय बनाउने ? उत्तर सबैको फरक फरक आउला । कसैले स्टील फोटो खिच्ला कसैले भिडियो । कसैले लेख लेख्ला कसैले कथा, कविता, निवन्ध या साहित्यका अरु कुनै बिधा मार्फत यस्ता पलहरुलाई अविष्मरणीय बनाउने प्रयास गर्ला । बिहे हरेक मानिसको जीवनमा एउटा यस्तो अविष्मरणीय घटना हो जिन्दगी नै मोडिन्छ । सिधा हिडिरहेको जिन्दगीको स्टेरिङ दायाँ बायाँ जता पनि मोडिन सक्छ । अथवा बाङ्गोटिङ्गो हिडिरहेको वा बरालिएको जिन्दगी सिधाबाटोमा आउन वा सम्हालिन सक्छ । बिहेबाट जिन्दगी शुरु पनि हुन्छ बर्वाद पनि । त्यसैले बिहेलाई लिएर प्राय सबैका आ आफ्नै अनुभवहरु छन् । उखान टुक्का पनि बनेका छन् । बिहे यस्तो चिज हो जो गर्दा पनि पछुतो नै अनि नगर्दा पनि पछुतो भन्ने उखान नसुनेका हामी कमै छौ । खैर, हरेक मनुष्यले बिहे गरेपछि त्यसलाई कुनै न कुनै रुपमा अविष्मरणीय बनाउन चाहान्छ । भिडियो खिच्छ, फोटो खिच्छ अनेक थोक गर्छ जसले गर्दा इतिहासमा त्यो कुरा रेकर्ड होस् । यो पालाको माघ २४ गते धेरैका लागि यस्तो दिन रह्यो धेरैले बिहे गरे । गरेको बिहेलाई आफ्ना बल बुताले भ्याएका तरिका अपनाई सम्झनयोग्य बनाए । यसमध्ये मैले यहाँ चर्चा गर्न खोजेको एउटा बिहे हो मेरो सहकर्मी ब्रबीम कुमारको ।
चारबर्ष जति अगाडि हुनुपर्छ मैले पहिलोचोटी यो नाम सुने, ब्रबिम कुमार केसी । कुमार र केसी मेरा लागी नौलो थिएन तर ब्रबिम, अबस्य नौलो अनि अनौठो । कसरी उच्चारण गर्ने होला? एकदुई दिन त सोचमा नै परे । मलाई मात्र हैन पहिलो चोटी सुन्ने जो कोहीलाई पनि ब्रबिम अनौठो नाम रहेछ भन्ने त्यतिबेला लाग्यो जतिबेला थाहा पाए झन्डै महिना दिनजति अघि संचारकर्मी मित्र रोजी कट्टेलको पनि मेरो जस्तै अनुभव रहेछ । चर्चा नै भएछ उसको नामलाई लिएर । संवैधानिक कानूनका ज्ञाता चन्द्रकान्त मैनालीले पनि आज त्यो नामको अर्थ सोध्दा म झनै छक्क परे । वास्तवमा के हो त ब्रबिम? सबैका लागि अनौठो लाग्ने यो नामको पुरा रुप रहेछ ब्रम्हा, बिष्णु महेश्वर । वाह क्या नाम । अर्थ थाहा पाउदा मलाई मात्र हैन सबैको प्रतिकृया यस्तो पाउँदा लाग्थ्यो यो मान्छेको नाम नै अनौठो छ ।
ब्रबिम एउटा संचारकर्मी हो । वातावरण विज्ञान पढेको, अध्यात्मलाई नजिकबाट नियालीरहेको । सूचना प्रबिधीको भरपुर उपयोग गर्न जान्ने । युवाका सवालमा पोख्त, सक्रिय, जेहेन्दार र मेहनती युवा । २४ बर्षको उमेरमा माघ २४ गते उसले बिहे गर्यो । बिहे गर्ने निर्णयसँगै उसले अर्को पनि निर्णय गर्यो जसले गर्दा उसको बिहेलाई उसले मात्र हैन अरुले पनि संझनयोग्य ठानुन् । ४ बर्षको अवधिमा उसको लेखकिय सीपको छनक राम्ररी पाइसकेको थिए मैले । तर उसले मेरो अनुमानभन्दा माथि धेरै लेखिसकेको रहेछ । निर्णय थियो यसरी स्कुले जिवनदेखि व्यवासायिक जिवनको आजका मितिसम्म आईपुग्दा लेखेका सामग्रीहरुलाई प्रकाशित गराउने । त्यो पनि कविताका रुपमा । एउटा सामान्य पाठक मेरा लागि उसका कविता मिठा थिए, खरा पनि थिए । कहिलेकाँही फेसबुकमा पढ्न पाइन्थ्यो । म लगायत अरुले पनि तारिफ गर्थे । उ हौसिन्थ्यो । हौस्याईले उसलाई प्रेरणा दिन्थ्यो क्यारे उ अरु कविता लेख्दो रहेछ । उसले लेखेका कविताले ३ दर्जनको संख्या पार गरेपछि उसलाई मन लाग्यो प्रकाशन गर्ने । अनि निर्णय गर्यो विवाह गरेर कसैकी छोरीलाई आँगनमा पाइला टेकाउनु र कविता संग्रह पनि बिमोचन गर्नु अनि सबैलाई जानकारी दिनु मैले दुइटै काम सम्पन्न गरे । कविता संग्रहको नाम जुर्यो मेरो आँगनमा तिमी । बिमोचन भयो आमाको हातबाट । प्रमुख अतिथी बर्षामान पुन, सभासदहरु पुष्पा भुषाल, राजकाजी महर्जन, कवि ब्याकुल माइला तथा अन्य दर्जनौ उपस्थितीका बिचमा आमाको हातबाट कविता बिमोचन गराउनु एउटा परम्परा बिरोधी काम थियो । ब्रबिमले चुनौली मोलेर धेरै आमाहरुलाई खुशी बनायो । सहदेव स्मृति प्रतिष्ठान लेलेका नामका प्रकाशित कविता संग्रह बिमोचनका दिन भएको बिक्रीबाट प्राप्त रकमले लेलेका दुुईजना बालिकाको पढाई व्यहोर्ने उसको अभियानको खुलासा पुर्व मिस नेपाल सुगारिका केसीले गरिदीदाँ समारोहमा उपस्थित सबैले ब्रबिमलाई मनभित्रैबाट मुरिमुरि धन्यवाद दिए ।
बिहेलाई स्मरणीय बनाउने नाममा ब्रबिमले जे जति गर्यो यसबाट अर्को सन्देश नजानिदो किसिमले प्रवाह गर्न पनि ब्रबिम सफल सावित भएको छ । त्यो हो महिला शशक्तिकरणप्रति उसको चेतना । ललितपुर इमाडोलकी नविनालाई जीवनसंगी चुन्यो र मेरो आँगनमा तिमी भन्दै दुनियाँका सामु सुकार्यो । गन्यमान्य र मै हु भन्नेहरु हावी हुने यो दुनियाँमा आमालाई सबैको अगाडि प्रस्तुत गर्यो । कतै उसको यो काम नेपाल आमालाई हामी सबैले यसरी नै सम्मान गरौ है भन्ने सन्देशलाई बलियो बनाउनका लागि सांकेतिक प्रयास त हैन? कितावको बिक्रीबाट उठेको रकम बालिकाको शिक्षामा खर्च गर्ने निर्णय गरेर ब्रबिमले पढाई छोरीको शशक्तिकरणको लागि पहिलो ढोका हो भन्ने कुरालाई थप बल पुर्यायो । अनि उसले अरु पनि राम्रा कुरा गर्यो । बिहे पार्टीका बेला जथाभावी र अनावश्यक रुपमा प्रयोग हुने मदिरालाई भोजमा सामेल गराएन । झमझम पानि परिरहेको बेला कठाङ्रीएर भोजमा पुगेका पाहुनालाई मन त थियो होला ह्वीस्की पिउने, तर त्यहाँ तातो चिया र कफिले पाहुनाको स्वागत भयो । जुन सम्भवतः असामान्य थियो । बिहेको खुशियालीमा शुभकामना आदान प्रदान भयो, खुशि साटासाट भयो, कविता बिमोचन भयो, आउनेजति सबैले पैसा तिरेर कविता किताव किने, त्यो रकमले कुनै बिद्यालयमा पढ्ने दुइ बालिकोको पढाइखर्चमा सहयोग गर्यो, कोही मातेनन् बरु सबै जना तातो कफि र चियाले मज्जाले ताते, नाच्नेहरु नाँचे, नजानेपनि कम्मर मर्काए समग्रमा भन्दा अन्यन्त भिन्न तरिकाले ब्रबिमको विहे भोज सकियो । र ब्रबिमको बिहे सदासदाका लागि अविष्मरणीय भयो । कसैले खुलेर भने कसैले मनमनै भने मैले लेखेरै भन्दैछु “वाह ब्रबिमः यस्तो पो बिहे ।”
विनय गुरागाई, माघ २६, २०६६, कुमारीपाटी, ललितपुर ।