हामी कति निराशातीर जादैछौ भनेर अब हामीलाई कसैले भन्नु नपर्ला जस्तो लाग्छ । एउटा सामान्य नागरिक जो बिहानदेखि बेलुकासँग हातमुख जोर्न संघर्ष गरिरहेको हुन्छ, एउटा मध्यमबर्गिय परिवार जसोतसो समाजमा इज्जतिलो जिन्दगी जिउन चाहिरेको हुन्छ र उच्चबर्ग जसलाई निम्न र तल्लो बर्गिय समाजमा के हुदैछ कुनै चासो छैन, न त चासो लिने ध्याउन्न नै । सबै बर्ग आज खशि छैन । निराशा धेरै छ । अत्यास बढ्दो छ । कारणहरु थुप्र्रै हुनसक्छन् । त्यसमध्ये केही यहाँ चर्चा गरौ । एकजना मित्रले केही दिन पहिले फेसबुकमा आफ्नो स्टाटस् सन्देश लेखे, यो देशमा अब शहरीया र गाउँलेको दुरी अकास्सिन्छ? धनि र गरिवको खाडल झनै फराकिलो र गरिहो पनि हुन्छ । उच्च बर्ग आकासिन्छ? सबभन्दा गरिवहरु अझै भाँसिन्छन्, मध्यम बर्ग न तल झर्छ न माथि नै उक्लन्छ, उ एउटा भ्रममा दुवैतिरको नभै जिन्दगी जिउछ जुन जिन्दगीको न उसलाई आवश्यकता छ, न त अरुलाई त्यसको महत्व बुझाउन नै सक्छ । मेरा मित्र एउटा सामान्य नागरिक हुन् । तत्लो बर्गिय मध्यमबर्गलाई प्रतिनिधत्व गर्छन् । उनी एउटा सामाजिक सवाल र संचारलाई बिषयबस्तु बनाएर काम गर्ने संस्थाको कनिष्ठ कर्मचारी हुन् । काठमाण्डौभन्दा तथाकथित मोफसलमा बस्छन् । राजनीतिक पृष्ठभुमिले ओतप्रोत वातावरणमा हुर्केका भएपनि मित्र राजनीति गर्दैनन् । समग्रमा भन्दा उनलाई राजनीतिभन्दा पनि त्यही जागिर जोगाउनुछ, जसका लागि उनी मनमा जस्तासुकै बिचार आएपनि संस्थाको तटस्थता नितीको पालना गर्छन्, खुलेर राजनीति गर्दैनन् । तर उनले फेसबुकमा जे लेखे, त्यसलाई पटक पटक पढ्न मनलाग्यो । धेरै पटक पढेपछि मैले त्यो कुरालाई हुवहुँ कपी गरेर मेरैमा राखुजस्तो लाग्यो, तर मन पर्यो मात्र भन्नु उत्तम ठाने मैले । किनभने उनको तर्कमा तागत छ जस्तो लाग्यो । उनले बर्तमान परिस्थितीलाई गहन अध्ययन गरेर भविष्यको संकेत गरेका छन्, जुन कुनै समाजशास्त्रिले गर्ने चिन्तनभन्दा फरक हैन जस्तो लाग्यो मलाई । उनको अभिव्यक्तिमा आशा हैन निराशाको झिल्को दन्किएको छ । उनी कतै कुनै पनि यस्तो ठाउँ देख्दैनन् जसले उनलाई केही राम्रो हुदैछ भन्ने ढाडस दिओस् । उनले मात्र किन यस्तो सोचे, कतै म पनि यस्तै सोचिरहेको छु तर भन्न पो सकिरहेको पो छैन की? अहिले भैरहेको निराशाजन्य परिस्थितीमा हामीले देखेका, सुनेका, भोगेको तमाम यथार्थपरक घटनाले यस्तै भन्छ हामी आशाबादी हुन छोड्यौ । शंकालु धेरै, अविश्वासी अति, निरास । किनभने हामीले अहिले पढिरहेका शब्दहरु केलाउँ, हेरिरहेका दृष्यहरु पछ्याउ् । सुनिरहेका कुराहरु सम्झौ ।
बिहानै सबभन्दा पहिले सुन्ने समाचारमा हामी सुन्छौ कुरा मिलेन, निष्कर्ष बिहीन, खिचातानी, विवाद, झगडा, मृत्यु, मृत्युदर बढ्दो, मुल्य बढ्दो, आकाशियो, धर्ना, जुलुस, बन्द, हड्ताल, घाटा, सिमा अतिक्रमण, उनीहरु जिम्मेवार हामी चोखा, दोषी, आरोप, आदी । यी मध्ये केही शब्दहरु सकारात्मक रुपमा प्रयोग हुन्छन् । तर हामीकहाँ अहिले नकारात्मक रुपमा प्रयोग हुन्छन् । अनि हामी सबैभन्दा पहिले सुन्छौ यस्तै शब्द र शुरु हुन्छ हाम्रो दिन । अघिल्लोदिन १९ रुपैयाँमा किनेको दुध भोलिपल्ट बिहान २० रुपैयाँ हुन्छ । दाँत किटेर पैसा तिर्नुबाहेक हामीसँग किन भनेर प्रश्न गर्ने क्षमता हराएको छ । आज १० रुपैयामा पाइने आलु भोली ४० रुपैया हुदाँ पनि हामी खान बाध्य छौ । हामी सोध्छौ त्यो भैया व्यापारिलाई जसले आफै भाडा बढाएको हुदैन । जतासुकै महंगी बढीरहेको अवस्थामा केही कुराको दाम घट्यो भने हामी पत्याउनै छोड्यौ । राम्रो जोक हुनसक्छ यस्तो कुरा । राजनीतिमा पनि त्यस्तै । कतै मिलेको, सहकार्यको राम्रो उदाहरण छैन । आरोप प्रत्यारोप, अविश्वास, छेड हानाहान् । आर्थिक अवस्था सुधारउन्मुख छैन । ए बाबा, यो चाँही राम्रो भनेर हामीले भन्ने ठाउँ नै छैन अहिले । जतासुुकै नराम्रो, जतासुकै खराव । अनि यस्तो बेलामा हामी कसरी आशाबादी हुने त? के चाहेर मात्र भइन्छ आशाबादी? आशाबादी हुनका लागि निराशाबादी व्यवहार, घटनाहरु यो समाजमा कम भएभने मात्र हामी आशोन्मुख जिन्दगी जिउन सक्छौ, हैन भने सधै निराशोन्मुख, अनि मेरा मित्रले फेसबुकमा भनेको कुरा सहि हैन भनेर पत्याउने आधार पनि छैन आजको दिनमा यसो घोत्लिँदा ।
Sunday, June 06, 2010
0 comments: