
श्रीमतीले फोनमा भनिन् आज नगए हुन्थ्यो । फ्लाईट क्यान्सिल भैहालोस् । के भनेको त्यसो? मैले त्यो भन्दा धेरै केही भनिन् । सोचे क्यान्सिल भएपनि के भो र, आफ्नै घर फर्किने त हो नी । छोरा पनि एकाविहानैदेखि बाबा तिमी आज अफिस नजाउँ भन्दै थियो । तर १२ः३० बजेको बुद्ध एयरमा जनकपुर जाने तयारीका साथ पौने ९ बजे म लागे अफिसतीर । नियमित मिटिङ सकेर अफिसबाट...
