श्रीमतीले फोनमा भनिन् आज नगए हुन्थ्यो । फ्लाईट क्यान्सिल भैहालोस् । के भनेको त्यसो? मैले त्यो भन्दा धेरै केही भनिन् । सोचे क्यान्सिल भएपनि के भो र, आफ्नै घर फर्किने त हो नी । छोरा पनि एकाविहानैदेखि बाबा तिमी आज अफिस नजाउँ भन्दै थियो । तर १२ः३० बजेको बुद्ध एयरमा जनकपुर जाने तयारीका साथ पौने ९ बजे म लागे अफिसतीर । नियमित मिटिङ सकेर अफिसबाट हिड्दा पौन १२ नै भयो । सहकर्मीहरु उपेन्द्र अर्याल र जयाँ लुईटेलका साथ कुरा गर्दै एयरपोर्ट पुग्दा बुद्ध एयरका कर्मचारीहरु फुर्तिका साथ भन्दैथिए अलिकति डिले छ आत्तिनुपर्दैन । किन आत्तिनु नी? भोक लागेकोले हामी एकतलामाथि रहेको रेष्टुरेन्टमा चढ्दा संचारकर्मी मित्र दुर्गा कार्की पनि भेटिइन् । हामी चारै जनाको गन्तब्य एउटै थियो उदयपुरको राजाबासमा महिला पुनस्थापना केन्द्र (ओरेक) को पहलमा स्थानीय महिलाहरुद्धारा संचालित रेडियो उदयपुर, जहाँ भोलिपल्ट हामीले रेडियोका लागि आवश्यक संचारकर्मीहरुको छनौट गर्नुपर्ने थियो । काम गरिरहेकाहरुमध्येबाट काँटछाँट गरी रेडियोलाई डोर्याउने समूहको छनौट गर्नु सजिलो काम थिएन । तर गर्नै पर्ने भएकोले हामी त्यहाँ जसरी पनि पुग्नु थियो । विगत तीन महिनाको प्रयासपछि फागून ११ जुरेको थियो, आज पनि गइएन भने अरु कैयौ महिना जान पाइदैनथ्यो ।
मौसमको खरावीले गर्दा त्यो दिनको उडान तालिका चौपट थियो । बिहानै त्यहाँ पुग्नेहरुको व्यग्रता हेर्न लायक थियो । बस्ने सिट थिएन । जानुपर्नेहरु गएका थिएन् आउनेहरु थपिदै थिए । झन्डै १ः३० बजेतीर बुद्ध एयरका स्मार्ट कर्मचारीलाई सोध्दा थाहा भयो बुद्ध एयरको जहाज अब तीनदेखि ४ बजेको बिचमा मात्र जनकपुर जाने रहेछ । धन्य बुद्ध एयर । सूचना प्रबिधीको जमानामा पनि दर्जनौ यात्रीलाई सूचनाबाट बिमुख पार्दा अलिकति पनि लज्जा देखिएन स्मार्ट कर्मचारीहरुमा । बरु उल्टै तपाईहरु उ त्यहाँ गएर एक कप कफि खानोस् बोर्डिङ्गपास देखाउनु भयो भने पैसा तिर्नु पर्दैन भन्दा उनीहरुलाई मानौ कि हामी एक कप कफिको अफर गरेर ठुलै उदारता देखाउदैछौ भन्ने गर्व थियो । दिउसो साढेतीनबजेतीर जहाँज चढ्नलाई गाडिमा चढाएपछि पनि ढुक्क हुन नसकेकाले होला एकजना यात्री जंगीए, गर्न खोज्या के? बुद्ध एयरका कर्मचारी, बोलुन् पनि के । सूचना नै नदिई कारण नै नबताइ चारचार घण्टा कुर्न बाध्य बनाएर गल्ति त भैसकेको थियो । ए बाबा, बल्ल पाँचबजेतीर जनकपुरमा ल्याण्ड हुदाँ ढुक्कको सास फेरियो । उज्यालैमा राजाबास पुग्ने चाहना तर पुगियो रातीको ९ बजे । केही छैन, धन्य पुगियो । जहाजजस्तो कुरा । गुड्ने भए त लौ, उड्ने हो जति नै सास्ती खाएपनि धेर्यता गुमाउनु हुदैन । त्यत्रो अजंगको फलामको बाकसजस्तो भाडो, कैयौ किलो सामान र मान्छे बोकेर आकाशमा उड्छ, कुनै सानो गडबडी भयो भने? संझदा पनि आङ्गै सिरिङ्ग । पुल्चोक आकाशेपुलमा रोक्नुपर्ने माइक्रो इन्जिनियरीङ्ग क्याम्पस अगाडि पुगेर रोकीदाँ त मैले धेर्यता गुमाईन भने यहाँ आवेगमा आएर के गर्नु? चारघण्टा कुर्नु कुर्यौ । आफुलाई निरिह ठान्यौ । गर्न सक्ने केही थिएन । तर बुद्ध एयरले गर्न सक्ने केही काम गरिदिएको भए मानसिक रुपमा त्यतिधेरै थकित र हेपिएको महसुस त गर्नु पर्ने थिएन ।
१७ बर्षको उमेरमा पहिलोपल्ट फोन देख्दा र गर्दा मलाई के थाहा थिएन भने नम्बर थिच्नै बित्तिकै बोल्नुहुन्न । काठमाण्डौको कलंकीमा पहिलोचोटी झर्दा मैले त्यही गरे जुन काम देखेर मलाई धेरैले भने पाखे । फोनको नम्बर थिचेपछि घण्टि जान्छ, उता मान्छे बोलेपछि मात्र आफु बोल्नुपर्छ भन्ने मलाई कसरी थाहा होस् । तर अहिले जमाना त्यस्तो छैन, फोनमा संसार छ । फोनले क्रान्ति गरेको बेला छ । सूचना प्रबिधीको नयाँ तर शसक्त माध्यम बन्दैछ बिशेषगरी मोवाइल फोन । बुद्ध एयरले यात्रिलाई बिना सूचना घण्टौ कुराउनुको साटो अब सूचना प्रबिधिको उपयोग गरेर सम्बन्ध अझै प्रगाढ बनाउने बारेमा सोच्ने बेला भएन र? एयरपोर्टमा भएको स्पीकरलाई उसले प्रयोग गरेन । उसका स्मार्ट कर्मचारीहरुले आफैले यात्रुलाई भेटेर यो कारणले गर्दा उडान ढिलो भएको भन्नुपर्छ भन्ने महसुस गरेनन् । सोध्नेलाई उल्टै चिया कफिको अफर गर्दा के के न गरेजस्तो भयो उनीहरुलाई । तर अब सूचनाका परम्परागत माध्यममा नै किन भरपर्नु? मोवाइलमा एउटा मेसेजले कैयौ मानिसलाई एकैपटक सूचना दिन्छ र मान्छेले सहि समयमा सहि सूचना पाएकोमा गर्व गर्छ साथै उसले त्यो समयलाई अरु थुप्रै काममा उपयोग गर्न सक्छ भने त्यसलाई किन प्रयोग नगर्ने अब? हरेक यात्रुसँग मोवाइल फोन हुन्छ । मोवाइल नम्बर पाउन गाह्रो छैन । तर मात्रै गाह्रो छ शुरुवात गर्न । यस्तो खाले एसएमएस सेवा शुरु गरौ जसले गर्दा एउटा सूचना एकैपटक सबै यात्रुमा पुगोस् । फलाना ठाउँ जाने जहाज यो कारणले यति समय ढिलो भो । वा आज मौसम अनुकुल छ, तपाईहरु समयमै एयरपोर्ट पुग्नुहोला । साना साना सन्देशहरु । हरेक यात्रुलाई घरघरमा पुर्याउन सजिलो छ । यसले हानी हैन ख्याति र बिश्वसनीयता बढाउँछ । ध्वनि प्रदुषण हुदैन । समय बच्छ । जसको समय बच्छ उसले त्यो समयमा केही न केही सिजर्नशील काम गर्न सक्छ । उङदै, हाई काढ्दै, भए नभएका र हुनै नसक्ने फतौरा चुट्दै भोक र थकानले गल्दै बस्नु त पर्दैन । सूचना प्रबिधीको भरपुर उपयोग, सबैलाई फाइदा । यो काम खर्चिलो पनि त नहोला । के यसो गर्न सकिदैन र?

3 comments:

sagun said...

very nice dost..great idea..yesto idea dherai chahieko chha. great job

Unknown said...

I appreciate it. Yes, you are very right. With a little effort, the airlines can save so many important things, particularly the time of people, which is so precious and can not be undone!!! Congrats for posting it.

worldw MOHAMED said...

सबैलाई नमस्कार,
मेरो नाम श्री, रुगारे सिम हो। म हल्याण्डमा बस्छु र म आज खुसी छु? र मैले आफैंलाई भनें कि कुनै पनि nderणदाता जसले मलाई र मेरो परिवारलाई हाम्रो खराब अवस्थाबाट बचाउँछ, म उसलाई anyण खोज्ने कुनै पनि व्यक्तिलाई पठाउँछु, उनले मलाई र मेरो परिवारलाई खुशी दिए, मलाई € को ofण चाहिएको थियो। ,000००,०००.०० लाई मेरो जीवन सुरु गर्न म २ बच्चाका साथ एकल बुबा हुँ म यो इमान्दार र अल्लाह डर मान्छे loanण nderणदाता मलाई मलाई that 300,000.00 को loanण संग मद्दत, उहाँ अल्लाह डराउने मानिस हुनुहुन्छ, यदि तपाईलाई loanणको आवश्यकता छ भने र तपाईले backण फिर्ता गर्नु हुनेछ कृपया उसलाई सम्पर्क गर्नुहोस् भन्नुहोस् कि (श्री, रुगारे सिम) तपाईलाई उनीसँग पठाउँछन्। श्री, मोहम्मद करेनलाई ईमेल मार्फत सम्पर्क गर्नुहोस्: (arabloanfirmserves@gmail.com)


APPण आवेदन जानकारी फोरम
पहिलो नाम......
बीचको नाम.....
२) लिender्ग: .........
)) Amण रकम आवश्यक: .........
)) Dण अवधि: .........
)) देश: .........
)) घर ठेगाना: .........
)) मोबाइल नम्बर: .........
)) ईमेल ठेगाना ..........
)) मासिक आय: .....................
१०) पेशा: ...........................
११) तपाईले कुन साईट यहाँ गर्नुभयो? .....................
धन्यबाद र शुभकामना।
ईमेल arabloanfirmserves@gmail.com

Popular Posts

Blogger templates

Blogger news

Blogroll