आज शहिद दिवस । सानो छँदा स्कुलमा शहिद गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथचन्दको नाम सुन्नेबित्तिकै राष्ट्रप्रेमले भावुक बनिन्थ्यो । पछि बुझ्दै जाँदा उनीहरुको योगदान प्रजातन्त्र र खुल्ला समाजको स्थापनार्थ योगदान गरेको बुझ्न थालियो । उनीहरुको बलिदानको महत्व बुझेदेखि कहिल्यै खुल्ला समाज र लोकतन्त्रको बिपक्षमा लागिएन । आजसम्म बिभिन्न स्थानमा रहेर लोकतन्त्रकै पक्षमा वकालत गरिन्छ । समयसँगै चारजना शहिदको संख्यामा अरु पनि थपिन थाले ।...
