आज शहिद दिवस । सानो छँदा स्कुलमा शहिद गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथचन्दको नाम सुन्नेबित्तिकै राष्ट्रप्रेमले भावुक बनिन्थ्यो । पछि बुझ्दै जाँदा उनीहरुको योगदान प्रजातन्त्र र खुल्ला समाजको स्थापनार्थ योगदान गरेको बुझ्न थालियो । उनीहरुको बलिदानको महत्व बुझेदेखि कहिल्यै खुल्ला समाज र लोकतन्त्रको बिपक्षमा लागिएन । आजसम्म बिभिन्न स्थानमा रहेर लोकतन्त्रकै पक्षमा वकालत गरिन्छ । समयसँगै चारजना शहिदको संख्यामा अरु पनि थपिन थाले । देशका लागि कैयौ नागरिकले खुन बगाए । लोकतन्त्र र समतामुखि समाजको सपना देख्दै प्राण दिन तयार तमाम वीर योद्धाहरुलाई संझिनु एक नागरिकको कर्तव्य हो । यद्यपी पछिल्लो समयमा चोर, डाँका, फटाहा, लुटेरा, हत्यारा, गुण्डा तथा अपराधीहरुलाई पनि शहिदको कोटामा राख्न, त्यसबाट फाइदा लिने किसिमले बिभिन्न पार्टी, समूहहरु लागि परेका छन् । यसले वास्तविक शहिदको अपमान गर्छ । त्यसैले आजको दिनमा देशका लागि बलिदानी गर्ने वास्तविक शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll