न खानको टुङ्गो छ, न थाकेको बेला आराम गर्ने फुर्सद नै । बिहान जुरुक्क उठ्छु, चिया होस् या केही नास्ता जे पाकेको छ अलिकति खान्छु, अनि हिड्छु । मायाको भोक आँखामा सजाएर मलाई नै सर्बस्व ठान्ने श्रीमती र छोरालाई अँगालोभरी माया दिन नसकी नसकी ढोकाबाट बाहिर खुट्टा राख्छु । यस्तो लाग्छ म हिडिरहेको छैन दौडिरहेकोछु । बेलुका अबेर घर फर्कन्छु, जे पाकेको छ खान्छु । दिनभरीको थकाईले होला खासै धेरै बोलचाल नगरीकन ओछ्यानमा पल्टिन्छु । बाउ आउला,...
