Nepali Politics took a new turn – U turn!!! Confrontation between President and Prime Minister landed peacefully with the resignation of PM from his post. Still sky of Nepali politics seems not clear – partly cloudly. No such strong signal has seen the government will be formed by tomorrow. The ration of intra-party and inter parties meeting has been triggered.
Finally the Maoist led government took decision dismiss Chief of Army Rukmangad Katuwal and Kul Bdr Khadka became acting CoA. The decision government took this morning will have lasting effect in entire peace-process. It is not only the issue who will lead new government or who may capture the power but it is also serious problem in the sense it may cause further delay in new constitution drafting process and thousand of Nepalese hope will be killed. The decision made me worried thinking it may cause multiple consequences in Nepali politics.
There is rumor in the street that curfew will be imposed in kathmandu valley. Other rumor is that most of leaders except Maoist may get shelter in Sitalniwas and if so happens then they will encourage president to take action. It situation goes in this way that would be the worst situation. The government may form in the name of president but backed by Army or other political parties particularly Nepali Congress will take a lead in form the government and which might also be backed by Army. On the other-hand, though CPN UML in the stage to lead the government Nepali congress reserves the right to have critical role in decision making.
What Maoist may act? Are they planning to capture the government? Do they mobilize their cadres or PLA to fight against army? How they go? How international community react on this issue? How would the India role be in this regards? & what about US? We have no answer what happen in tonight?

Dear Fedaralism,

This picture has been taken outside of my office Equal Access stationed at Jhamsikhel, Lalitpur. I am here for more than one year. But I have noticed only two times people are passing this road chanting slogans. First was during FSU election and second is today. As you know about that one mandate of the people uprising in April 2008 was to covert Nepal political system into more participatory ensuring each and every people has equal right to the decision making level. So that CA formally endorsed Nepal as federal republic country and you were formally welcomed to our land. But now we are in such a crucial stage, numbe of things happening around. Among these the campaign agaist federalism is hitting the street which is led by Janamorcha. People are accepting things in a way they are, however hope is declining.
I will keep you updated.

Time constraint and loadshedding are both factors affect my routine so that I could not take time for the update.


खुला आकाश। जाडो छैन, गर्मि पनि हैन। जाडो सकिएर गर्मि शुरु हुने बेलाको अरु दिनजस्तै थियो त्यो दिन पनि। न चिसो न तातो नै। अघिल्लो रात वुटवलको बास, रातभरी राम्ररी निद्रा लागेन। त्यसैले त्यो दिन अर्थात फागुन १५ गते पौने आठ बज्दासम्म पनि ओछ्यान छोड्न मन लागेन। साल २०६५। ओछ्यानबाटै फोन गरे काठमाण्डौमा रहेका श्रीमती र छोरालाई। छोरो सुतिरहेको थियो, श्रीमतिसँग गफ भयो, नजिकिदैं थियो विवाहको सातौं बर्षगाँठ। अरु एकदुई जना साथीभाईलाई पनि फोन गरे। काठमाण्डौ हुँदा व्यस्तताले होला नभ्याइने त्यसैले त्यो दिन संझेरै फोन गरे। सुतेका थियौं तौलिहवाको पाम होटलमा। बिहान पौने ८ बजे मेरोमा चिया खाएर आठ बजे सिकोटवा पुग्नुपर्छ, अघिल्लो दिन सेतो गुराँसकी अनिता शर्मासँग यस्तै प्रतिबद्धता जनाएर छुटेका थियौ सहकर्मी मुकुन्द र म। अरु बेला टाइमको एकदम ख्याल राख्ने त्यो दिन पौने आठबजेसम्म उठ्न मन लागेन। हतार हतारमा स्नान गरिवरी चिया खान बोलाएको घर पुग्दा सेगुकै अनुपमाले पर्खिरहेकी थिइन्। सवा आठ हुनै लागेको थियो त्यसैले अलिकति लज्जाबोध थियो समयको ख्याल नगरेकोमा। अनिताजीले चिया तयार पार्नुभयो। पाल्पाली मुकुन्दले त्यहाँ पाल्पा माइती भएकी एक चेलीसँग संवाद गर्न पनि भ्याइसकेको थियो।
चिया खाएर निर्धारित ठाउँमा पुग्दा हामीले आशा गरेजती मानिस भेला भैसकेका थिए। खुरुखुरु काम सक्दा साढे १० भइसकेछ। अनिताजीको नगरपालीकामा बैठक थियो त्यसैले हामी हतारमा फर्क्यौ। बजार आइपुग्दा गाइँगुइँ हल्ला सुनियो भोलि त बन्द छ रे। हामीले भोलिपल्ट फिर्नु थियो काठमाण्डौ। तराई बन्द थियो तमलोपाले आयोजना गरेको। एउटा छलफल गर्न बाँकी नै थियो। नयाँ ठाउँ, नयाँ परिवेश, के कता छलफल गर्ने भन्ने टुंगै थिएन। तैपनि सेतो गुराँसका स्थानीय साथीहरु र सिकोटवाका वाजिद अलिको सहयोगमा छलफलको निर्धारित स्थान र समय पत्ता लगायौं। त्यसपछि, वाजिद अलीजी बैंकमा पैसा जम्मा गर्नुछ भन्दै बैंकतिर लागे। हामी पनि जिल्ला शिक्षा कार्यालयतिर लाग्यौं। त्यहाँ एकैछिन इसीडीका फोकल पर्सन सुरेन्द्र पराजुलीसँग कुरा गरीकन रिक्सा चढेर सेगुको कार्यालयतिर फर्कियौं। एकैछिन वाजिद अलिको प्रतिक्षा भयो। त्यहाँको एउटा माविका शिक्षक तथा अभिभावकसँग छलफलको चाँजोपाजो मिलाउने थिए वाजिद अलि। सिकोटवाका उनी कुन कामले सेतो गुराँस पुगेका थिए मैले फसाईहाले सहयोगको याचना सहित। आफुलाई समाजसेवी भन्न पाउदा गर्व गर्ने उनले नै ल्याए हामीलाई गोवरीसम्म। स्थानीय शिक्षक, वालविकासका सहयोगी कार्यकर्ता र बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष र केही अभिभावकहरुसँगको विविध विषयमा छलफल गरियो। झन्डै २ घण्टा बिताएपछि हामी फुर्सदिला भयौ र अबको मिसन थियो बास बस्न वुटवल पुग्ने। एकछिन कुरेपछि एउटा बस आयो। भित्र पाइला राख्ने ठाउँ थिएन। छतमा अरु पनि भएकोले हामी पनि चढ्यौ छतमै। स्थानीय शिक्षक तथा हाम्रा सहयोगी वाजिद अलिजीलाई हात हल्लाईदै बिदा भएपछि लाग्यौ धुले सडक हुदै पुर्व पश्चिम राजमार्गको ४ नंम्बर भन्ने ठाउँमा पुगिने आशाले। मलाई अहिले संझना भैरहेको छ, त्यो दिन विहान सिकोटवाबाट फर्किदा बिरालोले बाटो काटेको थियो। त्यसपछि यात्रामा भोग्नु परेका बिभिन्न आरोह अवरोह, दुःखद कुराहरु संझिदा बिरालोले बाटो काट्नु राम्रो हुदैन भन्न बुढापाकाहरुको भनाईमा बिश्वास लाग्न थालेकोछ।
बसको छतमा बसेका हामीलाई अलिकति अगाडि जाने बित्तिकै थाहा भयो बसको अवस्था ठिक छैन, किनभने रोकेपछि फेरी स्टार्ट गर्नलाई ठेल्नु पर्ने रहेछ। अगाडि बढ्ने बित्तिकै पुलिसले हप्काउदै छतबाट ओराल्दा बोल्न मन लागेको थियो। तर चुपचाप सहनुको बिकल्प देखिन। लाग्यो प्रहरीले अहिले पनि आफ्नो छवी सुधार्न नसक्नुमा तीनै जवान वा अधिकृत हुन प्रयासरत हवल्दारहरु नै दोषी छन् जसले सम्मानजनक व्यवहार गर्न जानेका छैनन्। भित्र त छिरीयो तर खुट्टा टेक्न मुस्किल। गर्मि शुरु हुन लागेको तराई, मान्छेको गन्ध। अत्यासलाग्दै थियो अवस्था। मुकुन्द त ढोकामा झुन्डिएकै अवस्थामा थियो। हात छुट्यो भने? आँग सिरींग भयो। चुपचाप अगाडि बसेका मानिसहरुको गतिबिधि हेदै र पछाडि बसेका यात्रुको गफ सुन्दै यात्रा गर्दा बिचमा धेरै पटक गाडि रोकीयो। झर्ने र चढ्ने क्रम निरन्तर चलिरह्यो। अचानक बस रोकीयो कोही झरेन। के भयो होला त? सबैले यही नै सोध्न खोजेका थिए, एकजनाले भन्यो गाडिमा तेल सकियो। यसो भन्ने भलाद्मी ड्राइभरसापको नजिक बसेर गफ छाँटिरहने र बेलाबेला पछाडि फर्केर सबैलाई नजर लाउने तीनै थिए मानौ उनी ड्राइभरका वरिष्ठ संवाददाता हुन् जो यात्रुका गतिविधी गुरुजीसम्म पुर्‍याउँछन्। वरीपरी पेट्रोल पम्प छैन। सबैले गाली गर्न थाले ड्राइभर साप र खलासीलाई जसको गल्तिले अहिले यात्रुहरुले पछुताउनु परेको थियो। उपाय एकमात्र थियो डिजेल खोज्ने ल्याउने र गाडि चलाउने। अरुले त के गर्थे ज्यान जोगाउनकै लागि पनि ड्राइभर र खलासीले नै यो काम गर्नु पर्ने थियो। लागे उनीहरु बाल्टीन बोकेर डिजेल खोज्न। त्यो बिचमा धेरै गफ भयो बसभित्र। कपिलबस्तु बाहिरका भएकोले हामीले उनीहरुको कुराकानीमा चासो त दियौ तर बुझ्न सक्ने कुराकानी थिएन। केही चाँही महत्वपुर्ण नै थिए, हाँसो ठट्टा मिश्रीत गफमा व्यंग पनि प्रसस्त थियो। जिल्लाका हेर्दा शिक्षकजस्ता देखिन भद्र महानुभावहरु जिल्ला र त्यो गाडिको तुलना गरिरहेका थिए, त्यो बस गान्धीजीका पालाको रहेछ। एउटा यसो भन्दा बसभरीका सबै यात्रु हाँस्थ,े हामी पनि साथ दिन्थ्यौ। हामी कपिलबस्तुका नागरिक पनि यही बसजस्ता थोत्रा छौ। यो जिल्ला अरु जिल्लाका तुलनामा पछि परेको छ। पहिले पहिले काठमाण्डौका मान्छे यहाँ आउँथे सरकारी जागिर खानुपर्दा अन्तर्वार्ता दिन, हाम्रो महत्व थियो। तर अहिले उल्टो। हामी अन्यत्र जानुपर्छ। प्रमाणपत्र हेर्छन् कपिलबस्तु देख्नै बित्तिकै कुनामा थन्क्याउछन्। मानौ हामी द्वापर युगका मानिस हौ। त्यसो हैन हामी रामपिथेकस हौ। एक अर्काले यसो भनिरहँदा बस हाँसोले गुन्जिन्थ्यो। हामीलाई मज्जाले टाइम पास भैरहेको थियो। यो आधी घण्टामा बसको अगाडि र पछाडि बसेर इशारामा वा हाँसेर संवाद गर्नेहरु पनि एक आपसमा भेटेर हेल्लो हाई साटासाट गर्दै थिए। उ तेल ल्यायो ल्यायो। एकजनाले यस्तै भनेर चिच्याएँ। ड्ाइभर र खलासी बाल्टीनमा तेल लिएर आँउदै गरेको मैले बसेर नै देखे। नयाँ आशा पलायो। एकैछिनमा तेल गाडिको ट्यांकीमा पस्यो। खलासी माथि उक्ले। ड्राइभरको छेेउमा उठेको गाडिको ठुलो भाग खोलियो। त्यो हेर्दा लाग्यो गाडिको आन्द्राभुँडी त्यही हो। खलासीले हात छिराएर कुन आन्द्रो चलाउथे ड्राइभरले स्टार्ट गर्थे। आजसम्म नदेखेको कुरा देखियो, यो त यस्तो पो हुने रहेछ। त्यो दृष्य हेरिहेकाहरु यसरी पनि संवाद गरिरहेका थिए।
जे होस गाडि स्टार्ट भयो। अब चिन्ता वुटवलको। बजार बन्द थियो बिहानदेखि। मैले तिनाउ एफएमका सहकर्मी रमेश पाण्डेलाइ मोवाइल सन्देश पठाए। उनले फोन नै गरे। बन्द फिर्ता भएछ। फेरी नयाँ उमंग। वुटवल जानेहरु आउनोस् गाडि लागि रहेको छ। यस्तो आवाज सुन्दा साँझको ६ बजिसकेको थियो। हामी थियौ पुर्व पश्चिम राजमार्गको चार नँबर भन्ने ठाउँमा। बुटवलबाट झण्डै पैतीस किलोमिटर पश्चिम, जहाँबाट तौलिहवा जाने बाटो पुप राजमार्गबाट छुट्टिन्थ्यो। हामी चढ्यौ जिपमा। चारजनाको सिटमा दुइजना अपरिचीत। मोटो र पातलोको नामबाट संवाद शुरु भयो। यो जीपले तपाईहरुलाई वुटवल पुर्‍याँउछ। तर त्यो बिचमा हामी १० किलोमिटर जति दक्षिण जानुपर्छ। एकजना यात्रु अलपत्र पर्नु भएकोले हामीले वहाँको उद्धार गर्नुपर्‍यो त्यसैले। कसैले यसो भनेपछि चारजनामध्ये एकजना झरिहाले। हामी दोधारमा। छेउमा बसेकी महिला मित्रले पनि आनाकानी गरिन्। वुटवल पुगिन्छ भन्ने निश्चितता भएपछि हामी जीपबाट झरेनौ। ती महिला मित्र पनि सँगै थिइन्। जानुपर्ने रहेछ पिप्राबाट वढरवा भन्ने ठाउँसम्म। १० किलोमिटर हैन १६ किलोमिटर नै रहेछ। जाँदा आउँदा ३२ किलोमिटर दुवैतिर ढोका नभएको जमाना रसियावाट आयात गरिएका जीप हुन क्यारे ती। बाहिरबाट चिसो हावा छिर्छ। कपाल ठाडोठाडो। सिनेमामा देखाउने भुतको जस्तो। अनुहारभरी धुलै धुलो थकित अनुहार। चिन्ता थियो वुटवलमा वास नपाइने हो की यो रुपमा भन्ने। फर्केर राजमार्ग आउँदा साँझको साढे ७ बजेको थियो। कतिबजे वुटवल पुगिएला? हाम्रो प्रश्नकाृ जवाफमा खलासी बोल्यो आठबजे। निश्चित हो नी? हो। तेल त छ? चिन्ता नगर्नुस्। हेडलाइटहरु ठिक छ? त्यो पनि सोध्ने कुरा हो र? तपाईहरुलाई हामी वुटवल पुर्‍याउँछौ। यस्तो सवाल जवाफसँगसँगै हामी पुग्यौ आठबजे वुटवल। हामीसँग यात्रा गर्ने महिला त्यो बेलासम्म हाम्रो घनिष्ट मित्र जस्ती भइन्। नाम रहेछ गंगासागर। वाह क्या पवित्र नाम। भर्खर स्नातक सकेर डिग्री पढुँ की नपढुँ भनेर दोधारमा परेकी। डिग्री सकेका मानिस घमण्डी हुन्छन् भन्ने उनको ठम्याइ। एजुकेसनमा नेपाली लिएर पढेपनि शिक्षणमा नलाग्ने विचार। हर्बो भन्ने नेटवर्क विजिनेसमा काम गर्दिरहेछन्, भन्थिन् मेरो जीन्दगी नै हर्बो हो, म यसबाहेक अरु केही गर्ने सोंच्न पनि सक्दिन। उनको दायाँपट्टि बसेको मुकुन्द गुन्गुनाउन थाल्यो उसको मन पर्दो गीत तिमीविनाको जीवन, सोंच्न सम्म नि म सक्दिन। कुरा गर्दै जाँदा म पनि बोलिहाले हामी पनि नेटवर्क गर्छौ। कस्तो नेटवर्क उनको ठाडो प्रश्न आयो। मैले मुकुन्दलाई नै हाम्रो नेटवर्कलाई अर्थ्याउन लगाए। उसले अर्थ्याउन थाल्यो, मैले पनि बीच बीचमा केही कुरा थप्थे। पाँच बर्ष अगाडि उनले निकै सुन्दिरहेछन् रेडियो। अचेल त रेडियो सुन्न पनि फुर्सद छैन, बडो बाध्यता दर्शाइन् उनले। साथीसँग मनका कुरा कार्यक्रम उनले सुनेकी रहिछन्। परिचयमा यसले झनै निकटता जोड्यो। कुराकानी गर्दागर्दै बुटवल पनि आइयो। नाम र फोन नम्बर साटासाट गरेर हामी छुट्यौ बुटवल बजारमा। चाहिएको थियो आरामदायी होटल। सस्तो पनि। फेला पर्यो राजदुत होटल। लुम्बिनी अंचल अस्पतालसँगै पुर्व पश्चिम राजमार्गको किनारमा रहेछ। भित्र छिर्‍यौ काने खाने चर्को आवाज। रहेछ जेनेरेटर। कान थुनेरै कुरागर्दा थाहा भयो कोठा रहेछ। तर जेनेरेटरको आवाजले बसिसक्नु नभएपछि खानाको खोजीमा लाग्यो होटल प्रदीपतीर, जुन वुटवलको नाम चलेको खाना तथा खाजा खाने ठाउँ हो। राजदुत होटलमा १२ बजेसम्म जेनेरेटरको आवाज। त्यसपछि शुरु भयो पुर्व पश्चिम चल्ने गाडिहरुको आवाज। झन्डै बिहान ३ बजेसम्म। ४ बजे फेरी खुल्यो जेनेरेटर। सुत्नका लागि यत्रो सास्ती जीवनमा पहिलोपटक भोगेको। के त्यो दिन बिरालोले बाटो नकाटेको भए यो सबै हुन्थ्यो होला? वा यो एउटा संयोग मात्र हो?

Popular Posts

Blogger templates

Blogger news

Blogroll