मृत्यु कटु सत्य हो टार्न सकिदैंन
मृत्युले सधैं जित्छ हराउन सकिदैंन
अनि यो पनि सत्य हो
मृत्युबाट जति भागे पनि भाग्न सकिदैंन
तर यसो भन्दैमा मृत्यु अँगाल्न पनि सकिदैंन

मृत्यु त्यो हो जसलाइ न देख्न सकिन्छ
न त स्पर्श नै गर्न सकिन्छ
न त सुघ्न नै सकिन्छ
मृत्यु बोलाएको बेला आउँदैन
न त चाहिएको बेला बोलाउन नै सकिन्छ
मृत्यु एउटा सत्य हो
तर अँगाल्न नसकिने सत्य
पत्याउन कठिन हुने सत्य

एकदिन अँगाल्नैपर्ने सत्य

यसकारण मृत्यु मेरो पनि हो
मृत्यु तपाइको पनि हो
मृत्यु उसको पनि
किनभने
मृत्यु
सबैको हो।
त्यसैले त मानिस भ्रममा बाँच्छ
यसरी बाँच्ने क्रममा मानिस कहिले नमरिकन मृत्यु अँगाल्छ
त्यस्तो मृत्यु जहाँ उसले अाफूलाइ चिन्न सक्दैन
आफ्नो क्षमता बुझ्न सक्दैन
अनि उ जिउँदै मर्छ ।
तर मृत्यु देख्नेहरू आशामा बाँच्नुपर्छ
किनभने
मृत्यु भविष्य हो

भविष्य सधैं सुन्दर बनाउने कल्पनाले नै मानिस बाँच्ने भएकोले म त भन्छु
मानिस मृत्यु अँगाल्नकै लागि सधैं आशामा बाँच्छ
अनि
संसार जित्छ
तर एकदिन उ हार्छ
त्यो हार सिर्फ एउटा सत्य हुन्छ
मृत्यु ।
विजी, पुस २, २०६४
काठमाडौं ।

1 comments:

Anonymous said...

I apologise, but, in my opinion, you are mistaken. Write to me in PM, we will talk.