श्रीमती र बर्षाको मौसम बीचमा समानता के हो भने श्रीमतीको मुड र बर्षा यामको मौसम परिवर्तन अनुमान गर्न सकिदैन । जेठ २९ गते धनगढी बिमानस्थलमा बुद्ध एयरको जहाज अवतरण गर्न पाँच मिनेटमात्र ढिलो भएको भए हामी त्यो बेलुका डडेलधुरा नभै आ–आफ्नै घरमा हुनेथियौ । काठमाण्डौमा उड्दा घाम झलमल्ल थियो । धनगढीमा सामान कुर्दाकुर्दै कालोमुस्लो बादल मडारिन थाल्यो र शुरु भयो मुसलधारे दर्के झरी । नेपाल पत्रकार महासंघका सभापती शीव गाँउले, संविधानबिद काशीराज...
