Should I write, shouldn't write. No you should write. I should tell people what I think about me. My love, my society. My country. Country?? Uff… I can't write about country. No! I can write about country but that is not about politics. Yes, its true that as an active citizen of this country I can understand what politics is meant for me! Politics for me is not other than honesty, respect other's view, allow people to feedback is politics, and at the same time it is all about accountability to whom I work with. Politics is love I usually do with my wife and beloved son, I respect both of them, I try my best to accomplish the need of the them for which they are relying on me, and same way I want respect from them, love from them, and this is all about politics because I want them to behave in a way I want and vice versa. In other words, practical definition of politics, in terms of country's current situation politics is distrust, disrespect, hate speech, and it is a way one uses to make him/her superior than other by saying a lot but doing nothing. So politics is the speeches of leaders made every minutes, it is ideological differences, agendas, interests and demands no maters what people expects their political leaders to perform. Politics in terms of my country is pressure creation by demanding such demands which has neither direct connection with political mandate e nor they should be accomplished. So politics is just nothing than division, just a division, and putting ones agendas forward seeking benefit. By my problem is if I write such type of useless sentences it is just misuses of spaces available here. Nobody is ready to give attention towards such a nonsense activities as being writer these days is considered nonsense activities. So that I have said I should not write though I have to do so.
3 major political parties leaders came un to an agreement because CA tenure's extension was a current need. They didn't have other option than accepting the facts that extension of CA schedule may lead people to think towards positive future. At least they can hope that there will be new constitution no maters when it is.
May 28, 2010 Friday will be remembered as an another black Friday in Nepal's history forever. Today was scheduled to endorse new constitution of federal democratic Nepal but it was not done. Reasons are ;

Political parties in-difference towards this issue
Instability
Maoist activities
International pressures
Civil society in-difference on issue

and more.....

श्रीमतीले फोनमा भनिन् आज नगए हुन्थ्यो । फ्लाईट क्यान्सिल भैहालोस् । के भनेको त्यसो? मैले त्यो भन्दा धेरै केही भनिन् । सोचे क्यान्सिल भएपनि के भो र, आफ्नै घर फर्किने त हो नी । छोरा पनि एकाविहानैदेखि बाबा तिमी आज अफिस नजाउँ भन्दै थियो । तर १२ः३० बजेको बुद्ध एयरमा जनकपुर जाने तयारीका साथ पौने ९ बजे म लागे अफिसतीर । नियमित मिटिङ सकेर अफिसबाट हिड्दा पौन १२ नै भयो । सहकर्मीहरु उपेन्द्र अर्याल र जयाँ लुईटेलका साथ कुरा गर्दै एयरपोर्ट पुग्दा बुद्ध एयरका कर्मचारीहरु फुर्तिका साथ भन्दैथिए अलिकति डिले छ आत्तिनुपर्दैन । किन आत्तिनु नी? भोक लागेकोले हामी एकतलामाथि रहेको रेष्टुरेन्टमा चढ्दा संचारकर्मी मित्र दुर्गा कार्की पनि भेटिइन् । हामी चारै जनाको गन्तब्य एउटै थियो उदयपुरको राजाबासमा महिला पुनस्थापना केन्द्र (ओरेक) को पहलमा स्थानीय महिलाहरुद्धारा संचालित रेडियो उदयपुर, जहाँ भोलिपल्ट हामीले रेडियोका लागि आवश्यक संचारकर्मीहरुको छनौट गर्नुपर्ने थियो । काम गरिरहेकाहरुमध्येबाट काँटछाँट गरी रेडियोलाई डोर्याउने समूहको छनौट गर्नु सजिलो काम थिएन । तर गर्नै पर्ने भएकोले हामी त्यहाँ जसरी पनि पुग्नु थियो । विगत तीन महिनाको प्रयासपछि फागून ११ जुरेको थियो, आज पनि गइएन भने अरु कैयौ महिना जान पाइदैनथ्यो ।
मौसमको खरावीले गर्दा त्यो दिनको उडान तालिका चौपट थियो । बिहानै त्यहाँ पुग्नेहरुको व्यग्रता हेर्न लायक थियो । बस्ने सिट थिएन । जानुपर्नेहरु गएका थिएन् आउनेहरु थपिदै थिए । झन्डै १ः३० बजेतीर बुद्ध एयरका स्मार्ट कर्मचारीलाई सोध्दा थाहा भयो बुद्ध एयरको जहाज अब तीनदेखि ४ बजेको बिचमा मात्र जनकपुर जाने रहेछ । धन्य बुद्ध एयर । सूचना प्रबिधीको जमानामा पनि दर्जनौ यात्रीलाई सूचनाबाट बिमुख पार्दा अलिकति पनि लज्जा देखिएन स्मार्ट कर्मचारीहरुमा । बरु उल्टै तपाईहरु उ त्यहाँ गएर एक कप कफि खानोस् बोर्डिङ्गपास देखाउनु भयो भने पैसा तिर्नु पर्दैन भन्दा उनीहरुलाई मानौ कि हामी एक कप कफिको अफर गरेर ठुलै उदारता देखाउदैछौ भन्ने गर्व थियो । दिउसो साढेतीनबजेतीर जहाँज चढ्नलाई गाडिमा चढाएपछि पनि ढुक्क हुन नसकेकाले होला एकजना यात्री जंगीए, गर्न खोज्या के? बुद्ध एयरका कर्मचारी, बोलुन् पनि के । सूचना नै नदिई कारण नै नबताइ चारचार घण्टा कुर्न बाध्य बनाएर गल्ति त भैसकेको थियो । ए बाबा, बल्ल पाँचबजेतीर जनकपुरमा ल्याण्ड हुदाँ ढुक्कको सास फेरियो । उज्यालैमा राजाबास पुग्ने चाहना तर पुगियो रातीको ९ बजे । केही छैन, धन्य पुगियो । जहाजजस्तो कुरा । गुड्ने भए त लौ, उड्ने हो जति नै सास्ती खाएपनि धेर्यता गुमाउनु हुदैन । त्यत्रो अजंगको फलामको बाकसजस्तो भाडो, कैयौ किलो सामान र मान्छे बोकेर आकाशमा उड्छ, कुनै सानो गडबडी भयो भने? संझदा पनि आङ्गै सिरिङ्ग । पुल्चोक आकाशेपुलमा रोक्नुपर्ने माइक्रो इन्जिनियरीङ्ग क्याम्पस अगाडि पुगेर रोकीदाँ त मैले धेर्यता गुमाईन भने यहाँ आवेगमा आएर के गर्नु? चारघण्टा कुर्नु कुर्यौ । आफुलाई निरिह ठान्यौ । गर्न सक्ने केही थिएन । तर बुद्ध एयरले गर्न सक्ने केही काम गरिदिएको भए मानसिक रुपमा त्यतिधेरै थकित र हेपिएको महसुस त गर्नु पर्ने थिएन ।
१७ बर्षको उमेरमा पहिलोपल्ट फोन देख्दा र गर्दा मलाई के थाहा थिएन भने नम्बर थिच्नै बित्तिकै बोल्नुहुन्न । काठमाण्डौको कलंकीमा पहिलोचोटी झर्दा मैले त्यही गरे जुन काम देखेर मलाई धेरैले भने पाखे । फोनको नम्बर थिचेपछि घण्टि जान्छ, उता मान्छे बोलेपछि मात्र आफु बोल्नुपर्छ भन्ने मलाई कसरी थाहा होस् । तर अहिले जमाना त्यस्तो छैन, फोनमा संसार छ । फोनले क्रान्ति गरेको बेला छ । सूचना प्रबिधीको नयाँ तर शसक्त माध्यम बन्दैछ बिशेषगरी मोवाइल फोन । बुद्ध एयरले यात्रिलाई बिना सूचना घण्टौ कुराउनुको साटो अब सूचना प्रबिधिको उपयोग गरेर सम्बन्ध अझै प्रगाढ बनाउने बारेमा सोच्ने बेला भएन र? एयरपोर्टमा भएको स्पीकरलाई उसले प्रयोग गरेन । उसका स्मार्ट कर्मचारीहरुले आफैले यात्रुलाई भेटेर यो कारणले गर्दा उडान ढिलो भएको भन्नुपर्छ भन्ने महसुस गरेनन् । सोध्नेलाई उल्टै चिया कफिको अफर गर्दा के के न गरेजस्तो भयो उनीहरुलाई । तर अब सूचनाका परम्परागत माध्यममा नै किन भरपर्नु? मोवाइलमा एउटा मेसेजले कैयौ मानिसलाई एकैपटक सूचना दिन्छ र मान्छेले सहि समयमा सहि सूचना पाएकोमा गर्व गर्छ साथै उसले त्यो समयलाई अरु थुप्रै काममा उपयोग गर्न सक्छ भने त्यसलाई किन प्रयोग नगर्ने अब? हरेक यात्रुसँग मोवाइल फोन हुन्छ । मोवाइल नम्बर पाउन गाह्रो छैन । तर मात्रै गाह्रो छ शुरुवात गर्न । यस्तो खाले एसएमएस सेवा शुरु गरौ जसले गर्दा एउटा सूचना एकैपटक सबै यात्रुमा पुगोस् । फलाना ठाउँ जाने जहाज यो कारणले यति समय ढिलो भो । वा आज मौसम अनुकुल छ, तपाईहरु समयमै एयरपोर्ट पुग्नुहोला । साना साना सन्देशहरु । हरेक यात्रुलाई घरघरमा पुर्याउन सजिलो छ । यसले हानी हैन ख्याति र बिश्वसनीयता बढाउँछ । ध्वनि प्रदुषण हुदैन । समय बच्छ । जसको समय बच्छ उसले त्यो समयमा केही न केही सिजर्नशील काम गर्न सक्छ । उङदै, हाई काढ्दै, भए नभएका र हुनै नसक्ने फतौरा चुट्दै भोक र थकानले गल्दै बस्नु त पर्दैन । सूचना प्रबिधीको भरपुर उपयोग, सबैलाई फाइदा । यो काम खर्चिलो पनि त नहोला । के यसो गर्न सकिदैन र?
सायद हामीमा मनुष्यमा जिन्दगीको कुनै न कुनै मोडमा यस्तो मौका आउँछ जसलाई हामी सधैका लागि अविष्मरणीय बनाउन चाहान्छौ । तर प्रश्न, आफ्ना जीवनका सुनौला पलहरुलाई कसरी अविष्मरणीय बनाउने ? उत्तर सबैको फरक फरक आउला । कसैले स्टील फोटो खिच्ला कसैले भिडियो । कसैले लेख लेख्ला कसैले कथा, कविता, निवन्ध या साहित्यका अरु कुनै बिधा मार्फत यस्ता पलहरुलाई अविष्मरणीय बनाउने प्रयास गर्ला । बिहे हरेक मानिसको जीवनमा एउटा यस्तो अविष्मरणीय घटना हो जिन्दगी नै मोडिन्छ । सिधा हिडिरहेको जिन्दगीको स्टेरिङ दायाँ बायाँ जता पनि मोडिन सक्छ । अथवा बाङ्गोटिङ्गो हिडिरहेको वा बरालिएको जिन्दगी सिधाबाटोमा आउन वा सम्हालिन सक्छ । बिहेबाट जिन्दगी शुरु पनि हुन्छ बर्वाद पनि । त्यसैले बिहेलाई लिएर प्राय सबैका आ आफ्नै अनुभवहरु छन् । उखान टुक्का पनि बनेका छन् । बिहे यस्तो चिज हो जो गर्दा पनि पछुतो नै अनि नगर्दा पनि पछुतो भन्ने उखान नसुनेका हामी कमै छौ । खैर, हरेक मनुष्यले बिहे गरेपछि त्यसलाई कुनै न कुनै रुपमा अविष्मरणीय बनाउन चाहान्छ । भिडियो खिच्छ, फोटो खिच्छ अनेक थोक गर्छ जसले गर्दा इतिहासमा त्यो कुरा रेकर्ड होस् । यो पालाको माघ २४ गते धेरैका लागि यस्तो दिन रह्यो धेरैले बिहे गरे । गरेको बिहेलाई आफ्ना बल बुताले भ्याएका तरिका अपनाई सम्झनयोग्य बनाए । यसमध्ये मैले यहाँ चर्चा गर्न खोजेको एउटा बिहे हो मेरो सहकर्मी ब्रबीम कुमारको ।
चारबर्ष जति अगाडि हुनुपर्छ मैले पहिलोचोटी यो नाम सुने, ब्रबिम कुमार केसी । कुमार र केसी मेरा लागी नौलो थिएन तर ब्रबिम, अबस्य नौलो अनि अनौठो । कसरी उच्चारण गर्ने होला? एकदुई दिन त सोचमा नै परे । मलाई मात्र हैन पहिलो चोटी सुन्ने जो कोहीलाई पनि ब्रबिम अनौठो नाम रहेछ भन्ने त्यतिबेला लाग्यो जतिबेला थाहा पाए झन्डै महिना दिनजति अघि संचारकर्मी मित्र रोजी कट्टेलको पनि मेरो जस्तै अनुभव रहेछ । चर्चा नै भएछ उसको नामलाई लिएर । संवैधानिक कानूनका ज्ञाता चन्द्रकान्त मैनालीले पनि आज त्यो नामको अर्थ सोध्दा म झनै छक्क परे । वास्तवमा के हो त ब्रबिम? सबैका लागि अनौठो लाग्ने यो नामको पुरा रुप रहेछ ब्रम्हा, बिष्णु महेश्वर । वाह क्या नाम । अर्थ थाहा पाउदा मलाई मात्र हैन सबैको प्रतिकृया यस्तो पाउँदा लाग्थ्यो यो मान्छेको नाम नै अनौठो छ ।
ब्रबिम एउटा संचारकर्मी हो । वातावरण विज्ञान पढेको, अध्यात्मलाई नजिकबाट नियालीरहेको । सूचना प्रबिधीको भरपुर उपयोग गर्न जान्ने । युवाका सवालमा पोख्त, सक्रिय, जेहेन्दार र मेहनती युवा । २४ बर्षको उमेरमा माघ २४ गते उसले बिहे गर्यो । बिहे गर्ने निर्णयसँगै उसले अर्को पनि निर्णय गर्यो जसले गर्दा उसको बिहेलाई उसले मात्र हैन अरुले पनि संझनयोग्य ठानुन् । ४ बर्षको अवधिमा उसको लेखकिय सीपको छनक राम्ररी पाइसकेको थिए मैले । तर उसले मेरो अनुमानभन्दा माथि धेरै लेखिसकेको रहेछ । निर्णय थियो यसरी स्कुले जिवनदेखि व्यवासायिक जिवनको आजका मितिसम्म आईपुग्दा लेखेका सामग्रीहरुलाई प्रकाशित गराउने । त्यो पनि कविताका रुपमा । एउटा सामान्य पाठक मेरा लागि उसका कविता मिठा थिए, खरा पनि थिए । कहिलेकाँही फेसबुकमा पढ्न पाइन्थ्यो । म लगायत अरुले पनि तारिफ गर्थे । उ हौसिन्थ्यो । हौस्याईले उसलाई प्रेरणा दिन्थ्यो क्यारे उ अरु कविता लेख्दो रहेछ । उसले लेखेका कविताले ३ दर्जनको संख्या पार गरेपछि उसलाई मन लाग्यो प्रकाशन गर्ने । अनि निर्णय गर्यो विवाह गरेर कसैकी छोरीलाई आँगनमा पाइला टेकाउनु र कविता संग्रह पनि बिमोचन गर्नु अनि सबैलाई जानकारी दिनु मैले दुइटै काम सम्पन्न गरे । कविता संग्रहको नाम जुर्यो मेरो आँगनमा तिमी । बिमोचन भयो आमाको हातबाट । प्रमुख अतिथी बर्षामान पुन, सभासदहरु पुष्पा भुषाल, राजकाजी महर्जन, कवि ब्याकुल माइला तथा अन्य दर्जनौ उपस्थितीका बिचमा आमाको हातबाट कविता बिमोचन गराउनु एउटा परम्परा बिरोधी काम थियो । ब्रबिमले चुनौली मोलेर धेरै आमाहरुलाई खुशी बनायो । सहदेव स्मृति प्रतिष्ठान लेलेका नामका प्रकाशित कविता संग्रह बिमोचनका दिन भएको बिक्रीबाट प्राप्त रकमले लेलेका दुुईजना बालिकाको पढाई व्यहोर्ने उसको अभियानको खुलासा पुर्व मिस नेपाल सुगारिका केसीले गरिदीदाँ समारोहमा उपस्थित सबैले ब्रबिमलाई मनभित्रैबाट मुरिमुरि धन्यवाद दिए ।
बिहेलाई स्मरणीय बनाउने नाममा ब्रबिमले जे जति गर्यो यसबाट अर्को सन्देश नजानिदो किसिमले प्रवाह गर्न पनि ब्रबिम सफल सावित भएको छ । त्यो हो महिला शशक्तिकरणप्रति उसको चेतना । ललितपुर इमाडोलकी नविनालाई जीवनसंगी चुन्यो र मेरो आँगनमा तिमी भन्दै दुनियाँका सामु सुकार्यो । गन्यमान्य र मै हु भन्नेहरु हावी हुने यो दुनियाँमा आमालाई सबैको अगाडि प्रस्तुत गर्यो । कतै उसको यो काम नेपाल आमालाई हामी सबैले यसरी नै सम्मान गरौ है भन्ने सन्देशलाई बलियो बनाउनका लागि सांकेतिक प्रयास त हैन? कितावको बिक्रीबाट उठेको रकम बालिकाको शिक्षामा खर्च गर्ने निर्णय गरेर ब्रबिमले पढाई छोरीको शशक्तिकरणको लागि पहिलो ढोका हो भन्ने कुरालाई थप बल पुर्यायो । अनि उसले अरु पनि राम्रा कुरा गर्यो । बिहे पार्टीका बेला जथाभावी र अनावश्यक रुपमा प्रयोग हुने मदिरालाई भोजमा सामेल गराएन । झमझम पानि परिरहेको बेला कठाङ्रीएर भोजमा पुगेका पाहुनालाई मन त थियो होला ह्वीस्की पिउने, तर त्यहाँ तातो चिया र कफिले पाहुनाको स्वागत भयो । जुन सम्भवतः असामान्य थियो । बिहेको खुशियालीमा शुभकामना आदान प्रदान भयो, खुशि साटासाट भयो, कविता बिमोचन भयो, आउनेजति सबैले पैसा तिरेर कविता किताव किने, त्यो रकमले कुनै बिद्यालयमा पढ्ने दुइ बालिकोको पढाइखर्चमा सहयोग गर्यो, कोही मातेनन् बरु सबै जना तातो कफि र चियाले मज्जाले ताते, नाच्नेहरु नाँचे, नजानेपनि कम्मर मर्काए समग्रमा भन्दा अन्यन्त भिन्न तरिकाले ब्रबिमको विहे भोज सकियो । र ब्रबिमको बिहे सदासदाका लागि अविष्मरणीय भयो । कसैले खुलेर भने कसैले मनमनै भने मैले लेखेरै भन्दैछु “वाह ब्रबिमः यस्तो पो बिहे ।”
विनय गुरागाई, माघ २६, २०६६, कुमारीपाटी, ललितपुर ।

Popular Posts

Blogger templates

Blogger news

Blogroll