While travelling, taking pictures comes in my first priority despite not having professional camera. I use whatever I have taking pictures. I have taken few pictures with my iPhone while travelling to Ilam, Panchthar & Nepalgunj few day/week back. 

Weather was normal. But it seems the rikshwa puller in Nepalgunj taking rest in shade of tree near BP chok.
 It's PhidimBazar Panchthar, the district headquarter. Proposed municipality is naturally beautiful. Local farmer has best utilized their land to grow up corn and vegetables.  
 PhidimBazar, Pancthar.
 PhidimBazar, Pancthar.
 There are many places in Phidim, popular for hiking. This is one among many. 
 Almost during July/August local peaks of phidim & Ilam are covered by heavy fug & cloud. One morning when we are there day started with very beautiful sunshine. 
 From where we enter in to Jhapa district while returning back from Ilam. 
 On way to & from Ilam we can see heavily loaded truck carrying out woods like this. 
 Bikram Tempo is absolutely swept away from Kathmandu Valley many years ago. Reason for that was that Tempo riding was unsafe and it's also highly polluted means of transportation. Now, we can easily see Bikram Tempo freely moving around in emerging cities and country side of Nepal. This picture was taken in Nepalgunj. 
 Cart is often used in some places of South Nepal carrying people & goods. Nepalgunj is famous as many people use cart to go towards markets in Indian boarder like Rupediya. 
Nepalgunj based journalist Durga BC who was harshly beaten by unidentified group of people in Salyan is sharing his experience about how has the incident happened. Journalist is taking his video while Durga is speaking at the program. 
Despite being declared secular state Nepal's majority of population are believed to be Hindu. Rough estimate, it would be more than 80 % of Nepali are said to be those who belongs to Hindu religion. Data is debatable itself. My intention to this blog is not to debate whether Hindus are  majority. But I have tried to  capture some moods & actions  of people who are celebrating JanaiPurnima (festival of Hindu) by visiting  World Heritage site Patan Darbar Square early in the morning of Janaipurnima. All the pictures are taken from iPhone so no expectation about quality here goes;


















बिहान ८:५० भएको हुदो हो । “..बाहिरको तापक्रम ३५ डिग्री सेल्सियस छ..” भन्ने बाक्यले एक्कासी झसंङ्गै बनायो । एकछिन अगाडिसम्म मुस्कुराउँदै ओहोर दोहोर गर्ने एयर होस्टेसको प्रीय बोली यतिबेला भने प्रीय सुनिएन । उनको हाँसो मिश्रीत बिदाई अभिवादन पनि खल्लो लाग्यो । जहाजको ढोकाबाट टाउको बाहिर के निस्केको थियो तातो हावाले कानकै जाली पोलेजस्तो भयो । यद्यपी सुर्खेतको जर्बुटास्थित नेपाल राष्ट्रिय उच्च मावीको आँगनले दिमागको एउटा कुनामा डेरा जमायो । आहा त्यहाँ कति धेरै बिद्यार्थीहरु हातमा फुल लिएर बसेका होलान्? किसानीले धानेको बिद्यालयका अभिभावकहरु कति कौतुहल होलान् आज गाउँमा को आउँदैछ भनेर । मास्टरहरुले पनि भोलीदेखि गफ गर्ने बिषयका लागि पर्याप्त पुस्तकको धाक लाउन थाल्लान् । यस्तै कल्पनाले रोमाञ्चित बनिरहेको मनलाई बाहिरको गर्मिले हल्लाउन सकेन ।
सुुर्खेतको बिरेन्द्रनगर पुग्दा दिउसोको १२ः३० भएको थियो । अगाडि नै त्यहाँ पुगेका अभियानकर्मीहरु खाना खाएर आरामको तयारीमा थिए । थकाई हामीलाई पनि लागेको थियो । ज्यानले सुत्न खोजीरहे पनि मनले भन्यो अहिले नसुत् । मनले नै जित्यो । यसो हेरे, सहकर्मी प्रकाश लामिछानेको अनुहार त्यो दिन अलिक बढी नै प्रफुल्लित देखिन्थ्यो । मित्र बिष्णु खत्री अरुबेलाजस्तै हँसिलो मुद्रामा ओहोर दोहोर गर्दैथिए । मलाई भने जर्बुटाको बिद्यालय जहाँ पुर्याउन थानका थान किताव बोकेर हामी ८ जनाको समूह त्यहाँ पुगेको थियो, त्यही नै आँखा अगाडि नाचिरहेको थियो । कस्तो होला त्यो स्थान जहाँ हामी गाउँमा किताव अभियानको पहिलो झिल्को बाल्दैछौ । के ठान्लान् स्थानीयले हामीलाई जसलाई अरु कसैले नगरेको सहयोग प्रकाशको अगुवाईमा हामीले गर्न लागिरहेका थियौ । कति उज्यालो होला बालबालिकाको मुहार जसले राम्रो पुस्तकको अभावमा पढ्ने धोकोलाई तिलान्जली दिन बाध्य थिए । यस्तै कल्पनामा डुबेको तनले घडीमा ३ बजेको थाहै पाएनछ । साथीहरु पुस्तकका बोरा र कार्टुन गाडिमा राख्न थालेपछि पो झसंङ्ग भए जर्बुटा जाने बेला भएछ भनेर ।
काँचो आपले मासि पर्छ रे । र पनि मन थामिएन । बिद्यालय नजिकै पुगेपछि मित्र प्रकाशको घरमा सानो भाईलाई नुन खोर्सानी पिध्न लगाएर आँप नखाएसम्म मलाई किन चित्त बुझ्थ्यो र? ओ हो ख्यालख्यालमा निकैवटा आँप चपाउन भ्याएछु । मनमनै डराए अहिले बिद्यालयमा मकै भट्मास खाजा दिएभने कसरी खाने होला? धन्न बिद्यालय पुग्दा कतै गन्ध आएन मकै भट्मासको । २ घण्टाको कार्यक्रम सकेपछि पनि स्थानीय शिक्षक र बिद्यालय व्यवस्थापन समितीका साथीहरुले चिसो पानीको सट्टा कोकजन्य चिसो पेयलाई नै अघि सारे हाम्रो स्वागतार्थ । बर्षौपछि मैले त्यहाँ ढिके नुन देखे । अभियानकर्मी सुधा सुवेदीले त्यो नुन जीवनमै पहिलोपल्ट देखेकी थिइन् र नै हातमा राखेर एकढिका मुखमा हालेरै छोडिन् । सिलबरे लोटा कुचिएजस्तो उनको अनुहारले बताउँथ्यो ढिके नुन कति नुनीलो छ भनेर ।
अब बिषयको कुरा गरौ । गाँउमा किताव अभियानको जन्म अनामनगरको दाहालको दैलोमा बसेर चियाखाँदै गर्दा भएको थियो । चैततीरको कुनै साँझ प्रकाश, बिष्णु र म अरुभन्दा अलि अगाडि जम्मा भएका थियौ त्यहाँ । सामाजिक सञ्जाल ट्वीटर मार्फत हल्ला भएकोले सुधा सुवेदी, हरि न्यौपाने, निरज, इन्द्रध्वज, पागलबस्ती, प्रतिभा सञ्जेल र अन्य साथीहरु पनि जम्मा भए एकछिनपछि । प्रकाश र बिष्णुले केही दिन पहिलेदेखि नै जर्बुटामा पुस्तक लाने सपना साकार पार्न खोजेका रहेछन् । मित्र उर्मिला थपलीयाले कुनै दिन कुरैकुरामा भनेकी थिइन् धादिङमा पुस्तकालय बनाउन मन छ । मौका यही हो उनको सपना साकार पार्ने भनेर मैले उनलाई फोन गरे छलफल गरौ भनेर । उनी धादिङतीर थिइन् क्यारे बैनी प्रमिला थपलीयाले दिदीको प्रतिनिधित्व गरिन् । अर्धाङ्गीनी कविता पोखरेलले पनि कुनै बेला भनेकी थिइन, मोरङमा उनी पढको बिद्यालयका बालबालिकाका लागि कितावको अभाव छ, केही गर्न सकिदैन? उनीसँग पनि फोनमै भने ल तिम्रो सपना पनि पुरा होलाजस्तो छ ।
गफैगफमा धेरै गफ भए । एक कप कालो चियाको भरमा जन्मियो अभियानको नाम गाउँमा किताव । गाँउमा किताव अभियानले सुर्खेतको जर्बुटाबाहेक मोरङ, मकवानपुर र धादिङमा पनि पहिलो चरणमा कितावहरु हस्तान्तरण गर्ने निर्णय गर्यो र तिब्रताका साथ पुस्तक संकलन अगाडि बढाउने भयो । ट्वीटर र फेसबुकको हल्लाले हप्तादिनमै हजार बढी किताव संकलन भए । पुराना किताव हुनेले पुराना नहुनेले सकेको पैसो सहयोग गरौ भनेर हामीले सकेजति हल्ला गरेका थियौ । केही साथीहरु अरु कामै छोडेर अभियानमा लागे पनि । एकडेढ महिनाको अवधिमा हजारौ किताब जम्मा भए । दाताहरुको ओइरो लाग्यो । बिदेशमा बस्ने नेपालीले आर्थिक सहयोग गर्न थाले । अभियानले जताततैबाट स्याबासी पाउन थाल्यो । समाजबाट पाएको स्यावासीलाई पोल्टामा बोकेर सम्बन्धित स्कुलबाट पाउने स्यावासीको रोमाञ्चित कल्पना गर्दै जेठको अन्तिम शनिबार हामी पुगेका थियौ सुर्खेतको जर्बुटास्थित नेपाल राष्ट्रिय उच्च मावीमा ।
त्यही स्कुल पढेको मेरो साथी प्रकाश । जनआन्दोलनको घाइते । कोठे राजनीतिको शिकार । किताब हस्तान्तरण अगाडि उद्घोषकले उनलाई बोलाए । प्रकाश बोल्न मात्र के आँटेको थियो आँखा टिलपिल पार्दै रुन्चे हाँसो पो हाँस्न थाल्यो । “म आज सारै भावुक छु,” जब अगाडि उभिएर बोल्ने पालो आयो उसले पटकपटक यतिमात्र भन्यो रुमालले आँखा पुछ्दै । हुन पनि उसलाई भावुक हुनका लागि सही समय थियो त्यो । अभियानले जतिसुकै ठुलो रुप लिए पनि त्यसको बिऊभने उ अर्थात प्रकाशले नै रोपेको थियो । उसको भावुकताले माहौललाई नै अप्ठ्यारो बनायो । तर सबैले उसको तारिफ गर्नैपथ्र्यो । म त उसको पछि लागेर अभियानमा जुटेका थिए । वास्तवमा त्यही बिद्यालयमा बसेर समाजको सेवा गर्छु भन्ने उसको बर्षौ अघिको चाहनालाई स्थानीय राजनीतिले तुषारापात गरेपछि बिरक्तिएर काठमाण्डौ हानिएको उसले आज त्यही बिद्यालयका लागि अहिलेसम्म कुनै पनि पुर्व बिद्यार्थीले नगरेको काम गरेर समाजका लागि उदाहरण बनेको थियो । अनि आउदैनन् त आँसु? प्रकाशकी आमाको खुशीको रुवाईले हरेक उपस्थितका आँखा रसाएका थिए ।
दश जोड दुई पढाई हुने बिद्यालयमा दुईटा साना दराजमा केही कितावहरु थिए । जसमा बिद्यार्थीको पहुँच कल्पना बाहिर थियो । हामीले झन्डै हजारवटा पुस्तक लिएर गएका थियौ । इतिहासदेखि साहित्यसम्म, सामान्यज्ञानदेखि कोर्ष तथा बिभिन्न गहन सवालका पुस्तकहरुको ठेली हामीले बिद्यालय पुर्याएका थियौ । राम्रा पुस्तकको अभावमा पढ्न नपाएका बिद्यार्थीहरुले पढ्न पाउने कुरामा बिद्यालय, व्यवस्थापन समिती तथा अभिभावकहरुले हामीसँग पटकपटक प्रतिबद्धता जनाए । हामीलाई माइती बनाए उनीहरु चेली बनेर । चेलीलाई माइतीले दिएको जे सकुै कुरा प्रीय हुन्छ भनेजस्तै हामीले दिएको पुस्तक उनीहरुको सर्वप्रीय सामग्री बनिरहने प्रतिबद्धताले हामी सबैलाई भाबुक बनायो । सँगै गएका अभियानकर्मी अनन्त कोइराला शुरुमा अलि शसंकित भएपनि हिड्नेबेला ढुक्क देखिन्थे पुस्तकको व्यबस्थापन र उपयोग सहि ढंगले हुने आशामा । अरु अभियानकर्मीहरु मदन पोखरेल र शैलेष ज्ञवाली पनि अभियानमा मिसिन पाएको दंग देखिन्थे ।
गाँउमा किताव अभियान नाम राखेर शुरु भएको स्वयंसेवी अभियानको एकमात्र उद्देश्य राम्रा पुस्तक पढ्न नपाएका बिद्यार्थी र समुदाय दुवैमा सकेसम्म धेरै पुस्तक पुर्याउनु हो । यसका लागि हामीले बिद्यालय र सम्बन्धित गाविसको पनि प्रतिबद्धता खोजेका छौ । स्वामित्व साझा गर्नका लागि अभिभावकहरुको पहुँचमा पुस्तकालय स्थापना अभियानको लक्ष हो । यस्तो लक्षको शुरुवात भएको छ सुर्खेतबाट । जहाँबाट पाएको सहयोग र उत्साहजनक समर्थनले हाम्रा पाइलाहरु अझै दरा भएकाछन् । अभियान निरन्तर अगाडि बढाउने कुरामा हामी ढुक्क छौ । यस्ता अभियानले बिपन्नता र अभावमा ज्ञानको अधिकारबाट बञ्चित बालबालिका र समुदायमा शिक्षाको उज्यालो अबस्य छर्नेछन् । यसका लागि हामीलाई तपाईको सहयोग चाहिएको छ । हामीले ज्ञानको आगो सल्कायौ अब यसलाई बालिरहनका लागि यहाँहरु सबैको साथ र सहयोगले यो स्वयंसेवी अभियान सधै जिउँदो हुनेछ ।

नेपाली कम्युनिष्ट पार्टीको इतिहासमा आज फेरी नयाँ अध्याय थपियो । अनुमान अनुसार नै नेकपा माओवादी एकिकृत टुक्रिएको हल्लाले बजार तताएको छ । मोहन बैद्य लगायत असन्तुष्ट नेताहरुको भिडले नयाँ पार्टीको जन्म दियो । समग्र राजनीतिमा यसलाई बिभिन्न कोणबाट व्याख्याहरु सुन्न र पढ्न पाइएला तर एउटा सामान्य नागरिकको दृष्टिमा यो घटनाले शान्ति प्रकृयालाई अझ चुनौतीतर्फ धकेलेको महशुस गर्न बाध्य बनाएको छ । पद, सत्ता, शक्तिको वरीपरी घुमिरहने राजनीतिमा अर्को बलियो शक्ति पनि छैन जसलाई बिकल्पको रुपमा बिश्वास गर्न सकियोस् ।

नेपाली कांग्रेस छ तर उसले प्रजातन्त्र मेरोमात्र ठेक्का हो भन्ने बाहेक अरु दुरदर्शि लक्ष्यका साथ जनतालाई आकर्षण गर्न सकेन । नेताहरु त धेरै भए तर देशका लागि केह ीगर्न सक्ने हिम्मतीला नेता रहेनन् कांग्रेसमा । बैचारिक शुन्यताको स्थितीमा भएको पार्टीले गरोस् पनि के, आशा गर्नु नै बेकार छ ।

एमाले नामधारी कम्युनिष्ट पार्टी त छ । तर आचरण र व्यवहारमा हेर्दा लाग्छ न यो सञ्चा कम्युनिष्ट हो न कांग्रेसजस्तै लोकतन्त्र मेरो पेवा हो भनेर नै भन्न सक्छ । बिचार र व्यवहारमा यता न उताको भन्ने आरोप लाग्ने गरेको एमालेसँग पनि राम्रा नेता छन् तर ती कहिल्यै हाम्रा हुन सकेनन् । एमाले र कांग्रेसको हरिबिजोग त केही दिन पहिले उनीहरुले गरेको आन्दोलनको शुरुवाती सभाकै दिन देखियो । किनभने निरास जनता यिनीहरुलाई हाम्रो पार्टी हो भनेर खुल्ला रुपमा भन्न पनि हिच्किचाउन थाले । जसले गर्दा मध्यम बर्गमा पकठ जमाएको एमाले र सामन्ति लोकतन्त्रबादीहरुको प्रीय कांग्रेसप्रति आशा गर्ने ठाउँहरु रित्तिदैछन् ।

जनताद्धारा जनताका लागि भन्ने गरिएको लोकतन्त्रमा जनताले चुनेका पार्टीहरु जनताप्रति कृतघ्न भएकाले हामीले आजको दिन देख्नु परेको हो । समयक्रमसँगै भइरहेन फुटले आउने दिनमा देशलाई कतातीर लान्छ भन्न सकिदैन । एउटा ध्रुब सत्यजस्तै कुरा के हो भने एकचोटी फुटेको पार्टी जतिसुकै एक भएपनि कहिल्यै एक हुन सक्दैन । नेपाली कांग्रेस र एमालेको अनुभवले पनि यही भन्छ ।

Earlier I thought I should go to theater watch evening show of Hindi feature film 'Sanghai. Why I was tempted to be in hall was that first I was closely following it's review which somehow convinced me that movie is good. And also some of my friends tweets that Sanghai is good movie so worth-watching. 

Second thought; Sanghai is hindi movie despite popular why should I pay for hundred of rupees  instead I should go to promote Nepali movie. Well, Nepali, definitely was best idea but question in mind which Nepali movie should I watch? Highway - yet to come theater. Loot - already been watched. Then? Yeah.. recall, I heard many of tweetpal watched movie Apabad, a 100% Nepali movie! Should I go for Apabad then? Was needed take permission from Kabita as she was also going to join me. I didn't talk to her what I was cooking in mind. 

Finally, changed my movie idea. Thought better go to PashuPatinath & enjoy SADHYA AARATI. Very auspicious moment for me being faced 'Evening Aarati in Pashupati. I spent almost 4-hours wandering here and there around beautiful place I love to be frequent. 

I don't know visiting Indian cricketer MS Dhoni today visited PashuPati or not but I made it today. After a long interval I made it today for myself. At least those 45 minutes were totally mine to get inner peace.

The moment I capture in phone may be worth seeing for you. Enjoy;


















Popular Posts

Blogger templates

Blogger news

Blogroll