नेपाली कम्युनिष्ट पार्टीको इतिहासमा आज फेरी नयाँ अध्याय थपियो । अनुमान अनुसार नै नेकपा माओवादी एकिकृत टुक्रिएको हल्लाले बजार तताएको छ । मोहन बैद्य लगायत असन्तुष्ट नेताहरुको भिडले नयाँ पार्टीको जन्म दियो । समग्र राजनीतिमा यसलाई बिभिन्न कोणबाट व्याख्याहरु सुन्न र पढ्न पाइएला तर एउटा सामान्य नागरिकको दृष्टिमा यो घटनाले शान्ति प्रकृयालाई अझ चुनौतीतर्फ धकेलेको महशुस गर्न बाध्य बनाएको छ । पद, सत्ता, शक्तिको वरीपरी घुमिरहने राजनीतिमा अर्को बलियो शक्ति पनि छैन जसलाई बिकल्पको रुपमा बिश्वास गर्न सकियोस् ।

नेपाली कांग्रेस छ तर उसले प्रजातन्त्र मेरोमात्र ठेक्का हो भन्ने बाहेक अरु दुरदर्शि लक्ष्यका साथ जनतालाई आकर्षण गर्न सकेन । नेताहरु त धेरै भए तर देशका लागि केह ीगर्न सक्ने हिम्मतीला नेता रहेनन् कांग्रेसमा । बैचारिक शुन्यताको स्थितीमा भएको पार्टीले गरोस् पनि के, आशा गर्नु नै बेकार छ ।

एमाले नामधारी कम्युनिष्ट पार्टी त छ । तर आचरण र व्यवहारमा हेर्दा लाग्छ न यो सञ्चा कम्युनिष्ट हो न कांग्रेसजस्तै लोकतन्त्र मेरो पेवा हो भनेर नै भन्न सक्छ । बिचार र व्यवहारमा यता न उताको भन्ने आरोप लाग्ने गरेको एमालेसँग पनि राम्रा नेता छन् तर ती कहिल्यै हाम्रा हुन सकेनन् । एमाले र कांग्रेसको हरिबिजोग त केही दिन पहिले उनीहरुले गरेको आन्दोलनको शुरुवाती सभाकै दिन देखियो । किनभने निरास जनता यिनीहरुलाई हाम्रो पार्टी हो भनेर खुल्ला रुपमा भन्न पनि हिच्किचाउन थाले । जसले गर्दा मध्यम बर्गमा पकठ जमाएको एमाले र सामन्ति लोकतन्त्रबादीहरुको प्रीय कांग्रेसप्रति आशा गर्ने ठाउँहरु रित्तिदैछन् ।

जनताद्धारा जनताका लागि भन्ने गरिएको लोकतन्त्रमा जनताले चुनेका पार्टीहरु जनताप्रति कृतघ्न भएकाले हामीले आजको दिन देख्नु परेको हो । समयक्रमसँगै भइरहेन फुटले आउने दिनमा देशलाई कतातीर लान्छ भन्न सकिदैन । एउटा ध्रुब सत्यजस्तै कुरा के हो भने एकचोटी फुटेको पार्टी जतिसुकै एक भएपनि कहिल्यै एक हुन सक्दैन । नेपाली कांग्रेस र एमालेको अनुभवले पनि यही भन्छ ।

2 comments:

dipak said...

r u supporter of maoist?

Unknown said...

Never support Maoist. Neither other party. that's my limitation.

Popular Posts

Blogger templates

Blogger news

Blogroll