Internews in its programs report says several journalists gathered in the roundtable held in different countries in middle-east said that young people turn to social media because mass media has failed to play its watchdog role. Youth don’t trust the media in Palestine. It does not relate to them, it does not give a voice to the people. Even mass media journalist began trusting the social media like Facebook more saying, because news or views social media produces come from real people.
Growing popularity of social media has made media experts, academicians and universities realize the need of creation of new media and social media course in universities. This need is realized because people need to understand what social media is its tool. On the other hand new media is facing growing criticisms in terms of reliability, authenticity, credibility; sources etc and critics are those who practice mass media. Therefore, time for both new media promoters and practitioners has come up to make people understand about the impacts of new media to be able to utilize them correctly.
बडेमानको ल्यापटप, भिडियो क्यामेरा, डिजिटल स्टील क्यामेरा, दुईवटा मोवाइल, इन्टरनेट डिभाईस – सूचना प्रबिधिका अत्याधुनिक उपकरणहरुले भरिएको झोलामा अमेरीकी राष्ट्रपति बाराक ओबामाको पुस्कत अडासिटी अफ होप । उपकरण चलाउ या नचलाउ, किताव पढुँ या नपढुँ, धाकै लाउन भएनि बोक्नुपर्यो नी । भयो भने त्यस्तै, उपकरणको भारी, किताव एकपानाभन्दा पल्टिएन । तैपनि यात्रामा उत्साह थियो । तीनघण्टाको उकालो, उवडखावड बाटोमा धुलो उडाउदै दौडिरहेको महिन्द्राको बोलेरो जीप बेसीसहरबाट उकालो लागेपछि अजंगको पहरो छिचोल्दो रहेछ तर जाँदा देख्नु परेन, डरलाग्दो पहरो पुमेको भिर । मान्नैपर्छ, मान्छेले चाह्यो भने जे पनि हुन्छ । पहरो नै फोरेर गाडि कुद्ने बाटो बनेछ तीनबर्षमा । सर डरलाग्दो छ भिर, तल नहेर्नुहोला, छेउमै बसेका गुरुजी पवनजीलाई भन्दै थिए तर डराइरहेको थिए म ।

मलाई असाध्य डर लाग्न थालेको छ हिजोआज । खासगरी हवाइयात्रामा, अनि बाटोमा भीर छ भने स्थलयातायातमा पनि । सन् २००९ को जुनमा अमेरीकाबाट फर्किदा प्यासिफीक माथिको आकाशमा मध्यराततीर हुनुपर्छ हङकङ आइरहेको क्याथे प्यासिफीकको जहाज बेजोडले हल्लीयो । झन्डै एकघण्टा । मरिन्छ झै लाग्या थियो, तर केही भएन । के भएको हो चाँही थाहा भएन, तर भयो के भने त्यसपछि सधै जहाज यात्रामा डर लाग्न थाल्यो । अनि भीरको बाटोमा गाडि हल्लियो भने पनि खुब डरलाग्छ । डर हामीसँगै आएको अर्को जिपको छतमा बसेर ६÷७ जना तोरी लाहुरे साथीहरु त्यही भीरमा पिङ खेल्दै हिडे, उनीहरुलाई केही भएन, सातो गयो मेरो । धन्य भगवान, बल्ल बाँचियो । भिर काटेर सुरक्षित स्थानमा पुग्दा मैले मात्र हैन सहकर्मी पवनजीले पनि यस्तै सोचेछन् । कम्ता डर लाग्या हो र, भन्न मात्रै नभनेको । उज्यालो अनुहारमा कस्सिकस्सि बोल्दै थिए उनी ।

त्यही भिरको छोटोबाटोमात्र त्यस्तो थियो जहाँ तीनघण्टाको पट्यारलाग्दो बाटोम ाझै धुलो चै थिएन । नत्र धुलो, अर्गानिक पाउडर (गफिदाँको भाषा) खानु खाइयो । बेशीसहरबाट मात्र तीस किलोमिटरको बाटोलाई तीनघण्टा लाग्यो जीपमा । धुलो र अप्ठ्यारो उकालो कहिल्यै नसकिदाँ त लाग्यो बिनासित्ती आएँ मायालू छोरा र श्रीमती छोडेर । रेडियो मस्र्याङदीका साथीहरु प्रेमकुमारी र मिनाले अघिल्लो साँझ भनेका थिए, भिर चाँही खतरा छ, त्यसपछि त सजिलै छ । तर के को सजिलो हुनु । बाटैमा हाप्न नमिल्ने रमात्र, नत्र माँकसम, म त दिक्क भैसकेको थिए । काठमाण्डौबाट गएका सामुदायिक प्रहरीका सई उत्तम श्रेष्ठका ठट्टा र जोकले बाटो चै कटाएकै हो । ट्राफ्रिक प्रहरीले खेदेको देखि पञ्चावी बाबाका जोकहरु साह्रै घतलाग्दा थिए । मैले पहिलोपल्ट सुनेका रहस्यमिश्रीत र हसाँउने जोक । ठिक्ककै भएपनि मलाई पनि एकदुईटा त आए । महादेवले शीवरात्रीमा बागमति पुलमुनि बसेर गाँजा खाएको जोक होस् या अमेरीकीको कुनै शहरमा हिडिरहेको नेपालीलाई अफ्रिकन मूलको कुनै ठगले, पैसा दिदैनस भने एचआइभी सार्दिन्छु भन्दा, सार न त हेरौ, कण्डम लगाएर हिडेको छु भन्ने नेपालीका बारेका ठट्टा चाँही फुरेकै हुन् । प्रकाशजीको सुर्खेतीको सत्य घटनामा आधारित लघुकथा पनि बेजोडको थियो । जे होस्, ताजा धुलो खाँदै, हाँस्दै, गीत सुन्दै जीपको पछाडिको भागमा छ जनाको यात्रा यादगार नै रह्यो ।

सरले क्यामेरामा दृष्य कैद गर्नुपर्यो, अघिल्लो दिन खाएको सिस्नु र कोदोको ढिडोको करामत बिहान पाँचबजेदेखि नै देखिन थालेकोले होला म लगातार चर्पि गैरहेको देखेपछि रसीक स्वभावका सइ साप उत्तमले के बाँकी राख्दे, सिस्नोले पखाला लागेको दृष्य भिडियो क्यामेरामा कैद गर्ने हो क ीभनेर दिनसम्म बाँकी राखेनन् । झन्डै ३५ जनाजति जति अधबैशे अल्लारेहरुलाई के चाहियो, पुग्यो अब मलाई उडाउन । मैले पनि हरेकपटक चर्पीबाट फर्किदा दिन थाले साथी हो जैसा खाया, वैसा हि गया । २१०० मिटर उचाइमा अवस्थीत उत्तरकन्या गाविस लम्जुङको प्रसिद्ध गुरुङबस्ती घलेगाउँको सभाहलमा हाँसो गुञ्जिन्थ्यो । अब त म उठेर हिड्दा पनि साथीहरु भन्न थाले यसलाई त साँच्चै गलाएछ । तर गलाएका अरु पनि थिए । अलि खुल्न डराउने । आ जैसा खाया वैसा दिया, किसका क्या बिगारा, यस्तो कुरा चै मनमनैमा भने । बल्लबल्ल लागेको फोनमा दुई चारशब्द त राम्ररी बुझिन्थे श्रीमतीका, ती शब्द थिए, जीवनजल चै खानु है, अनि पानी धेरै खानु । फोनले पनि कुरा चै राम्रै बुझेको हुनुपर्छ । नत्र दुई दिनबस्दा राम्ररी कुरा हुन पाएन । फोन लाग्या बेला पनि कुरा अस्पष्ट, तर त्यो कुरा चै स्पट । सायद माया भन्या यही होला ।

घलेगाउँ पुगेको भोलिपल्ट बिहान ५ बजे मोवाइलको एलार्म बज्यो । आफ्नै हो क ीभने, रहेछ सइ सापको । सँगै थियौ, पवनजी म र सइसाप । राती किताव पढ्दापढदै घुर्न थालेका सइसाप बिहान पाँचै बजे? मेरो प्रश्न भुईमा खस्न नपाउदै भन्न थाले जोउ जोउ सुर्योदय हेर्न । जानै पर्यो । रातभरी बाजा बजाउने पवनजीलाई किन छोड्ने । चलौ अध्यक्षज्यू । आहा, ठिक गरिएछ, सुर्योदयको दृष्य चै खिच्न पाएकै हो । लमजुङ, माछापुच्छ्रे हिमालको टुप्पोमा पहेलो घाम परेको दृष्यदेखि घाम झुल्किरहेको दृष्य आनन्दले कैद गरियो क्यामेरामा । आफु बसेको घरमा गएर हेर्दै जाँदा थाहा भयो दृष्यभरी म निकै बोलेको रहेछु । त्यो पनि भाषा चै गज्जबकै रहेछ, जे भन्दा पनि अन्त्य चै अवस्था हो, स्थिती हो यस्तै यस्तै । अहिले घाम झुल्किएको स्थिती हो । हामी २१०० मिटर उचाईमा रहेको अवस्था हो, आदी आदी । काठमाण्डौ फर्केपछि

त्यो भिडियो श्रीमतिलाई देखाउँदा उनी पनि भन्दै थिइनु, भाषा चै राम्रै भएछ भन्ने लागेको स्थिती हो ।
स्थिती जे भएपनि घलेगाउँको यात्रा अविष्मरणीय रह्यो । धेरै सुनेको ठाउँमा पुग्नुभन्दा पहिले अपेक्षा धेरै हुनु स्वभाविक हो । बिशुद्ध स्थानीय स्वाद र शैलीमा पाकेको खना, सागको तरकारी, अगेनामा दाउरा बालेर पकाएको लोकल चामलको भात, अर्गानिक चिया, आलुको तरकारी, सेल रोटी, झिलझिले, गुन्द्रुक र भटमासका अचार भन्दा मिठो थियो घरवेटी बुबा र आमाको बोल्ने शैली । ए बाबु भित्र आइज । दिउँसो त्यहाँ पुग्दा त कसैले पनि त्यसरी बोलाएन । अहिले को के भन्छ? फेरी बोलायो, एबाबुहरु बाहिर नबस, सितझर्छ, चिसो लाग्छ, भित्रै आइजा । आगो ताप । सुन्दा मलाईमात्र हैन सइसापलाई पनि रिस उठेछ । एकछिन अगाडि त खै कसलाई हो फोनमा भन्दै थिए म तिमीलाई हिउँ ल्याइदिन्छ, तिम्रो लागी त्यो भन्दा ठुलो उपहार के हुनसक्छ? तर नबोलीकन चुल्हैमा पुगे अहिले चै । हामीसँगैको घरमा बस्ने बाराका असइसाप अरुबेला बोल्दैनथे, भाषा नबुझेर हो की भन्या, तर त्यो कुराले उनी पनि छक्क परेछन् । एकदुई चोटी अप्ठेरो भएपनि बुझ्दै जाँदा थाहा भयो त्यो त उनीहरुले सम्मानजनक रुपमा नै बोलाएका रहेछन् । त्यहाँको शैली नै त्यस्तै रहेछ । आगाको छेउमा बसेर एकहातले नाक पुछ्दै अर्को हातले खानेकुरा चलाउने ७२ बर्षे हजुरआमा पनि आइजा नै भन्छिन् बाँ । त्यतिमात्र कहाँ हो र बेशीशहरदेखि गएका लमजुङे पत्रकार तथा मानवअधिकारकर्मी कृष्ण अधिकारी पनि पो त्यहाँका सबैलाई आइजा, आइजा भन्छन् बा । बुझेपछि थाहा भयो यो त यहाँको चलन नै रहेछ । अनि मैले पनि भन्न थाले, ए सइसाप आइजा । ए पवन बाबु आइजा, चिया खा । लु बस् । लोकल कुखुरो पो खान्छास् की? झ्वाइखटटे पनि पाइन्छ रे है । खा, खाँ काठमाण्डौ गएपछि के हो के हो, यही खा बाबु आइजा । पवनलाई किन जोस नचढोस्, जानेबित्तिकै चौरमा बसेर हिमालको काखमा नुहाँउदाको चोट कसरी बिर्सन सक्नु । त्यो चिसो भगाउनका लागि पनि लोकल कुखुराको भाले मर्ने नै भयो । बिचरा, एकछिन अगाडि उज्यालोमा घरबेटी आमाले ख्वाक्क खोकेर थुँ गर्दा डौदिदै गएर खकार खान लालायित त्यही भाले खान अहिले त्यहाँ उपस्थित हामी मान्छे लालायित । त्यसैले त उखान बनेको होला, पाएपछि अलकत्रा पनि खाइन्छ । झ्वाइखटट्े र कुखुराको भाले स्वाहा । तर धन्न कोही मातेनन् । त्यही भएर त्यसलाई कोदो भनेको होला । काठमाण्डौमा पाइने झोल भए, देखाइदिन्थ्यो बाउआमाको बिहे, बिहान उठेपछि राती खानेहरु सबैको तर्क एकै नासको थियो ।

भाले र कोदोको खट्टे खाएर फुर्ति गर्नेमा हामी बस्ने घरमात्र परेनछ । कोदोले त सहकर्मी प्रकाश र विकास बसेको घरमा पो आतंक मच्चाएछ बा । अघिल्लो दिन क्याम्प फायर भयो रे भन्ने हल्ला भोलिपल्ट खुब सुनियो । हाम्रो समुह बुढा युवाहरुको भएकोले होला, क्याम्प फायरमा जान सकिएन । चाहना पनि भएन । फायर त अरु पनि थुप्रै भएछन् । यात्री शेखरको गजल त ठिकै पो थियो रे हाम्री बिद्यार्थी नेता उर्मिला थपलीयाको अगाडि । प्रकाशले भनेको बडो रसीक गजलकार रहिछन् नेवीसँघकी केन्द्रिय सदस्यसमेत रहेकी उर्मिलाजी । प्रतिभा छ भन्ने मलाई अघिल्लोदिन कर्लकीबाट अघिबढेपछि नै थाहा भएको हो । माइक्रोबसमा अरु भने गफमा उनी चै साम्यवाद सम्बन्धि किताव अध्ययनमा व्यस्त । कसरी सकेको होला, रिंगटा पनि नलागेको, कस्तो अचम्म? मैले त यही नै सोच्दै बेशीसहर पुग्दा पो थाहा भयो उनी त गजलकार पनि रहिछन् । रहस्य खुल्दै गयो । घलेगाउँ पुगेपछि उनको पनि गलज फायर भएछ क्याम्प फायरको अगाडि बसेर । अनि प्रकाशको दोहोरी । के मात्रै गाएनन् उनले अरुलाई झम्टनै नदिने । मै हुँ भन्दै गाउन अघि सरेका विकासजी त एकैछिनमा दुलापसे । रुवावासी, कोकोहोलो, प्रकाशका चुनौतीका अगाडि कोही टिकेनन् । भोलीपल्ट हल्ला भयो प्रकाशको त्यो तागतमा कोदो रस मिश्रित थियो । धन्य कोदो । मैले त फेसबुक स्टाटसमा कतै उल्लेख नै गरे, कोदे दोहोरी । जे होस्, कोदे दोहोरीले हातमा कोदोकै खाएजसरी तातोपानी खाइरहने साधनाजीलाई पनि बाँकी राखेन । जान्ने हुँ भन्दै एउटा दोहोरीको गेडो के गाइथिन् प्रकाशको झम्टाइपछि थुचुक्कै । साझँतीर दाङ, बारा बिरुद्ध काठमाण्डौ सुनसरी बीचको शत्रुतापुर्ण फुटवल प्रतियोगीतामा काठमाण्डौको टिममा रहेको त्यही प्रकाशलाई हौस्याउँदाको गुन प्रकाशले दोहोरीमा नराम्ररी तिरेपछि उनको पनि के लागोस् । ए साँच्ची फुटवल खेल्दा म चाँही एकपटक गोलकिपर बने । चार गोल बचाए, दुइ गोल खाएँ क्यारे । पछि खै व्याकवार्ड हो की फरवार्डको जिम्मा लिएको थिए, बल अगाडि बढाउने मौका नै कम पाइयो । दर्शकमा बस्नेहरुले हुटिङ गर्दा मेरो नाम कहिल्यै लिएनन् । पवन लगायत केहीको नाम लिएर हुटिङगर्दा एउटा नामले चै दर्शकदिर्घामा बसेर हुटिङ गरिरहेका महिला साथीहरुलाई निकै अप्ठयारो भएको महशुस गर्न सकिन्थ्यो, त्यो नाम थियो अनेरास्ववीयुका सचिवालय सदस्य दुध प्रसाद घलेको । पवन, पवन, पवन भन्न सजिलो, तर जतिबेला दुधप्रसादले बल अगाडि लान्थे महिला साथीहरुको आवाज बिस्तारै हराउथ्यो । बरु गलल्ल हाँस्थे । हो नी त भन्न पनि गाह्रो नाम, दुधप्रसादजी राम्रो खेलाडी हुटिङ त चाहियो नै तर कसरी भन्ने, दुध, दुध, दुध ... दुई चोटी पछि आवाज नै गायव । कारण त्यो दुध भन्ने शब्द नै हुनुपर्छ भन्ने अनुमान सबैले अनुमान लगाए । हे दुध तेरो रुप अनेक, मैले मनमनै भनेहुँला । फुटवलमा खेलाडी पनि नेपालीमात्र हो र? एउटा बिदेशी, स्पेनी पनि मिसियो । केटो तगडा, बीसबर्षपछि फुटवल खेलेपनि करामत देखाइहाल्यो । गर्मि भएछ, पेन्ट खोल्यो, त्यो पनि दर्शकमा रहेका महिलाहरुको अघिल्तिर उभिएर । गाला राता भए साथीहरुका । गञ्जि खोल्यो, सेतो पेट देखेर कसैले त खैरेलाई उडाइहालेछ, सालेको छालामा चाया परेछ । पछि थाहा भयो त्यो भन्ने चाँही अरु कोही नभएर साधनाजी नै रहिछन् । अरु महिला पनि के कम, भनेछन्, चाया हैन हिउँ नै परेछ नी । जे होस् । खेल मज्जाले नै खेलियो, त्यो पनि २१०० मिटर उचाईको मैदानमा । तर दुर्भाग्य, फुटबल भनेर खेलेको भलिबल परेछ ।

, क्लवका साथीहरुलाई ६०० रुपैयाँ क्यास बुझाउनु परिगो । खेलले पसिनामात्र काढेन, जुनसुकै कुरामा पनि गज्जबको आइडिया निकालेर केह ीगर्न खोज्ने मित्र भाष्करजीलाई अर्को आइडिया फुराउन सघायो खेलले । काठमाण्डौ फर्केपछि इक्वल एक्सेस, युथ एक्सन र इन्टरनेशनल एलर्ट मिलेर मैत्रिपुर्ण क्रिकेट खेल्ने । तालिका साथ पास भयो उनको आइडिया ।
यो लेखपढ्दै यहाँसम्म पुग्दा तपाईलाई लाग्यो होला, साथीहरुले मोजमस्ति नै गरेछन् । सही हो, तर मोजमस्तिमात्र हैन, युवा, सुरक्षा तथा न्यायको सवालमा समुदायमा सार्वजनिक सुरक्षाको क्षेत्रमा युवा बिद्यार्थी, सामुदायिक प्रहरी, शान्ति समिती, बिभिन्न एनजीओ र युवाहरु मिलेर गर्नसक्ने थुप्रै कामहरुको सूची पनि तयार भयो दुई दिनको बसाईमा । बारा, दाङ, काठमाण्डौ र सुनसरीबाट भेला भएका ३७ जना युवाहरुको दस्तालाई घलेगाउँ बसाईले अबस्य नयाँ उर्जा दिएको छ । घाटु, कुष्णचरित्र जस्ता गुरुङ संस्कृती झल्काउने प्रस्तुती, जेठो छोराको लागि गरिने बिशेष समानित कार्यक्रम पुटपुटे, सेल रोटीसँगै एकाबिहानै कोदोको जुस, हिमालको काख, गुरुङसेनी आमाहरुको स्वागत र बिदाई, होमस्टे, स्वादीलो खाना, अनि उकाली ओरालीकै बिचमा हराभरा चियाबगान, जाँदा आउँदा जति सास्ती भएपनि घलेगाउँ यात्रा अबिष्मरणीय लागिरहेको स्थिती हो भन्ने हामीलाई लाग्छ, यहाालाई के लाग्छ कुन्नी?
पोखराको लेकसाइडमा टहल्टाको स्थितीमा अनौठो गीत सुन्ने मौका मिलेको अवस्था थियो । त्यो बेलाको समय साँझ पर्नै लागेको थियो भन्ने अहिले हामीलाई लाग्छ । चिसो थियो वाह्य वातावरण । वास्तवमा गीतको भाका, लय सुने सुने जस्तो लाग्नु स्वभाविक थियो, तर शब्दहरुको बनौट बडो अनौठो भएको हुनाले मेरोमात्र हैन साथमा भएका मित्रहरुलाई पनि त्यसले ध्यान आफुतीर खिच्नु स्वभाविक थियो भन्ने हामीले महशुस गरेको स्थिती थियो । त्यसैले हामीले के निर्णय गर्यौ भने एकछिन भएपनि त्यो गीतलाई सुन्नै पर्ने बस्तुगत परिस्थितीको आधारमा मुल्यांकन गरियो । अनि त्यही अनुसार निर्णय गरी गीत सुनियो । गीतका शब्द अनौठा थिए, जस्तै के खान्छौ कमला, सुन्तला की अमला । वाह, लोकतन्त्रको कमाल? यस्तै रमाइलो र खुलापनकै कारणले बर्षौ जंगलमा बिताएका हाम्रा नेताहरु पनि अहिले लोकतन्त्रकै काखमा लुटपुटिन आएको अबस्था थियो मुलुकमा । हामी त १२÷१३ बर्षदेखि लोकतन्त्रका नाममा हुर्किएको वातावरणमा मौलाएका न परियो । मोजमस्ति, खुलापन, स्वच्छन्दता, के चाहियो? गीत सित्तैमा सुन्न पाएपछि सुन्नै पर्ने निर्णय गरेको अबस्थामा गन्धर्व दाजुभाईहरुको अगाडि बसियो पलेटी कसेर । केटा र केटीले प्रश्नउत्तर शैलीमा गाएको त्यो गीत भएपनि त्यहाँ हाम्रा गन्धर्व दाजुभाईहरुमात्र उपस्थिीत भएर गीत गाईरहेको स्थिती थियो । गायक महिला थिएनन् । नहुनु स्वभाविक पनि हो भन्ने हामीलाई लाग्छ । गीतको अर्को शब्दः सारै राम्र्री भइछ्यौ, कुन साबुनले मुख धोइछौ, म पनि राम्रो हुन्छु त्यही सावुनले मुख धुन्छु भन्ने रहेछ, ताली नपीटी कहाँ बस्न सकिन्छ? गीतका शब्दहरु सुनेपछि दिनभरीको थकान, धुलो र धुवाँले गलेको मुख नछामिकन मन किन मान्ने स्थिती हुन्थ्यो र? मैले मात्र हैन गीत सुनिरहँदा त्यहाँ उपस्थित अन्य दर्शकहरुले पनि मुख छामेको अवस्था हेर्नलायक नै थियो । सायद त्यो गीतमा सावुन र मुख धुएको प्रसंग बलियोसँग उठेकोले हुनुपर्छ । काठमाण्डौमा पानी आउँदैन । पानी नआएपछि मुख कसरी राम्ररी धुन सकिन्छ । त्यसैले यस्तो बेलामा कसैले सावुन, पानीको कुरा गरिहाल्यो भने त्यो अवस्थामा के गर्न सकिन्छ, यहाँहरुलाई भन्नुपर्छ जस्तो लाग्दैन । वास्तवमा शहरको जिन्दगी व्यस्तमात्र हैन अस्तव्यस्त हुन्छ जस्तो हामीलाई लाग्छ । काम पनि छैन फुर्सद पनि छैन जस्तो । अलिक कडा रुपमा भन्नुपर्दा मिसिन जस्तो हो की मान्छे जस्तो लाग्छ हामीलाई । अनि त्यस्तो कोलाहलको अवस्थाबाट बाहिरीनु पाउँदा एउटा उन्मुक्तिको महशुस त अवश्य हुन्छ, तथापी के कुराले सताँउछ भने प्यारो छोरो, मायालू श्रीमती, दुवैको साथबाट भने बाहिरीनु पर्ने अवस्था कम्ता असह्य हुदैन । यसो हुने स्वभाविक पनि हो भन्ने हामीलाई लाग्छ । यसैलाई पहिलेका मान्छेले मायाजाल भनेको हुनुपर्छ भन्ने हामीलाई लाग्छ । अनि यो पनि लाग्छ की यसरी परिवारबाट बिछोडिदाँ माया गाढा बन्छ भन्ने पनि लागिरहन्छ । अनि, हिडदाँ खेरी यस्तै आक्कल झुक्कल, समय र परिस्थितीले सिर्जना गर्ने यस्ता अवसरको भरपुर उपभोग गर्नुपर्छ भन्ने हामीलाई लाग्छ । नेताहरुले भन्ने गर्छन नी, प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि अगाडि बढनु पर्छ । यो भनाई सही हो भन्ने हामीलाई लाग्छ ।
लोकगीतका पारखी धेरै छन की भन्ने लाग्छ अहिले । तर अग्रेजी गीतका पनि रैछन धेरै । यहाँ फत्तेमानको कन्सर्ट भयो भने कसैले दुइ हजार तीर्ने स्थिती होला त? तर खै ब्रायन आडम्स रे, उ आउँदा ६ हजार रुपैया तीरेर कन्सर्ट हेर्न पनि मान्छे तयार भएको अवस्था देखियो । रंगशालाबरपरको भागमा आज बिहानैदेखि जे देखियो, मानौ त्यहाँ ठुलो उत्सव हुदैछ अनि बिजयोत्सवका लागि नागरिकहरु सडकमा उत्रिएका छन् । अनि जसको गीत सुन्न उनीहरु त्यहाँ भेला भएकाछन् उसलाई भव्य सुरक्षाका साथ प्रहरीहरुले स्कर्टिङ गरेर हर्न बजाउदै ल्याएको पनि देखिएको अवस्था थियो आज दिउँसो त्यहाँ वरपर । बाँच्नुपर्छ देख्न धेरै पाइन्छ भन्ने हामीलाई लाग्न थालेको छ । हेरियो आज त्यो पनि जसका लागि दुनियाँले हजारौ रकम बगाए । आफुलाई अहिले लाग्छ कतै आफुले पनि त बगाएको स्थिती हैन? समय अनुसार चल्नुपर्छ भन्ने लागेर नै होला आ जे होस् भनिरहेको स्थिती हो यो ।
अलिबर्ष पहिलेको कुरा याद आएको अवस्था हो यो लेख लेख्दा लेख्दै । मैतिदेवीको एउटा कोठामा बिद्यार्थी जीवनको दुःखी बास भएको अबस्था थियो । साथी पनि भएको स्थिती थियो भन्ने अहिले लाग्छ । बजारमा एउटा अनौठो गीत आएको हल्ला चल्यो । साथी तोया र म घुम्न भृकुटीमण्डपको हङकङ बजार गएको अवस्थामा हामीले त्यो गीतको अनौठो शैलीलाई मन पराएर क्यासेट किन्ने निर्णय गरियो । गीत थियो वारी जमूना, पारिजमूना । सुन्दै जाँदा मज्जा नै बेग्लै । तोयाले त्यो गीत पहिलोपल्ट रेडियो सगरमाथामा उसको साप्ताहिक कार्यक्रम सगरमाथा लोक सुसेलीबाट बजायो भन्ने लाग्छ अहिले हामीलाई । त्यसपछि त्यो गीत खुव लोकप्रीय भएको अबस्था थियो । पछिसम्म पनि चर्चित भयो त्यो गीत । गीतमात्र चर्चित हुने कुरै भएन, गायक खेम गुरुङ पनि मज्जाले जमेको अबस्था रह्यो केही समय ।
अहिले हामीलाई के लाग्छ भने गीतसंगीतमा शक्ति हुन्छ । हतियार शक्ति थियो एकजमानामा । पैसा शक्ति थियो । र अहिले पनि छ । सूचनालाई शक्ति मानिन्छ अहिले । अब सूचना प्रबिधी शक्ति हो भन्ने हामीलाई लाग्छ । गीतसंगीत भने जुनसुकैबेला पनि शक्तिकै स्थितीमा रहेको अवस्था हो भन्ने हामीलाई लाग्छ जसले व्यक्तिलाई मात्र हैन समाजलाई नै रुपान्तरण हुन पनि महत्वपुर्ण योगदान दिएको स्थिती हो र यो आउने दिनहरुमा पनि रहिरहन्छ भन्ने हामीलाई लाग्छ । नेपाली होस् वा छिमेकी प्रभुको गन्ध मिश्रीत हिन्दी नै, बहुराष्ट्रिय अंग्रेजी त झनै शक्तिशाली रहेछ भन्ने कुरा अहिले कोणकोणबाट चर्चा चलिरहेको स्थिती भएकोले नै हुनुपर्छ आज ब्रायन आडम्सको कन्सर्टमा हजारौ मानिसले हजारौ रुपैयाँ खर्च गरेको । अमला होस् या कमला, जमूना होस् वा लाइछौ बेसन, गीतमा दम छ र नै हामीलाई अहिले पनि के खान्छौ कमला सुन्तला की अमला सुन्न धित नमरेको स्थिती हो । यहाँलाई के लागेको स्थिती हो कुन्नी?
Life is a magic box. Very surprisingly happy and sorrows come together at times. Satisfaction and disappointment are both side of life but no wonder can come together, not always. There is no gain without pain, gain after pain really matters in life but no wonder they both come again and again usually and together. So that it is life. Nothing is certain but all of certain things happen in life. That is why life is magic box, if you are able to open it you see a lot of opportunities it brings about but if you don't know how to open it all opportunities gone even not letting you know what opportunities they are.

BAR CAMP is new term for me but lucky I am as I know a bit about it. Yesterday, Equal Access organized BAR CAMP mini in Kathmandu. The aim was collection of inputs and feedbacks on social media and citizen journalisms sites that Equal Access is taking initiation develop it in the day ahead. Popularity of social media is in increasing order. People who have access to computer, mobile and internet connectivity can easily set up personal websites. Social media site such as Face Book is popular not only among youth but also all sector of life in the community have become face book fan. Considering its growing interest among people now face book is being used to conduct public business. Nor is face book useful to post the status about personal things it is also useful for carrying out collective action. Recently Anuradah Koirala becomes CNN hero. Face book has played tremendous roles vote Anuradha being CNN hero. Chepang community of Kanda VDC chiton got a lot of clothes and foods even money as well just because campaigners use Face book to advocate on their behalf. At many contexts it has developed image as alternative media. In the context site likes face book and twitter being popular many organizations are designing programs use face book and other social and citizen media integrated to promote human rights and foster democracy in the society by capacitating media be able to serve the basic norms of human rights and democracy. BAR CAMP was one of the event been organized let social media users know about the initiation and meantime taking suggestions from them how to make newly developed media workers sites interactive and useful among media community. It went on successful. Very constructive ideas and thoughts came up. Now it is time to see how to convert them in to action. Equal Access is doing that.

I am in a big dilemma. Recently I applied for the position 'Media Manager' at prestigious international organization namely 'Search for Common Ground' (SFCG). I heard formally that I am shortlisted. Interview date is fixed. The other hand I have a lot of responsibilities at Equal Access. I am DRL project manager. Meantime I am managing more than three projects at a time currently at office. Peace, Media, Democracy are in my plate so I have a lot projects assigned me as project manager. Trying hard to manage times and things. Learning many things in terms of project management and leadership. I am doing hard in preparation for interview as it is approaching fast. Lets' see what happened. I am very open to decide and think that if I have to decide whether to go for two equally important issues I would do right decision considering pros and cons of both.

Two working days I stayed at home because I had pain in neck. It was difficult to turn head around. Now feeling better. Tomorrow onwards, same routine repeats.
News is news, no maters what meaning it is bringing about. Small things brings big happiness at time. I got such opportunity where I learned many things about me which are very useful to learn how to take life forward. I am happy with those people who are making news about me. Though the way people think of me makes me sad at time on the other hand it gives me positive vibe leads to the strengths. Thanks god there are many people in this small words who spends their time gossiping about me. On the other hand there are few people who always brings good news for me whom I believe they are my good friend. I don't have any best friend after the school age but I am rich of good friends.

Popular Posts

Blogger templates

Blogger news

Blogroll