एकैछिन अगाडि जुठेल्नामा बासिरहेको भाले रेडियोमा पो बास्यो । आम्मै रेडियोमा कुखुरा बासेको? हसिलो मुहारमा स्वादीलो खाना पस्किने सबैकी दिदी छक्कै परिन् । रेडियोमा बिहान ५ बजेदेखि एकएक घण्टाको अन्तरमा भाले बास्न थालेको थियो । कतिपय ठाउँमा कुखुराको भालेलाई घडिचरो पनि भनिन्छ । यसैले रेडियो मकालु धनकुटाले पनि समय बताउन कुखुराको भाले प्रयोग गर्ने निधो गर्यो । यो भालेलाई अम्मर बनाईयो । सहकर्मी संचारकर्मी कुल प्रसाद राइले भने । उनको बिचार...
