न त रित्तिन्छ, न त सिद्धिन्छ, साथमा छौ तिमी माया जति साटेपनि,
न त दुख्छ मन, तिमी हुदाँ झन, शब्दका धारले जति काटेपनि ।
न त आत्तिन्छु, न त मात्तिन्छु, औधी प्रशन्न म, तिमी साथी पाइरहदाँ,
न त डराउँछु, न त हराउँछु, प्रेम गर्दैछु भनि तिमीले जति नै ढाटेपनि ।
न त ज्यान हुन्छ, न त प्राण नै, एक्लै पारी तिमी, बीलाई गैहाल्यो भने,
न त बिर्सिन्छु, न त तर्किन्छु, साथमा भुलाई मलाई, जति नै टाढा राखेपनि ।
न त पिउँछु रक्सी, न त लिन्छु नशा, जीवनभरी तिम्रो काखमा रमाउँदा,
न त हुन्छु टाढा, झन बन्छु गाढा, सकेजती रस चुसेर, चुठेल्नामा फालेपनि । । ।
भदौ २७, २०६७ कुमारीपाटी .

I don't know what wanted to write what it has become. Please read and comment.

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll