Dear all,
With my personal site I would like to confirm you that my Face Book account got deactivated now onwards. This is however, temporary decision. There are no such strong reason behind why I decided deactivating my account but I thought the freedom I exercised in the FB crosses maximum limits in terms of posting my own things, providing comments on the other posts and uploads so it led me think to take decision that I should keep myself away from this social network. I already spoke this is temporary I will get back soon and will say hello to you. Thank you so much for your comments, supports, feedback on my post as well as on my work.

Regards
Binaya Shekhar
आज मलाई सम्बन्धको परिभाषा खोज्न मन लागेको छ । वास्तवमा के हो सम्बन्ध? कसरी जोडिन्छ यो र कसरी टुक्रिन्छ एकैछिन्मा? के ले सम्बन्धलाई जोडिरहन्छ र के ले यसलाई निमेषमै टुक्र्याउँछ । वास्तवमा सम्बन्धलाई लिएर आज म घोत्लिनु पर्ने कारणहरु धेरै छैनन् । तर एकादुई भएपनि ती कारणहरु बलवान छन् जसले गर्दा म आज घोत्लिन बाध्य छु । के मलाई समयले यस्तो बाध्यता थपेको हो? अथवा मैले आफ्नै कारणले गर्दा यस्तो अवस्था आएको हो? आज तीनबर्षपछि म फेरी एकचोटी आफैसँग हराएजस्तै भएकी छु । मलाई यो अवस्थामा के ले ल्याइपुर्यायो । किन म आज फेरी एकपटक बिक्षिप्त जस्तै छु । कसैसँगको छोटो उठबसले किन मलाई आज सम्बन्धको परिभाषा खोज्न बाध्य बनाएको छ? किन म सुत्न सकिरहेकी छैन? किन मलाई खान रुची छैन? किन म काममा ध्यान दिन सकिरहेकी छैन? के यही सम्बन्धको चक्करले मलाई घनचक्कर बनाइरहेको हो त? मैले तीन साल अघि यस्तै क्षण भोगे । मैले हृदयदेखि मन पराएको मेरो व्वाईफ्रेन्डले मलाई धोका दियो । सम्झन मन लाग्दैन त्यो कहालीलाग्दो क्षण । म झन्डै बौलाएकी थिएँ । अब मर्छु भन्ने अवस्थामा नै पुगेकी थिए । किनकी म उसलाई अत्यन्तै माया गर्थे । ठानेकी थिए उ नै मेरो पहिलो र अन्तिम लोग्नेमान्छे हुनेछ जसलाई मैले मेरो आत्मा सुम्पेको थिएँ । मेरा अंग प्रत्यंगसँग लडिबुडी गर्दै मुटुसम्म पुग्ने ढोका खोल्दै स्वागत गरेकी थिए । तर मैले उसलाई मुटुमा नै बन्द गर्न सकिनछु । मेरो बिश्वास, मेरो मुटुलाई टुक्राटुक्रा पारेर उ म बाट अलग्गीएको क्षण अहिले पनि मेरा लागि कष्टकर छ । तर पनि म सम्हालिए । भलै मलाई सम्हालिन कठिन भयो र बर्षौ लाग्यो पनि, तर मेरो आमा, मेरी बहिनीको निरन्तरको सहयोग र मायाले सम्हालिन सघायो । अथवा भनौ मलाई बचायो । तर आमा भन्या आमा नै हो । मलाई आमाले बचाउनु भयो । नयाँ जीवन दिनु भयो । कोशीस गरे सम्हालिन । सम्हालिए र आज यहाँ आइपुगे । आज फेरी यो बिरानो मुलुकमा मेरो जिवनमा थाहा नपाई कोही आएको जस्तो आभास हुन थालेको छ । यो मुलुक मेरा लागि नयाँ हो । उ मेरा लागि नयाँ हो । म पनि यो देशकी हैन, उ पनि अर्कै देशको हो । तर कामका सिलसिलामा हाम्रो भेट भएको हो । कामको सिलसिलमा उसँग मेरो नियमित उठवस भैरहन्छ । कहिलेकाँही बाक्लै र कहिलेकाँही पातलै । तर पनि कता कता मनले भन्छ हरेक दिन भेट भइरहोस् । म आज तीन बर्ष अगाडिको घाउलाई पुर्न र मेरो व्वाइफे्रन्ड जसले मलाई धोका दियो, लाई सदाका लागि भुल्न आफ्नो देश भन्दा कैयौ माइल टाढाको एउटा सुनसान ठाउँमा छु । यहाँ आएर मैले मेरो नयाँ जिन्दगी शुरु गर्नुछ । करिअरमा नयाँ इटा थप्नु छ । यहाँ सिकेको कामले भविष्यको बाटो रोज्नुछ । तर कतै मेरो अहिलेको यो नयाँ सम्बन्ध मेरो भबिष्यका लागि तगारो त हुदैन । जो ले मलाई धोका दियो । म उसलाई कहिल्यै माफ गर्न सक्दिन । उसको राम्रो होस् भनेर म सोच्न पनि सक्दिन । म भन्छु त्यो नासियोस् । किनभने उसले मजस्ती सोझी र निष्चल केटीलाई यो समाजमा मुख देखाउन असहज बनाएको छ । बाँच्न कठिन तुल्याएको छ । आफुसँगका साथीभाईहरु कोही व्वाइफ्रेन्ड त कोही श्रीमान्सँग मोजमस्तिमा डुवेको देख्दा म आफुलाई अभागिनी महसुस गर्दछु । र मलाई यस्तो बनाउने सिर्फ जो हो जो । म उसलाई कदापी माफ गर्न सक्दिन । उसले अहिले पनि कति केटीलाई मजस्तै बनाएको होला । वास्तवमा उ खेलाडि रहेछ । अरुको जीवनमा खेल्दै हिड्ने । जहाँहोस् त्यसले नपाउने दुःख पाओस् । हुन त म संसारको आधुनिक मध्येको एउटा मुलुककी छोरी हुँ । मेरो परिवारमा धेरै देशका रहनसहन मिसिएको छ । बाजे एउटा देशको, बाउ अर्को र आमा अर्को । म मा तीनवटै देशको बिशेषता झल्किन्छ की झल्किन्न, तर म सभ्य समाजमा हुर्केकी सभ्य केटी हुँ । मलाई मेरो जिम्मेवारी थाहा छ । कर्तव्य थाहा छ । मेरो देशका अरु महिलाले जस्तै मैले मेरो अधिकारको बारेमा बुझेकी छु । म खुल्ला समाजमा हुर्किके हुँ । तर म परम्परा र संस्कृतीलाई माया गर्छु । खुल्ला समाजको नाममा भित्रिएको छाडा संस्कृती मलाई मन पर्दैन । त्यसैले म जति नै खुल्लापनमा हुर्के बढेपनि भला्दमी छु, गम्भिर छु र सुन्दर पनि छु । सबैले मलाई धेरै राम्री छ भन्छन् । जिउडाल मिलेकी भन्छन् । खुशी लाग्छ । अरुको तारिफ सुन्दा को पो रमाउदैन र? म पनि रमाउँछु । तर कहिलेकाँही मेरो यही सुन्दरता, सोझोपन, अरुलाई छिट्टै बिश्वास गर्ने बानी नै मेरो लागि अभिषाप बनिदिन्छ । मलाई जो ले सन् २००६ को अन्त्यतीर बिश्वबिद्यालयमा भेटेको हो । उ म भन्दा अरु नै संस्कृती र परिवेशमा हुर्केको भए पनि खै किन हो उ मलाई मन पर्यो । मैले उसलाई मन पराए । उसले पनि मन परायो । हामी केही समयसँगै पनि बस्यौ । तर म नराम्ररी धोकामा परे । उ त मजस्ता राम्री तर भित्रैदेखि मान्छेलाई बिश्वास गर्ने केटीहरुलाई चाख्दै हिड्दो रहेछ । भेट भएको छ महिना नपुग्दै म नराम्ररी लुटिए । निको नहुने घाउ दिएर उ मबाट टाढियो । मेरो जीवनमा जो पहिलो प्रेमी थियो । तर उसको जीवनमा म त कैयौ नम्बरमा पर्दी रहेछु । मान्छेको भाग्य न हो । मलाई भाग्यप्रति बिश्वास लाग्छ । त्यसैले म आज भाग्यले डोर्याएर बिरानो मुलुक आइपुग्दा फेरी अर्को भाग्य परिक्षा दिने मोडमा उभिएकी छु । म यहाँ आएको ६ महिना भयो । मेरोलागि यो अनाथालय र बालबालिका नै रमाउने संसार भएको छ । मलाई यि बालबालिकाहरु असाध्यै मन पर्छ । हृदयदेखि माया गर्छु त्यसैले यहाँबस्न मलाई सजिलो भएको छ । यि बालबालिकालाई हेरेर नै मैले मेरी आमा भुलेकी छु । बहिनीको याद कम आउँछ । हामी पनि सानामा यस्तै थियौ । हामी आमाबाबुसँग हुर्कियौ बढ्यौ यहाँका बालबालिकाहरुका न आमाको टुङ्गो छ न बाबुको । त्यसैले उनीहरु यहाँ अनाथालयमा आए । महिलाको सवालमा जति नै शसक्तिकरणको कुरा गरेपनि आखिर महिलाका समस्या विकसित र अविकसित मुलुकमा उस्तै छन् । यहाँ भएका केटाहरु त पछि आफ्नै किसिमले हुर्केलान् तर यहाँ अहिले हुर्किरहेका केटीहरुको भविष्य कस्तो होला? कतिजनाबाट कस्तो कस्तो धोका पाउलान् उनीहरुले । यसरी नै सोचिरहँदा र यिनै बालबालिकाहरुसँग काम गर्दा मैले उसलाई भेटेकी हुँ । उ काम गर्ने संस्थाले यो अनाथालयलाई थोर बहुत सघाउने गर्दो रहेछ । यसै सिलसिलामा उसँग मेरो भेट भएको हो । मैले अब पुर्ण रुपमा जो लाई आफुबाट हटाइसकेकी छु । उसको नाम लिन पनि चाहान्न अब म । अनि म फेरी धोका खान चाहान्न । अर्थात अब मलाई व्वाईफ्रेन्ड खोज्दै हिड्नु छैन । म लोग्नेमान्छेलाई बिश्वास गर्नु हुन्न भन्ने अवस्थामा पुगिसकेकी छु । किनभने मेरो आमाले पनि मेरो बाउबाट नमज्जाले धोका पाउनु भएको छ । आमालाई त्यो बेला परेको पिडा म अहिले पनि संझिन सक्दिन । त्यो घटनाले मलाई कति नराम्रो पाठ सिकाएको छ की म व्याख्या गर्न सक्दिन ।
मलाई अहिले सम्बन्धको परिभाषा खोज्न मन लाग्ने कारण के हो भने मेरो अहिलेको त्यही नयाँ साथी जसले मलाई कुन रुपमा हेर्छ भन्ने कुरा हो । उसलाई मैले एउटा असल साथीको स्थान दिन थालिसकेकी थिए । तर अचानक मेरो जिवनमा भुइचालो ल्याउने गरी उ बद्लीयो । आकाश नै खसेजस्तो भयो । भएको केही हैन उसले मलाई एउटा असल साथीमा हुनुपर्ने गुण देखाएर, त्यही अनुरुपको बानी व्यहोरा देखाएर पार्नुसम्म प्रभाव पारेको थियो । त्यति आकर्षक व्यक्तित्वको नभएपनि म उ प्रति थाहा नपाई आकर्षित भइसकेकी थिएँ । तर त्यो परिक्षण अवधि थियो । परिक्षण अवधिमा उ बद्लिनु मेरा लागि खुशीको कुरा पनि थियो । किनभने हामीबीचमा अझै पनि केही भैसकेको थिएन । केही हुनेवालाजस्तो पनि थिएन । थियो त केवल मनको अन्तरकुन्तरमा कुनै खालको भावना । सायद उसमा पनि थियो होला । कहिलेकाँही देखिने उसको अनौठो व्यवहारले पनि त्यो कुरालाई पुष्टि गथ्र्यो । तर एकाएक उ मा आएको परिवर्तनले मलाई झस्कायो । म अलि बढी इमोसनल भएको कारणले पनि यसो भएको हुनुपर्छ । उ मबाट थाहै नपाई टाढियो । मैले नजिक ल्याउने कोशीस गरे तर सम्भव नदेखेपछि म निरास भएर पछि हटे । हुन त मेरो मनमा उप्रति त्यस्तो किसिमको कुनै सोचाई थिएन । तर पनि मैले उमा साथीमा हुनुपर्ने गुण देखेकी थिए । र बिश्वास गर्न थालेकी थिए । बेस्ट फ्रेन्ड नभएपनि असलसाथी होला भन्ने लागेको थियो । तर अचानक उ परिवर्तन हुदाँ त म छाँगाबाट खसेजस्तै भए । हुन त उ फरक संसारको म फरक संसारकी । हाम्रो केही कुरा मिल्दैनथ्यो । तर अहिलेको जमानामा जन्मने ठाउँको अन्तरले मात्र पनि खासै फरक पार्दो रहनेछ । उ पनि आधुनिक थियो । आधुनिकतालाई नजिकबाट नियालेको र त्यसबाट फाइदा लिइरहेको थियो । यसले पनि मलाई उसँग नजिक्याएको थियो ।
झन्डै तीनहप्ता उ पर्ण रुपमा फेरियो । मलाई कति ठाउँमा उसले अपमानित नै गर्यो । कति अवस्थामा बिक्षिप्त बनाउने किसिमले व्यवहार गर्यो । तर फेरी अहिले आएर उ मसँग नजिकिन खोज्दैछ । उसको व्यवहारले मैले ठानेकी थिए उ मलाई मन पराउँछ । त्यसैले म अरुसँग भएको उसलाई मन पर्दैन । अरु भन्नाले कुनै केटाहरुसँग भएको । त्यसैले उसले त्यस्तो व्यवहार गरेको होला । मैले उसलाई यो कुरा भन्दा तेरो र मेरोबीचमा कुनै पर्सनल फिलिङनै छैन भन्छ । हामी प्रोफेसनल रिलेशनमा छौ भन्छ । तर व्यवहार हेर्दा पत्याउन मुस्किल पर्छ । भन्छ मैले गएका तीनहप्ता अक्षम्य गल्ति गरे । मलाई माफ गर मात्र भनिरहन्छ । आज त मैले पनि भनिदिए म तिमीलाई कुनै पनि हालतमा माफ गर्न सक्दिन । मैले तिमीलाई बिश्वास गरेकी थिएँ, तिमीले त्यसलाई थाम्न सकेनौ । सम्हाल्न सकेनौ । गल्ति तिम्रो हो । तिमी आफ्नो काम गर, म आफ्नो काम गर्छु । हाम्रो बाटो अलग छ । आज मैले राम्ररी नै भने उसलाई यि कुरा । उ हाँसिमात्र रह्यो । भन्छ म सबैकुरा स्विकार्छु । बिगतलाई बिर्सेर नयाँ सम्बन्ध शुरु गरौ भन्छ । मैले उसलाई भनिसके बिगतमा तिमीले मेरा लागि जे गर्यौ त्यो सहयोग थियो, मैले त्यसलाई सही ठानेको थिए, तर तिमी अब आएर मलाई जति नै गर म त्यसलाई एउटा अवसरको रुपमा लिनेछु, तिमीले मलाई सूचना दियौ धन्यवाद भन्नेछु तर म बिश्वास गर्न सक्दिन । म तिमीलाई अब पहिलेकै रुपमा साथि बनाउने कुरा सोच्न पनि सक्दिन । किनभने म पनि बढी नै इमोशनल छु । मैले यति भनेपछि उसले कारणहरु भन्न थाल्यो उसले किन गल्ति गर्यो भनेर । मैले सुनिरहे । तर अहिले पनि म यो बिरानो मुलुकमा भाडामा लिएको फ्ल्याटमा बसेर उसले आज भनेका कैयौ कुराहरु सभ्झिरहेकी छु । उसले फेरी नयाँ ठाउँबाट सम्बन्ध शुरु गरौ भन्यो म सोच्दैछु त्यही कुरा । उसले सबैकुरा खुलेर भन्यो मैले पनि भने । अरुबेला यसरी कुरा गर्दा उ रिसाउँथ्यो आज रिसाएन । उसले सबै कुरा सुनिरह्यो । हाँसिरह्यो । भन्यो आफ्ना कमजोरीहरु । स्विकार्यो आफ्नो गल्ति । अनि मलाई फेरी एकचोटी रणभुल्लमा पारि सोच्न बाध्य बनायो सम्बन्धको बारेमा । वास्तवमा सम्बन्ध आफैमा के हो र कसरी थाहा पाउने यो कस्तो सम्बन्ध हो र कहिलेसम्म रहिरहने सम्बन्ध हो भनेर । त्यसैले म आज अरु केही काम गर्ने जोश र जाँगर हराएकीजस्तै भएर सम्बन्धको परिभाषा खोज्ने तरखरमा छु । आफैले आफैलाई धेरैपटक सोधिसके, वास्तवमा यो सम्बन्ध आफैमा के हो?
एकैछिन अगाडि जुठेल्नामा बासिरहेको भाले रेडियोमा पो बास्यो । आम्मै रेडियोमा कुखुरा बासेको? हसिलो मुहारमा स्वादीलो खाना पस्किने सबैकी दिदी छक्कै परिन् । रेडियोमा बिहान ५ बजेदेखि एकएक घण्टाको अन्तरमा भाले बास्न थालेको थियो । कतिपय ठाउँमा कुखुराको भालेलाई घडिचरो पनि भनिन्छ । यसैले रेडियो मकालु धनकुटाले पनि समय बताउन कुखुराको भाले प्रयोग गर्ने निधो गर्यो । यो भालेलाई अम्मर बनाईयो । सहकर्मी संचारकर्मी कुल प्रसाद राइले भने । उनको बिचार अबको खानामा भाले पनि काटौ र सबैकुरा लोकल बनाउ भन्ने थियो । सुन्ने श्रोतालाई कस्तो लाग्यो प्रतिकृयाको पर्खाइतीरै नलागी रेडियोकर्मी कविता वराल र कविता बस्नेत अघि सरे, भाले बास्छ भने संगीनी गाउन किन नमिल्ने । स्थानीय रेडियोलाई यस्तै कुराले स्वादीलो बनाउँछ भन्ने कुरा बुझाउन नपाउदै अर्का रेडियोकर्मी बलराम दाहाल बालान गाउन थाले । रेडियो धनकुटाको परिचय बालन र संगीनीमा तयार भयो । सुृन्ने र सुनाउने दुवै चकित । तर मैले भने यो मात्र हैन, जिल्लाका अरु पनि भाषा, संस्कृती, धर्मलाई रेडियोले समेट्नुपर्छ, संतुलन चाहिन्छ । सबैको एकमत देखियो यो शुरुवातमात्र हो ।

दशै सकिदै थियो । पुर्णिमा आउनै लागेकोले धनकुटा बजार टहटह जुनको उज्यालोमा बलिरहको थियो । जाडो पनि थिएन गर्मि हुने कुरै भएन । पुर्वाञ्चलको सुन्दर नगर धनकुटा मैले रुचाएको गन्तब्यस्थल हो । चारबर्ष पछि श्रीमति र छोरो लिएर ससुराली मोरंगको ववीया टिका थाप्न गएको मौका पारी गर्मी छल्ने बहानामा म पहाड चढेको थिए । रेडियो मकालु शुरु हुनु अगाडि पनि त्यहाँ गएर टिमलाई उत्साहित बनाएकै कारण मेरो धनकुटा प्रवेश साथीहरुका लागि राम्रो मौका भयो । दशै कमै मनाएर उनीहरु भेला भए रेडियोमा अनि समिक्षा भयो ६ महिनाको प्रसारणको । साँच्चिकै राम्ररी चलाएका रहेछन् । कुल प्रसाद लगायत अन्य पत्रकार, सोवीस लगायत अन्य सामाजिक कार्यकर्ता र नैन जस्ता अनुभवी युवाहरुको जमातले चलाएको रेडियो छि भन्न लायक कतै पनि थिएन । भन्दै थिए, नजानिकन यस्तो बनाइयो, तपाईको अनुभव सुनाउनु पर्यो हामीलाई काम लाग्छ ।

अनुभव आदान प्रदानमा एकदुई दिन बिताएर म फर्कै विराटनगर हुदै काठमाण्डौ । काठमाण्डौ पुग्न नपाई सहकर्मी नैनको फोन आयो रेडियो त साँच्चिकै जिउदोजस्तो लाग्यो आजबाट । हिजोसम्म हामीले रेकर्डेड रेडियो चलाएका रहेछौ आज साँच्चिकै लाइभ सुनियो । उनले मेरो तारिफ गरेको नभइ सत्य कुरा नै बताइरहेका थिए । रेडियो बल्ल स्थानीयजस्तो सुनिन थाल्यो । हामीजस्ता स्वतन्त्र रेडियोको अभियानमा होमिएकाहरुले यस्ता कुरालाई तारिफ भनेर गमक्क फुल्नु पर्ने कारणनै छैन किनभने यो हाम्रो कर्तब्य हो । धनकुटे युवाहरुले होस्टे गरे मैले व्यक्तिगर रुपमा र मेरो संस्था इक्वल एक्सेसले हैसेमात्र गरेको हो । विगतमा पनि यस्तो काम थुप्रै गरिएको थियो पछि पनि गर्नु नै छ । किनभने गरिखाने, अलिकति जानेको र जान्न चाहेको क्षेत्र यही हो । धनकुटामा ६ महिना चलेको रेडियोलाई धनकुटाकै रेडियो बनाउन सहयोग पुगेको थाहा पाँउदा मान्छे न हो अलिकति खुशी लागिनै हाल्छ ।

रेडियो समाज परिवर्तनको साधन हो । गीत बजाउनुमात्र यसको काम हैन । सूचनाले श्रोताको व्यवहार बदल्न सहयोग गरोस् भनेर नै धनकुटाका उत्साही युवाहरुले खाइनखाई रेडियो चलाएका छन् । भोजपुरे र धनकुटे युवाहरुको जमात अहोरात्र खटेको छ । सिक्दै छन् सिकाउँदै छन् । त्यसैले छोटो अवधिमा नै रेडियो मकालुलाई पुर्वमा लोकप्रीय रेडियोको कोटीमा पारेका छन् । जोगमाया र बिशाल प्राबिधिक हुन् तर फेडरमात्र चलाउदैनन् । युवा लक्षित युथ आइडिया कार्यक्रम चलाउँदा उनीहरुले धेरै कुरा सिकेका छन् । भन्छन् यो त निरन्तरको सिकाइ रहेछ । रेडियोले त मेहनति र लगनशील बनायो । उनीहरुजस्तै झन्डै डेढ दर्जन युवाहरुलाई रेडियोले लगनशील, मेहनतीमात्र बनाएको छैन असल सामाजिक कार्यकर्ता बन्ने बाटोमा अग्रसर गराएको छ । झापाका भिम गौतममात्र हैन भोजपुरका रामानन्द, मणिकुमार, शंकर र राजेश मज्जाले जमेका छन् । धनकुटे युवाहरु गया, कमला, देवकला, बलराम, कविता, सन्तोष, बिमलाको त परिचय नै नयाँ भएको छ । कहिलेकाँही कार्यक्रममा नबोल्दा श्रोताबाट सञ्चो बिसञ्चो पनि खोजखबर हुन थालेपछि गाँउघरमा बरालीएर हिड्ने युवाहरु सफल रेडियोकर्मी हुने होडमा लम्किएका छन् ।

रेडियोको लोकप्रीयतासँगै रेडियोकर्मीहरुमा चिन्ता पनि बढेको छ रे । कविता बस्नेत म पनि गाउँछु म पनि बोल्छु नामको कार्यक्रम चलाउछिन् । साप्ताहिक रुपमा चल्ने यो कार्यक्रमको लोकप्रीयता खपिनसक्नु छ । गाउँगाउँमा मान्छेहरु आउँछन् बा्ेल्नलाई । मान्छेको चाप बढेपछि रेडियो व्यवस्थापनले प्रवेश शुल्क लगाउदाँ के होला भन्ने प्रस्ताव गर्यो । कवितालाई यसले कतै श्रोता त घट्दैनन भन्न्े चिन्ता छ । साथै यसो नगर्दा आएका मानिसलाई कसरी सम्हाल्ने भने डर पनि छ ।

धनकुटा साँिच्चकै सुन्दर छ । बजार झनै सुन्दर । महंगो पनि छैन । तराईको चर्को घाम छल्नलाई भेडेटार नै काफि भएपनि धनकुटा पुग्नुको मजा नै बेग्लै छ । शितल हावापानी, स्वादीलो खाना, सस्तो तरकारी, शुद्ध लोकल रक्सी र राँगाको सुकुटी, चल्छ भने कालो बंगुर पनि । सेटै खानेलाई खयर मिश्रीत लोकल ठर्रा । तातोभातमा घिउ मिसाएर सागसँग मात्र खाँदा पनि बेग्लै आनन्द । देव्रेवासमा पोखरेलको पसलको लालमोहन त कम्तिमा पनि ५ वटासम्म रुच्छ रुच्छ । सरर हिले पुगेपछि स्थानीय तुम्वामात्र हैन संखुवासभाको एकमात्र वाइन हिंवाको ताजा स्वाद लिन पनि पाइने । धनकुटामा मज्जाले गफीनु पर्यो भने पुर्व क्याम्पस प्रमुख नारायणजोशीमात्रै पनि काफीछन् । मोफसलमा बसेर झर्रोै शब्दमा लेख लेखिरहने झमककुमारी पनि धनकुटाकै हुन् । अरु पनि थुप्रै कुरा होलान् । क्याम्पसमा इतिहास पढाउने भिम सर राम्रा भलिबल खेलाडिमात्र हैनन गायक पनि हुन् । हिजोआज त भिम सर रेडियो मकालुको प्राबिधिक पनि भएका छन् । आफैले पढाएका बिद्यार्थीले प्राबिधि साथी भनेर सम्बोधन गर्दा अनौठो लाग्दो हो तर मज्जाले जमेका छन् भिम सर रेडियोमा ।
न त रित्तिन्छ, न त सिद्धिन्छ, साथमा छौ तिमी माया जति साटेपनि,
न त दुख्छ मन, तिमी हुदाँ झन, शब्दका धारले जति काटेपनि ।
न त आत्तिन्छु, न त मात्तिन्छु, औधी प्रशन्न म, तिमी साथी पाइरहदाँ,
न त डराउँछु, न त हराउँछु, प्रेम गर्दैछु भनि तिमीले जति नै ढाटेपनि ।
न त ज्यान हुन्छ, न त प्राण नै, एक्लै पारी तिमी, बीलाई गैहाल्यो भने,
न त बिर्सिन्छु, न त तर्किन्छु, साथमा भुलाई मलाई, जति नै टाढा राखेपनि ।
न त पिउँछु रक्सी, न त लिन्छु नशा, जीवनभरी तिम्रो काखमा रमाउँदा,
न त हुन्छु टाढा, झन बन्छु गाढा, सकेजती रस चुसेर, चुठेल्नामा फालेपनि । । ।
भदौ २७, २०६७ कुमारीपाटी .

I don't know what wanted to write what it has become. Please read and comment.
म विनय गुरागाईबाट किन विनय शेखरलेख्न थाले? सजिलो उत्तर छ मेरो, शेखर मेरो स्कुलको नाम हो, मलाई अहिले पनि मनपर्छ, स्कुलका दिनको अन्त्यतिर बिद्यालयमा भएको एउटा अप्रीय घटनामा मैले मेरो प्यारो नाम शेखरलाई सदाका लागि गुमाउनु पर्यो । मैले यही नाममा जिल्ला प्रशासन कार्यालय भोजपुरमा एकबर्ष मुद्दा झेलेको छु । पछि नौ कक्षामा पढ्दा रजिष्ट्रेशन फारम भर्दा साथीहरुको सल्लाहले ख्यालख्यालमा राखिएको नाम हो विनय । अहिले पनि मलाई परिवार तथा मेरा स्कुलका साथीहरुले बोलाउने नाम हो शेखर । त्यसैले यो प्रीय छ, मैले दुवैलाई साथै बनाएको हो ।
अनि केही मित्र तथा शुभचिन्तकहरुबाट बारम्बार सोधनी हुन्छ किन शेखर भनेको? गुरागाई खोई त? के यो तपाईको कतै सांकेतिक बिरोध त हैन अहिले अस्थिर र जातीयताको आधारमा बाक्लिएको राजनीतिक वातावरणको ? केही हदसम्म यो कुराले पनि मलाई प्रभाव पारेको छ । जसले जे भने पनि जस्तो सोचे पनि, आफुलाई जसरी चिनाए पनि म अरुको भावना, बिचार तथा राजनीतिक लाइनको सम्मान गर्छु । शान्ति प्रकृयामा योगदान गरिरहेको एउटा जिम्मेवार नागरिकको नाताले मलाई अहिले उठेका तमाम सवालहरु सही हुन् भन्ने लाग्छ । तर यसरी उठेका सवालहरुलाई सही रुपमा टुंगोमा पुर्याउने दुरदर्शि र सर्वमान्य नेताको अभावमा आज हामी बिभाजित जस्तो अवस्थामा पुगेका छौ । मानवीय भाइचारालाई हामी बिस्तारै दुस्मनीमा रुपान्तरण गर्दैछौ कि जस्तो आभास भैरहेको छ मलाई । लोकतन्त्रमा सबैलाई बोल्ने हक हुन्छ, आफ्ना कुरा अरुलाई भन्ने, मनाउने अधिकार हुन्छ, अरुको कुरा सुन्ने र सम्मान गर्ने कर्तव्य पनि लोकतन्त्रले नै सिकाउँछ भन्ने कुरामा म सदैव बिश्वास गर्छु । तर मलाई यो जातका आधारमा अन्य बिचारमाथिको हालिमुहाली चित्त बुझेन । म राई गाँउको बिचमा जन्मिए, त्यही हुर्किएँ, बाहुनको छोरो भएपनि बाहुन भएरै कहिल्यै अरुलाई थिचोमिचो गरिन, मलाई मेरा अग्रजहरुले पनि यस्तो कुरा सिकाएनन् न त बुबा आमाले नै । मैले बाहुन भएकैमा कहिले गर्व गरिन, न त अहिले गर्छु, न त हिनताबोध नै । कहिल्यै पनि गर्नेछैन । तर अहिलेको वर्तमान परिस्थतीसँग बिरक्तिएर पनि मलाई विनग गुरागाईबाट विनय शेखर हुन सजिलो लाग्यो, त्यसैले मैले नामको फुर्को परिवर्तन गरे ।

Popular Posts

Blogger templates

Blogger news

Blogroll