“जिन्दगी डरैडरमा बित्ने भो, असी बर्षको भैयो, अहिले पनि पीरमै ।” पुर्व फर्किएको एकतले टाँडे घर, लोडसेडिङको अध्याँरो, पर राजमार्गमा दौडिरहेका रात्रीबस, ट्रक, ट्याक्टरको एकोकोरो र चर्को आवाजकै बीचमा पनि बुबाको बोली स्पष्ट सुनियो । आज पहिलोपल्ट वहाँको मुखबाट निस्कीयो, ̕खुइ्य̕ । थर्थराएको स्वरमा भन्नुभयो, “अब चाँही हातगोडा गले केटा, अब हिम्मत छैन एक्लै बस्ने ।” बर्षौपछिको एउटा रात । बुबाआमा बसिरहेको घर पुग्दा रातको आठ बज्नै लागेको थियो । अघिल्लो दिन अर्थात असोज १ गते साँझमात्र भुइचालो गएको थियो । मन अहिलेसम्मपनि ७ रेक्टरस्केलमै हल्लिरहेको थियो । कतै बुबाआमालाई केही त भएन? छोरो र श्रीमतीलाई काठमाण्डौ एक्लै छोडेर निस्केको, त्यहीबेला भुइचालो आयो । बिहेभएपछि माया बाँडिदो रहेछ, बुबाआमालाई कम, श्रीमती र आफ्ना सन्तानको बढी । धन्य, कसैलाई केही भएन । बुबाको थर्थराउँदो स्वर, अनायासै सुन्नुपरेका शब्दहरु, मन अबचाँही मज्जाले नै थर्थराइरहेको थियो । बुबा रोकिुन भएन, “तेरा हजुरबा पनि असी बर्षमै थला पर्याथे, म पनि अब गले ।” म सुन्नमात्र सकिरहेको थिएँ बोल्नका लागि शब्द थिएन, अध्यारोमा बुबाको अनुहार मोवाइलको उज्यालोमा ठम्याउन कोशीस गरे । गम्छाको फेरले मुखछोपेर आमा अलिपर खटियाबाट सानो स्वरमा सुँक्क सुक्कसुक्क गर्न थाल्नु भयो । “यत्रा चार भाई छौ, अहिले हामीलाई टुहुरा बनायौ । ऐया भयो भने पानी खान दिने मान्छे छैन । सारै अत्यासलाग्दो भो जीवन, काल पनि आउँदैन, पर्खिन गारो भो,” आमाको आवाज प्रष्ट थिएन । आमाका लागि बुबा एकमात्र त्यस्तो पात्र हुनुहुन्छ जसले आमाको धर्ति डगमगाउन दिदैन । आमाको गल्दै गएको ज्यानका लागि सार्सउदो तागत हो बुबा । तर बुबा नै गलेपछि? त्यही भएर त आमा रुनुभो । मनमनै डर लाग्यो के हुन लागिरहेछ । आमाको रुवाई र बुबाको खुइ्य, अनि लामो सुस्केरा । के हुन सक्छ यसको अर्थ? लामो समयसम्म एक्लो, चारभाई छोरा, बुहारी, नातीनातिनाबाट टाढा भएर मात्र अब वहाँहरुको जिन्दगीले हरेस खान थालेको होला त? अनुरत्तरीत म अझै धेरै कुरा सुन्न बाध्य थिए । जस्तै, बुबाले भन्नुभयो, “तिमीहरुलाई पढायौ, बढायौ, आफ्नै खुट्टामा हिड्ने बनायाँै । आज नाम र दाम दुवै कमायौ, कमाउने बाटोमा छौ । तिमीहरुको आफ्नै जिन्दगी छ । आमा र मैले तिमेरलाई छोड्देकै हो । गर, लाउ, खाउ, रमाउ भनेर हामी एक्लै बस्दा पनि खुशी नै थियौ । तिमेर्ले पनि सकेको गर्याछौ, हाम्रा लागि । तर सधै एकनासको हुदो रहेनछ ।” “पकाउदा र भाँडा माझ्दैमा ७७ बर्ष पुगियो । अब पनि कति गर्नु? तातोपानी खान दिने मान्छे पनि छैनन्,” बुबाको कुरालाई बिचमा रोक्दै आमा फेरी बोल्नुभयो । “हुदाँहुदाँ अब त छिमेकी पनि छैनन् यो ठाउँमा । कस्तो अनकण्टार ठाउँमा बस्नुपर्या छ बुढेसकालमा ।”

बुबा असी बर्ष, आमा ७७ बर्ष । सोच्दा पनि आङ सिरिङ भयो । भर्खर ३४ बर्षमा हिडिरहेको म, सोचे, मेरो ८० बर्षे दिन कस्तो होला? कविताको ७९? अर्थात म ८० पुग्दा उनी ७९ हुन्छिन् । के हामी त्यत्रो बेलासम्म बाँचुला? एउटा छोरो छ कस्तो होला उ त्यो बेला? कहाँ होला? हामी पनि त्यो दिन नपुग्दै यसैगरी एक्लिन्छौ होला जसरी अहिले बुबाआमा । यसैगरी सन्तानसुखबाट टाढिन्छौ होला । फेरी अर्को मनले भन्यो, भबिष्य कस्ले पो देख्या छ र? जे होला होला? तर पनि बुबाआमा गलेको, एक्लो भएर हिम्मत हारेको वहाँहरुको स्विकारोक्तिले आफ्ना लागि एउटा घर बनाएर वहाँहरुलाई पनि आफैसँग राख्न नसकेकोमा हिनताबोध भयो । फेरी भने, ̕म डेरामा बस्छु त के भो? जसको भएपनि घरै हो? आएर बस्दा के हुन्छ वहाँहरुले?̕ सायद ४ भाई छोरा भएपछि कस्ले पाल्छ, जेठाले की कान्छाले, साइलो की माइलो भन्दै वहाँहरु अलमलिनु हुन्छ होला । नत्र किन सबै छोराले पालैपालो बोलाउँदा पनि वहाँहरु त्यो घर चटक्क छोडेर आउन सक्नुहुन्न? धेरै सन्तान हुनुको फाइदा वा बेफाइदा जे भनौ ।
बुढेसकालमा हामीलाई टुहुरा बनायौ भन्ने बाक्य मुटुमा काडाले घोचेजस्ता घोचिरहेको छ । धेरैबर्षपछि आज बुबाआमासँग रात बस्न आको । अरु थुप्रै कुरा गरुम्ला, जिन्दगीका योजनाहरु सुनाम्ला, उन्नती र प्रगतीको बाटोमा हिड्दैछु भनुम्ला, खुशी पारुम्ला भनेर बल्लबल्ल घर आको, छाती गह्रुङ्गो बनाएर भन्न बाध्य भए, “बुबा, आमा नआत्तिनोस्, आजको भोली नै के गर्न सकिन्छ र, केही समयपछि पक्कै केही न केही राम्रो निर्णय हुनेछ । अहिले सुतौ । बिहान छिट्टै उठेर हिड्नु छ ।”

आमालाई आन्द्रामा घाउ देखिएपछि ब्लडप्रेसर बढेको छ । केही दिन पहिले निक्कै बिरामी हुनुभयो । अस्पताल लानलाई बुबालाई सघाउने कोही भएन । आमालाई मुटुमा असर देखिएको छ । जे सुकै खानुहुन्न । बुबाले हिडिरहनुपर्छ जजमानी गर्न । बुबा नभएको दिन आमा पनि भोकै, यानी पानी वा चियाको भरमा दिन बिताउनुहुन्छ । कर गरेर खानु भन्ने कोही नभएपछि खान मनलागे खायो मन नलागे न खायो, आमाको जिवन यसरी नै चलिरहेकोछ बर्षौदेखि । टाउको दुख्छ, खान मनलाग्दैन । तर आराम गर्न पाइन्न । पकाएर खान दिने कोही छैन । बुबा र आमा दुवै थला पर्नु भयो भने घरमा आगो बल्दैन । ढोका खुल्दैन । अनि बुबा नआत्तिएर के गर्नुहुन्थ्यो? आमा नरोएर को रुन्थ्यो त?

चकचके बाल्यकाल, बाउआमालाई दिनु दःख दिएको कुरा वहाँहरु अहिले बेलाबेला कोट्याउनुहुन्छ । भनेको कुरा भएन भने दिनभरी बारीका डिलमा भोकै बस्ने, कसैसँग नबोल्ने, रुखमा चढेर हाम्फाल्दिन्छु भन्ने, अर्काको मचानको परालमा गएर लुक्ने, यस्ता अनगिन्ती दुःखहरु दिदाँ पनि मेरो बुबाले मलाई ठुलो स्वरले कहिल्यै हकार्नु भएन । आमाले कार्वाही गर्नुहुन्थ्यो, तर बुबा कहिल्यै बीचमा आउनु भएन । भोजपुरजाँदा पिठ्युमा बोकेर पिखुवाको पुल तराउने मेरो बुबाको हात समातेर मैले कैयौ उकाली ओराली गरे । घरमाथिको जंगलमा गाईभैसी चराउनेदेखि, पात्लेको रुखबाट स्याउला झार्ने, सोत्तर सोर्ने, भैसीको गोबर सोर्नेमात्र हैन भैसी दुहुन पनि बुबाले हात समाई समाई सिकाउनुहुन्थ्यो । त्यो हात समाईको मर्म अहिले बुझ्दा लाग्छ, मेरा हातलाई सही कुरा समात्न लायक बनाउनका लागि त्यो अनिवार्य थियो । खेतका कान्लामा आली लगाउन, बाउसे गर्नदेखि धान झारेर बोरामा हाली घरसम्म ल्याउनका लागि बुबाको निरन्तरको व्यवहारिक शिक्षाले मलाई बलियो बनाउदै लगेको थियो । आमाले दिएको मकैको भात र अन्तिममा दुध र चामलको भातले मलाई अभावमा पनि हिम्मत हार्नु हुन्न, जे छ मिठो मानी मानी खानुपर्छ, यसैमा रमाउनुपर्छ भन्ने सिकाएको थियो । १२ बर्षकै उमेरदेखि मकैबारी जोत्दा पछिपछि हिड्दै मकैको बिउ हाल्ने बुबा, कोदोबारी खन्दा कोदो रोप्ने आमा मेरा लागि कृषिका व्यवहारिक गुरु, गुरुमा हुनुहुन्थ्यो । जसबाट मैले मिहीनेती बन्न सिके । संघर्षशिल हुन सिके । अप्ठ्यारोमा पनि डराउन हुन्न, कामलाई सम्मान गर्नुपर्छ भन्ने गुरुशिक्षा लिए । अक्षर चिन्न नसक्ने आमाले दुःख गरेरै मलाई १० कक्षा पार लगाइदिनु भयो । बुबाले स्कुल ड्रेस र किताव कापीको अभाव हुन दिनु भएन । काम सकेर खेल्न जाने, शारिरीक तथा मानसिक विकासका बिभिन्न अवसरमा भाग लिने कुराहरुमा वहाँहरुले कहिल्यै रोक्नु भएन । पिङबाट लडेर हात भाँचिदा होस् वा खाटबाट लडेर टाउको फुट्दा हिम्मत नहारी सकेको उपचार गराउनु भयो । गाउँघरमा अरुलाई इज्जत र सम्मान गर्न सिकाउनु भयो । सिर्जनशीलताका लागि मार्ग प्रशस्त गर्दिनुभयो । इमान नबेच्न, बेइमान नबन्न मार्ग देखाउनुभयो । जन्मेको तीनदिनसम्म पनि दुध नचुसाई राख्दा पनि मलाई केही नभएपछि माया गर्नु थाल्नु भएकी मेरी आमाले अरुका खेतबारी खनेरै भएपनि हामीलाई भोकै हुनु दिनुभएन ।

तर आज मेरा तीनै बाआमा, जसले मलाई आज टेक्नका लागि धर्ति, बस्नका लागि ओत र खानका लागि एकछाक जोड्न सक्ने बनाउनु भयो, जीवनको उत्तराद्र्ध कठिन हुदै गएको बताइरहँदा म भने एकशब्द नबोलीकन चुपचाप त्यो घरबाट निस्कन तयार भएर उठेको थिए । मानौ म सुन्नबाहेक केही गर्न सक्दिन । मैले सक्ने एउटै कुरा थियो, झोला बोकेर एकहजारको नोट आमाका हातमा हाल्नु र भन्नु, “आमा चिसो शुरु भयो, न्यानो चप्पल किनेर लाउनु है ।” टिलपील आँखा पार्दै बिदा दिने आमालाई मनमनै भन्छु, ̕बुबा निस्कनु भएछ, गयो भन्दिनु, काठमाण्डौ पुगेपछि फोन गर्छु ।̕
मिडियामा छापिने समाचार र अ–स्तरीय समिक्षाकै भरमा किताबहरु पढ्दा वेस्वाद लागेदेखि कुनै पनि किताब चर्चाकै भरमा पढिहाल्न उ मनगर्दैन । उसले कर्णाली ब्लुजलाई पनि यस्तै ठान्यो र शुरुमा बाल दिएन । कुनै किताब नपढ्दा ठुलै भुल हुन्छ भने होस् भन्दै उसले अरु पनि थुप्रै किताबलाई वेवास्ता गर्न थालेको थियो । तर एकदिन कर्णाली ब्लुज श्रीमतीमार्फत उसको नजरमा पर्यो । बिहान उठ्नेबित्तिकै चर्पी जाँदा किताब वा पत्रिका पढ्ने उसको पुरानो बानी हो । “तिम्रो त बिद्यानास हुने भो,” हातमा किताब वा पत्रिका बोकेर चर्पी छिर्नैलागेको बेला हरेकपटक यसो भन्ने श्रीमती पनि अब आजित थिइन् । “चिया सेलाएर हिँउ भयो, कता हराएको?” अर्धाङ्गीनीको परिचित आवाजले झस्कियो त्यसदिन उ । हातमा भएको कर्णाली ब्लुजको पाना नंम्बर ५० मा चिनो लायो । “छोरो उठाउनु त कता कता, ट्वाइलेटमा पढेर दिमाग भ्रष्ट पार्न कति रहर लागेको?” अरुबेला भए एकदुई शब्द फर्काउथ्यो होला, तर आज एकशब्द नबोली आज्ञापालक झै एकसासमा चिया पियो । कर्णाली ब्लुजको असर ४५ मिनेटमै । वाह, क्या किताव रहेछ । बेडरुम छिरेको उ, छोरालाई उठाउनु त कता हो कता, एकाएक टोलाउन थाल्यो मानौ कर्णाली ब्लुजको जादुटुनाले उसको हंस अन्तै उडाइलग्यो । उ हरायो आफ्नो बाल्यकालका प्रीय र अप्रीय क्षणहरुमा, डुल्न थाल्यो त्यही बनपाखा, गर्न थाल्यो उकाली ओराली, कहिले गोठालो भएर त कहिले स्कुले भएर, लामो तुना झुन्ड्याउदै ठुलो कट्टु लगाएर, पाकेको लुतो कन्याउदैै, कहिले दाउरे त कहिले हली भएर । झलझली नाँच्न थाल्यो उसको त्यही स्थान जहाँ जन्मेर उसले पुर्वाद्धका १६ बर्ष बिताएको थियो । प्रीय अप्रीयमध्येपनि एउटा घटना संझेपछि उ जड भयो । केही

................................................................................................

“शेखर, ए शेखर ।” भुइतलाको बाहिरी कोठामा सुत्थ्यो उ । एकतलामाथि चढ्नु अघि आमाले भनेको सम्झ्यो, “प्रहरीहरु गाँउ छिरेकाछन् कसैले बोलायो भने नबोल्नु है,” । बाहिरबाट बोलाउनेहरु अहिले पनि रोकिएका थिएनन् । स्वर चिन्यो । ठुलाघरे मामाका माइला छोरा बिलासपतीले बोलाइरहेका थिए । “म माल्दाई, डराउनुपर्दैन ढोका खोल ।” सायद आमा र बुबाले पनि सुन्नुभयो क्यारे, टाड हल्लियो । भर्याङबाट ओर्लेको आवाज बिस्तारै नजिकै आयो । ढोका खोल्ने बित्तिकै सगैका अर्का मावली दाईले एकैसासमा भने, “असत्तीहरुले १८ जना प्रहरी गाउँ छिराएछन्, राती नै समात्न बेर लाउँनन्, भाञ्जालाई अहिले नै भगाउँ ।” परेन आपत । मध्यरात हुन लाग्या छ । जंगलछेउको अनकण्टार घर । छिमेककै घरपुग्न पनि मुलबाटो काट्नैपर्छ । कतै प्रहरीले बाटैमा पक्रियो भने? १५ बर्षे अल्लारे, निष्फिक्री ठिटो । शेखरले केही सोच्न सकेन । गला अबरुद्ध भयो । डरले थुरथुर काँप्दै आमा र बाको मुखमा हेर्यो मानौ वहाँहरुको काखमा लुटपुटिएर भएपनि उ प्रहरीको पञ्जामा पर्नेछैन ।

बेला ४९ साल असार महिना । प्रहरी भन्ने बित्तिकै गाउँका ठुलामान्छेपनि छुलुक्क हुनेबेला बबुरो शेखर, गरोस पनि के? केही नबोली पछ्यायो आमालाई । एकैछिनमा उनीहरु पुगे सानीआमा नाता पर्ने घरमा । शेखरले गम्लङ्ग खास्टोले मुख छोपेको थियो त्यो पनि आमाको । उसलाई कसैले देखिहाले पनि रातमा महिला नै ठान्नेछन् त्यसैले रातो बर्कोले आमाको गन्धमात्र दिएको थिएन आमाजस्तै गरी सुरक्षाको अनुुभुत गराएको थियो शेखरलाई । सानीमाकोमा बन्दोबस्त भयो उसको लुक्ने स्थान । आमा र सानीमा सल्लाह सुनेर थाहा पायो उ त्यहाँ त्योबेलासम्म लुक्नेछ जतीबेलासम्म प्रहरी गाउँबाट फर्किन्नन् ।

सानीमाको बुइगलमा तीनदिन तीनरात बस्दा शेखरले धरै कुरा सुन्यो तर अस्पष्टमात्रै । किन प्रहरी आए? प्रधानाध्यापक कमलालाई हातपात गरेकोमा तिमेरलाई पक्रन । अरु को को पर्याछन्? फलाना, ढिस्काना.... आदी आदी । कति जना? ९ जना, हैन ११ जना? कति बिद्यार्थी? अभिभावक पनि छन् की? गाउँका उरन्ठेउला अभिभावक भनाउदाहरुछन् जसले स्कुलमा राजनीति भित्र्याए, अनि तिमेरु ठेट्नाहरु जसले उनीहरुलाई राजनीति गर्न दिएर आफुलाई खाल्डामा हालेउ । कुन अभियोगमा पक्राउ गर्न प्रहरी आको? सार्वजनिक अपराध अन्तर्गत । कसुरचाँही एउटामात्र? हैन राजनीति पनि गरेउ रे तिमेरले । तीनदिन तीनरातको अवधिमा भेट्न आउँदा निन्याउरो मुख लाएर शेखरका प्रश्नको उत्तर दिदाँ बुबाले कतिपटक भक्कानीनुभयो । “आज त म पनि भाग्नु पर्यो । तेरै कारणले पहिलोपल्ट अपराधबोध हुदै भागे ।” यसो भन्दा बुबाको गला थामिएन । शेखरसँग अरु उपाय केही थिएन सुन्नुबाहेक । सोन्न थाल्यो, “स्कुलमा राजनीति मास्टरहरुले गरे, प्रअले नेतृत्व लिइन् । बिद्यार्थीको नाताले बिरोध गर्यौ । ४८ सालको चुनावमा मास्टरहरु खुलेआम भोटमाग्न हिडे । हाम्रो अर्धबार्षिक परिक्षा बिथोलियो । जबर्जस्ती परिक्षा लिन खोज्दा हामीले बिरोध गर्यौ । हामीलाई पार्टीको झण्डा ओडाइयो । बाहिरबाट मान्छे ल्याएर कुटाउने प्रयास भयो । यही कारण आज यो दिन आयो ।” तर बुबालाई शेखरले कहिल्यै केही भनेन । न त पछुतो नै महसुस गर्यो । गाउँकै स्कुल भएकोल शेखरलाई अरुले पनि पत्याए, उ पढाईमा अब्बल थियो, त्यसैले उ अग्रपक्तिमा आयो । मास्टरहरुको एउटा जमातले उसलाई बिरोधी देख्यो अर्कोले समर्थक । अनियन्त्रिण भिडले अनुशासन गुमायो । महिला प्रधानाध्यापकमाथि पुरुष बिद्यार्थीहरुले हातपात गरे । प्रअको रक्षमा उभिने शेखर लगायत अरुको केही लागेन । बिरोधी मास्टरलाई के चाहियो, रातारात भोजपुर सदरमुकाम पुगरे शेखर र उसका ११ जना सहयोगीलाई सार्वजनिक मुद्धा हाले । उनीहरु बसे सदरमुकाम, पठाए प्रहरीलाई पाता कस्न । गाउँमा मच्चियो हाहाकार । बन्द भयो स्कुल लगातार ।

................................................................................................

निम्नमाध्यमिक स्कुललाई माध्यमिक बनाउने । जनश्रमदान गर्ने । अनि नपुगेको सहयोग सरकारसँग माग्ने । सबै गाउँलेको एकमतले ९० हजार रुपैयाँ धरौटी राखेर पहिलोपल्ट गाउँमा ८ कक्षाको पढाई अनुमति प्राप्त भएपछि गाउँमा एक किसिमको खुशीयाली छाएको थियो । “त्यसो भए अब प्रअ को त?” सप्तरी जिल्लाबाट गएका शोभितलाल यादवको योग्यताले मावीको प्रअ हुन नदिएपछि नीमावीमा यादवको मातहतमा पढाउने शिक्षिका कमला तिमिल्सीनाको नाम विकल्पका रुपमा आयो । किनभने उनले बिएड गरेकी थिइन्, त्यो पनि अग्रेजीमा । राईकी छोरी बाहुनसँग बिहे गरेकी, अंग्रेजी पढेकी । प्रभावशाली व्यक्तित्व थियो उनको । सञ्चालक समितीले कमलालाई प्रअ नियुक्त गर्यो । निमावीका प्रअ यादव अब शिक्षकमात्र रहे । उनै कमला जसलाई हिजोसम्म उसले शासन गरेको थियो अब उनले शासन गर्ने दिन आए । कस्तो दुर्भाग्य, त्यही दिनदेखि गाउँ पस्यो राजनीति । स्कुलमा छिर्यो राजनीति । सञ्चालक समिती दुई भाग भयो । शिक्षकहरु बाँडिए । बिद्यार्थीहरुको भागबण्डा लाग्न थाल्यो । नेताहरु गाँउपसे । भर्खरै बहुदल आएकोले पञ्चे चोर गाउँ छोड भन्दै एकैस्वरमा उर्लिने गाउँलेहरु अब काग्रेस र कम्निष्ट भए । स्कुलका भित्ता, बासँका रुख, बाटोको वरीपरी जसले सक्छ एकअर्कालाई तुच्छ गाली गर्ने संस्कारले सिंगो गाउँलाई तहननहस पार्यो । गाउँ खण्डित भयो । स्कुलमा नेवीसँघ र अनेरास्ववीयु छिरे । सुरक्षाको लागि भन्दै चक्कु, भाला, साइकलको चेन, खुकुरीलाई स्कुलमा बिद्यार्थीले किताबको बिचमा राखेर कक्षाकोठामा भित्र्याए, जसले सक्छ जुनसुकै बेला प्रहार हुदाँ कक्षाकोठामै रगत बग्नु सामान्य हुनथाल्यो । आफ्नै गाउँको स्कुलको यस्तो चाला भएपनि, प्रभावशाली बिद्यार्थी शेखरलाई कसै न कसैले आफ्नो बनाएरै छोडे । अर्थात शेखर पनि राजनीतिज्ञ भयो । गाउँमा उसलाई कसैले मनपराएर, कसैले गालीकै भाषामा नेता भन्न थाले । बिडम्बना, प्रअलाई हातपात गर्ने समूहको बिरोध गर्दा गर्दै, उनीहरुको उच्छृङखल र हिंसात्मक व्यवहारबाट प्रअलाई बचाउँदा बचाउँदै पनि उसलाई राजनीतिज्ञ बनाइयो, जिल्ला प्रशासन कार्यालय भोजपुरमा शेखर सहित ११ जनालाई सार्वजनिक अपराधीको रुपमा मुद्धा चलाइयो । ३५ दिनसम्म प्रहरीको नजरबाट भाग्दै ३७औ दिनमा ४२ सय धरौटीबाट लालपुर्जा राखेर महिनावारी तारिखखेप्न बाध्य पार्यो शेखरलाई स्कुले राजनीतिले जसलाई न उसले बुझेको थियो, न कसैले बुझाउनै नै कोशीस गर्यो, जर्बजस्ती उ नेता बन्यो ।

................................................................................................

“परिक्षा आउन लाग्यो, पहिलोचोटी टेस्ट परिक्षामा भाग लिदैछ स्कुल, ६–६ महिनादेखि बन्द गरेर हुन्छ?” काठमाण्डौबाट गएका दुईचार अगुवा युवाहरुको कुरा सुन्ने मुडमा थिएन भुल्केको कांग्रेस र कम्निष्टको जमात । बिद्यार्थीलाई सार्वजनिक मुद्धा हालेदेखि प्रशासनको ढोकामा ताला लागेको थियो । प्रअ कमला हराएकी थिइन्, सुनिन्थ्यो ५ घण्टाको दुरीमा पिखुवापारी भोजपुरसदरमुकाममा बसेर उनी आफुले हुर्काएको बिरुवाको जरा उखेल्नेलाई मलजल गर्दैछन् । पहिलोपल्ट एसएलसीको टेस्टमा भाग लिने तयारीमा रहेका बिद्यार्थीहरु जो शेखरभन्दा एकबर्ष सिनियर थिए पढाईमा, ट्युशन लगायत अरु तरिकाले परिक्षाको तयारीमा थिए । कैयौ चरणमा भएका वार्ताहरुले पनि काम नगरको अबस्थामा काठमाण्डौबाट गएका दुईचार गाउँले ठिटाहरुले एकदूई प्रयास गरेर हुने केही थिएन । शेखर र उसका साथीहरु त निरन्तर पढाइको पक्षमा थिए । एउटा घटनालाई लिएर कसैको भविष्यमा खेल्नुहुन्न भन्ने कुरा उनीहरुलाई यो ६ महिनाको बीचमा स्पष्ट ज्ञान भैसको थियो । तर स्कुलको ताला उनीहरुको हातमा थिएन । ताला भएका शिक्षकहरु राजनीति गर्ने न परे । मास्टरीमात्र गर्नेले सकेसम्म खुल्ला चौरमा बसेर भएपनि १० कक्षाका बिद्यार्थीलाई एलएलसी दिन लायक बनाए ।
बन्द भएको ६ महिनापछि बल्ल बल्ल स्कुल खुल्यो तर प्रअ कमला कहिल्यै फर्किनन् । जिल्लामै बसेर तलब खाइरहिन् । शेखर र उसको समूहले मुद्धा खेपीरह्यो । हरेक महिना एकदिन जिल्ला प्रशासन कार्यालय गएर हाजिर गर्नैपर्ने । एकबर्षको लगातार तारिखपछि अब आइन्दा यस्तो गर्नेछैन भन्ने कागज लेखाएर सही गराएपनि एउटा बोझबाट मुक्ती पाएको आभाष शेखर र उसका साथीहरुले गरे ।

................................................................................................

शेखरको हातमा सेन्टअप टेष्ट परिक्षाको रजिष्ट्रेशन फारम छ । पहिलोपल्ट उसले आफ्नो नाम, जन्ममिती लगायत केही महत्वपुर्ण तथ्यांक सरकारको कानूनी प्रकृयामा समावेश गर्दैछ जसले शेखरको भविष्यमा पाइलापाइलामा अर्थ राख्छ । ̕तलाई त सरकारबादी मुद्धा परेको छ, अब तैले सरकारी जागीरको आस नगरेस्” शेखरलाई मन नपराउनेहरुमात्र हैन उसलाई माया गर्नेहरु पनि घुमाउरो पारामा व्यंग गर्थे, मानौ शेखर सदाका लागि देशको एउटा अपराधी हो, जसलाई सरकारले पनि जुनिभर अपराधीसरह व्यवहार गर्नेछ । “खुच्चिङ्ग, खुब जान्ने हुँ भन्थ्यो अब चाल पाउने हो, नागरिकता लिने बेलाँ पनि पुलीस रेकर्ड हेर्छ, जागीर खाँदा पनि, बिदेशै जानुपर्यो भने पनि प्रहरीको रेकर्ड चाहिन्छ । अब त्यसका दिन गए । उमेरै नपुगी गुण्डागर्दीमा ओर्लेथ्यो, थापायो ।” सार्वजनिक मुद्धा झेलेदेखिनै सुन्न थालेका यस्ता बचनबाणहरुले शेखरलाई कहिलेकाँही त पश्चातापको गहिराईमा नपुर्याएको पनि हैन । प्रहरीले खेद्दा पिलपिल आसुँ झार्दै सुक्सुकाउने बुबा, बर्कोले मुख छोपेर भक्कानीदै खाना ख्वाउने आमा, केही थाहा नपाएजस्तो गरी अन्यौलमै रहने भाईले मेरै कारणले भोगेको कठिनाई मलाई सराप त लाग्ने हैन? के मैले ठुलै अपराध गरे? म देशकै अपराधी भए? यस्ता कुरा सोच्दा सोच्दै शेखर कैयौ रात राम्ररी सुत्न सकेन । १६ बर्षकै उमेरमा कत्रो बज्रपात आइलाग्यो? कुराहरु मनमा बोकेर उसले कैयौदिनसम्म आफुलाई नियन्त्रण गरिरह्यो । सुनाओस पनि कस्लाई? हिजो साथ दिनेहरु नै अहिले दुर्गतीको कामनासहित ताली पिटिरहेका थिए ।

भनिन्छ, भगवान मान्छेले त्यतिबेला सम्झिन्छ जतिबेला उ आपतमा पर्छ । फारम बोकीरहेको हात त्यसै चल्मलाएजस्तो भयो । कानमा कसैले केही भनेजस्तो लाग्यो । कसैको आवाज कानै नजिक आएर ठोक्कियो । “मामा, तपाई नाम चेन्ज गर्नुस्, अहिलेसम्म तपाईको नाम शेखर छ, तर अब रजिष्ट्रेशन गर्दा अर्कै नाम राख्नु भयो त्यही नामबाट सम्पुर्ण काम गर्न सकिन्छ । त्यो नाम शेखर नभएपछि तपाईलाई भबिष्यमा कुनै अप्ठ्यारो पर्दैन । अहिले जे नाम राख्नुहुन्छ त्यही नामबाट नागरिकता पाइन्छ रे । जन्ममिती र नाम अहिले जे राखिन्छ त्यो नै सदाका लागि सरकारको रेकर्डमा जान्छ रे । त्यसैले नाम चेन्ज गर्नु मामा ।” एकाएक शेखरको वरीपरीबस्ने सबै साथीहरु चनाखा देखिए । मानौ यस्तो विकल्प सुझाउने शेखरकी फुपुकी नातिनी नभै भगवानको रुप हो । सदरमुकाममा लेखापढी गर्ने उनकै बुबाले सिकाएको कुरा शेखरलाई सुनाइरहेकी थिइन् । नभन्दै शेखरको वरीपरिका सबैले नाम परिवर्तनको सल्लाह मनपराए । नाम प्रस्तावको लहर चल्यो । जन्मेको ११ दिन लगाएर आगो साक्षि राखी पण्डितले जुराएको नाम एकैछिनमा फेरीने भयले शेखर झस्कियो पनि । तर उसको अगाडि भबिष्य थियो । गाउँघर तथा समाजमा राम्रो परिचय बनाएको शेखरको एकैछिनमा बिलय भएर त्यो ठाउँमा नयाँ नाम जुर्दै थियो । एकैछिनमा जुर्यो पनि । गाउँघर, साथीभाई, इष्टमित्र, आफन्त, बाउआमा सबैले चिनेको शेखर अब विनय भयो । शेखरको अवसान भयो । विनयको जन्म । धन्य राजनीति । शेखरलाई जबर्जस्ती नेता त बनाइस्, यही कारणले उसको अवसान भयो । पढाईमा तेज उसलाई ठुलै बज्रपात पर्ने गरी एसएलसीमा फेल गराईस् । राजनीति तँ महान् होस्, गर्न जान्नेलाई श्रीखण्ड, नजान्नेलाई शेखरको हाल ।

................................................................................................

यो सपनारुपी वास्तविक भोगाईको सदृष्य संझनाबाट बाहिर आँउदा ओछ्यानमा छोरो थिएन । काँटीमा झुन्ड्याएको स्कुटरको चावी थिएन । थियो त्यही कर्णाली ब्लुज र निद्राबाट ब्युझेजस्तै अवस्थाको विनय । जो १६ बर्ष अगाडिको त्यो घटनासझेर अहिले पनि बिक्षिप्त अबस्थामा थियो ।
I wonder why people act differently? Why people ignore someone who they don't like. But I wonder why without any reason people simply ignore others.

In last few weeks I even don't have time to spend with my sweet baby boy. My wife keeps complaining me because I am not giving her time.But she is so caring, loving. I love her much. I look like I am super busy creature in this world. Despite exhausting schedule at work, tired and feeling dizzy I keep spending my almost day and night working with Internet. I have more words in my mind which I want to write here, but now I am feeling that I am not able to do that just because I feel I have other important things to do. What are those things which I consider they are important in my life. I have no answer.

My wife should be important for me, my son should be important for me, but instead of spending my time with them I am working, working and just working. It's not the life, damn! I have my family so that I am here to do whatever I want to do. They are providing me with whatever supports and care I need from them. Son allow me to go away from Kathmandu. Wife never complains me that I am not staying much time with her. However, I feel I am not a good husband neither good father. I am chasing with myself. Just don't want to be machine. But situation makes me a kind of machine as if I have no live. This is what I feel in 2011, let us plan something best for 2012 as new year is approaching fast.
“शेखर म गाउँ फर्किने भए, १२ बर्षको यो निरन्तर लडाईलाई टुङगोमा पुर्याउन पनि म गाउँ फर्किदैछु । मान यार् म हराएको हैन, अहिलेसम्म कुनै जागीरमा थिए, केही लाख पैसा बोकेर आफ्नो पुरानो जिन्दगीमा फर्किदैछु । साले फेरी हामी भलिबल खेलौला । डण्डिबीयो खेल्दा झन्डै आँखा फुटाएको बिर्सिस् । हेर अब म फेरी ती सुनौला दिनहरुलाई आँखामा सजाउँदै फर्किदैछु । बन्दुक बोकेर निस्केको त्यो संघार अब सदाका लागि बन्दुक थन्क्याएका पाइलाहरुले तर्नेछन् जहाँ मलाई मेरी आमाले अंकमाल गरेर स्वागत गर्नेछिन् । ओइ शेखरे भन्त तँ कस्तो भइस्? बिहे गरिस्? ट्युसन पढ्न त च्वाँक च्वाँक ठिटीहरु आउछन् होला नी, प्लस टु भएपछि तेरो खुब मोज होला, साले गधा, पख । म अब केही दिनमै गाउँमा आउँछु । अनि जान्या छु तलाई ।” हेल्लो हेल्लो,.....मैले एकशब्द नबोल्दै उताबाट फोन राखेको संकेत फोनमा आइसकेको थियो । ट्याम्के महोत्सवमा भाग लिएर फर्केको, थाकेको ज्यान, राम्ररी सुतेछु । फोनको घण्टि नबजेको भए अझै धेरै सुत्थे होला । एकछिनसम्म त पत्याउन नसक्ने नै थियो त्यो एकोहोरो संवाद । फोन राखेर कान कोट्याए, आँखा मिचे, गाला चिमोटे । त्यो सपना थिएन । म बिपनामा थिए । हिजोको हिडाई, ज्यान अहिलेपनि हलचल गर्न मानिरहेको थिएन । फोनमा हेरे, ०२१ कोड नम्बरबाट फोन आएको थियो । रिडायल गरे । उता फोन बिजी रहेछ । एकमिनेटसम्म घण्टि नबजेपछि पत्याउन बाध्य भए त्यो उत्तमकै फोन थियो । त्यो संवाद सपना हैन, मैले बिपनामा नै गरेको थिए । ६ः३० बजेको कान्तिपुर डायरी सुनेपछि झनै पत्यार लाग्यो त्यो उत्तमे नै हो, जसले एकछिन अगाडि मलाई फोन गर्या थियो । समाचारले भन्यो आजदेखि भेरीफिकेशन प्रकृया शुरु । माओवादी लडाकुहरु जो अहिलेसम्म अस्थायी ब्यारेकमा थिए उनीहरुको पुनस्र्थापना प्रकृया शुरु भएको छ ।

तँ कस्तो भईस्? बिहे गरीस् की छैन? केटीहरु, ट्युसन, साले ... दिनैभरी यिनै शब्दहरु कानमा गुञ्जिनै रहे । उत्तम अर्थात मेरो बच्चैदेखिको साथी, छिमेकी । कट्टु नलगाई स्कुल दौडने, माटाको काल्पनीक घर बनाउने, रुखका हाँगा बटुलेर गोठ बनाउने, तोरी बारीमा उभिएर फोटो खिच्ने, उमेर छिप्पिदै गएपछि महादेबथानको मेलामा रातभरी अल्लारिने, सप्तमी बजारमा भेला भएका चारैतीरका युवतीहरुलाई हेर्र्दै मस्किने, सकेकालाई जिस्क्याउने आदी इत्यादीमा एकैछिन नछु्ट्ने । गाई चराउदाँ पल्लाघरे बुढालाई दुःख दिने, बाँदरले मकै खाला भनेर रातभर मकैबारीमा छाप्रो बनाएर जाग्राम बस्ने, दिनभरी स्कुल जाने, राँकेभुतको डरले अध्याँरोमा कट्टुमा पिसाव फेर्ने, मास्टरले गालि गर्छन् भनेर सुरुवालमा आँची पोको पारेर घर आउँने, आमाको डरले हगेको सुरुवाल खोल्सामा फ्याँक्ने .. यस्ता अनगिन्ती सकारात्मक, नकारात्मक हर्कतहरुमा साथ दिने मेरो लगौटिया यार उत्तम । मैले अरुणालाई मन पराउँदा रुपकुमारीमार्फत अरुणाालाई मबाट खोस्ने, मनपरेकी कौशीलालाई रगतको अक्षर भन्दै रातो रंगका अक्षरले लभलेटर लेख्ने, आफु फस्ने ठाउँमा मलाई फसाउँने, त्यही उत्तम जसले आज मलाई ७ बर्ष दुई महिना २३ दिनपछि त्यही पुरानै शैलीमा फोनमा एकोहोरो आफ्नो फतफत सुनायो र एकाएक बिगतमा पुर्यायो ।

आज ठ्याक्कै ७ बर्ष दुई महिना २३ दिन भयो । जुन दिन उसले मलाई छोडेर हिडेको । उसकी आमा, जसलाई म सानीमा भन्थे अहिले पनि भन्नुहुन्छ, “तिमीहरु दुवैलाई मैले दुध चुसाएकी छु । तर मेरै दुध चुस्ने तिमीहरु आज किन फरक भयौ? के कुराले भड्कायो मेरो उत्तमलाई? किन रोक्न सकेनौ तिमीले?” युद्धकालमा जबजब लडाईका घटनाहरु समाचारमा सुनिन्थे, यति मरे, उती मरे भनेर रेडियोले भन्थ्यो, सानीमाका कान सधै टाठा हुन्थे । मैले झन्डै ५ बर्षमा एकदिन पनि देखिन सानीमाको आँखामा हाँसोको एक अंश । उत्तम कहाँ छ? के गर्दैछ? जिउदो छ की छैन? भिडन्त, पक्राउ, क्रस फायरीङ, जम्काभेट, एम्बुस, यस्ता कुरा सुन्दा मेरो पनि आङ सिरिङ हुन्थ्यो, कतै मेरो उत्तम त परेन । शान्ति संझौता भएपछि एकदिन माथ्लो गाउँको खगेश्वर गाउँमा झुल्कियो । सबैले उ मार्फत थाहा पाए, उत्तम पनि जिउदै छ । अहिले अस्थायी व्यारेकमा बसेको छ । छुट्टी पाएपनि उ गाउँ फर्कन मान्दैन । फुङ्ग उडेको आमाको अनुहार हेर्न चाहाँदैन । परिवारको एकमात्र छोरो, बैनी र आमालाई रुवाउन गाउँ फर्किन मान्दैन । “त्यसले मेरो कुरा गर्छ की गर्दैन?” मैले खगेश्वरलाई पटक पटक सोधेको थिए । अहिले पनि सबैभन्दा धेरै संझना मेरै गर्छ रे । मैले क्यान्टोनमेन्टको फोन नम्बर पत्ता लाए, फोन गरे, तर उत्तम कहिल्यै मेरो सामु परेन । सधै भागि नै रह्यो ।

“हेर शेखर फलानो मास्टरले स्कुलको यति पैसा हिनामिना गरेको छ । त्यसलाई सञ्चालक समितीका अध्यक्षको साथ छ । त्यो अध्यक्ष, चारपटक प्रधानपञ्च भएको । अहिले पनि गाउँमा त्यसको धाक देख्याछस्, हामीलाई खाउँला जस्तो गर्छ । बिर्सिस् एकदिन त्यसले तँ र तेरा बाउलाई कस्तो अपशब्दमा गालि गरेको थियो? तिमेरले उसको जग्गा कमाउथ्यौ तर के तिमीहरु उसका नोकर थियौ? उसले त्यति गर्दा पनि तेरा बाउ चुँ गरेनन् । तँ काँतर के बोल्थिस् । मलाई त बाटाको ढुङ्गो टिपेर त्यसको टाउकामा बजाउन मन थियो । तर त्यै बेला ती रामसर् आइपुगे र मात्रै ।” उत्तमले मसँग यस्ता कडा कडा कुराहरु गर्न थालेको महिनौ हुन थालेको थियो । उ झनझनै क्रान्तिकारी बन्दै थियो । क्रान्तिकारीको कुरा गर्दा हामी लगभग उस्तै अबस्थामा थियौ भन्ने मलाई भ्रम रहेछ । उ म भन्दा कैयौ बढी क्रान्तिकारी भैसकेको मलाई पत्तो नै भएनछ ।

भन्यो, “डाडागाउँको राजन छैन, त्यो पनि क्रान्तिमा होमिएछ । मलाई आज खानीगाउँको चण्डीले भनेको । उ पनि अब पढाई छोड्छ रे । मलाई पनि हिड भन्दै थियो । तँ पनि जाउँ न, हामी सँगै मिलेर हाम्रा दुस्मन त्यो पञ्चे छ नी? त्यसलाई सखाप पार्नुपर्छ ।” एकाएक उत्तमको यस्तो कुरा सुन्दा त्यो दिन म छाँगाबाट खसेजस्तो भएको थिए । भने, “राजनीति भनेको शत्रु खत्तम पार्नलाई हतियार बोक्नुमात्र हैन, यहाँ बसेर, शान्तिपुर्ण रुपमा पनि हामी अन्यायको बिरुद्ध उभिन सक्छौ । उत्तम तँ कुनै पनि हालतमा गलत निर्णय नगर । आमा र बैनीलाई नछोड् ।”

“मलाई संझाउने भन्दा पनि मेरो प्रश्नको उत्तर दे, तँ मसँग जान्छ् की जान्नस्?”

“भनेपछि तैले जाने निर्णय गरीसकिस् ।”

“हो म अब यहाँ बस्दीन । म क्रान्तिमा होमीन्छु । देशलाई मेरो तातो रगतको खाँचो छ । म बलिदानीका लागि तयार छु । राष्ट्रियता जोगाउन अब मैले बलिदानी दिनैपर्छ । जनताको शासन स्थापनाका लागि महान क्रान्तिमा होमीनै पर्छ । मैले निर्णय गरिसके । त्यो प्रधानपञ्चलाई अब म छोड्दीन । त्यो हिसाब हिनामिना गर्ने शिक्षकलाई पनि बाँकी राख्दिन ।”

छाँगाबाट खसेजस्तो म अवाक थिए । उ धारा प्रवाह क्रान्तिकारी भाषण दिइरहेको थियो । घरीघरी दारा किट्थ्यो । भुईमा मुड्कीले बजार्रथ्यो । म भने अवाक थिए, शान्तिप्रीय मेरो प्यारो उत्तम मेरो हातबाट धेरै अगाडि उम्किसकेको आभास नपाउदै म एक्लो भैसकेको थिए ।

“उत्तम एकपटक ठण्डा दिमागले सोच, जे गर्न गइरहेकोछस् त्यो बाटो गलत छ । मैले पनि चाहेको त्यही हो जुन कुरा तैले त्यहाँ गएर गर्न खोज्दैछस् । मेरो बाटो र तैले पक्रिन आँटटेको बाटो फरक छ । तैले हिड्न चाहेको बाटोमा खतरा धेरै छ । तँ कसैको लहडमा बाटो बिराउदैछस् । क्रान्ति गर्नलाई मान्छे मार्नैपर्छ भन्ने छैन, हिंसाको बाटो लिनैपर्छ भन्ने छैन । ठण्डा दिमागले सोच मेरो प्यारो साथी ।”

“भयो, तँ अब मेरा लागि प्रतिकृयाबादी । तँ पनि आत्मसमर्पणबादी भइस् आजदेखि । तँ काँतर भईस् । देश र जनताका लागि बलिदानी दिन डराउने काँतर होस् तँ पनि । तैले पनि त्यही अध्यक्षलाई साथ दिदैछस् जसले स्कुलको हिसाव किताव हिनामिना गर्ने मास्टरलाई सरक्षण दिएको छ । तैले आफ्नो खुटटमा लात हान्दैछस् । अन्यायी, अत्यारी, बलात्कारीहरुलाई साथ दिदैछस् । तँ पनि अब क्रान्तिकारी रहिनस् । तँसँग गफ गर्नु अब बेकार हुनेछ । तैपनि अन्तिमपल्ट सझाउदैछु, हिड । क्रान्तिको महासागमा होमीयौ । देशका लागि बलिदानी गरौ । आमादिदी बैनीको धुजाधुजा भएको अस्मिता जोगाउँ, अपराधीलाई सखाप पारौ, सर्वहारा जनताको शासन स्थापना गर्ने महान अभियानमा सहिद हुन तयार होँउ ।”

अघिदेखिको निरन्तरता मेरो लागि उत्तमले गरेको बकबासजस्तै थियो । हामी यस्तो मोडमा थियौ अब उ र म सँगै हिड्न नसक्ने अबस्थामा थियौ । मैले पनि क्रान्ति आवश्यक छ भन्ने महसुस गरेको थिए, गाउँमा थुप्रै सुधारका कामहरु गर्नुपर्ने थिए । उत्तम र मैले सँगै बसेर योजना बनाएका थियौ । केही कुरामा सफल भएकामा हामीलाई बिश्वास थियो हामीले शान्तिपुर्ण रुपमा पनि थुप्रै राम्रा काम गरेर यो समाजलाई निमुखा जनताको पक्षमा काम गर्न सक्ने बनाउने बाटो तयार थियो । तर उत्तम एकाएक उग्र क्रान्तिकारी भैसकेको रहेछ । त्यसैले अब बाटो नै फरक हुने मोडमा पुगेको बेला न मैले रोक्दा उ रोकिने थियो, न उसले बहकाउदा म बहकिन तयार थिएँ । एउटै नदीमा पौडिदै गर्दा हामी एकाएक उछिट्टीएर दुई किनारामा बजारीन पुग्यौ, जहाँबाट फेरी एकपल्ट मिलन असम्भव जस्तै बन्यो । त्यही रात उत्तमले गाउँ छोड्यो । मैले छ महिनापछि गाउँमा अस्थायी कोटामा शिक्षकको दरबन्दी पाएँ ।

आज एकाएक त्यही उत्तमले फोन गरेपछि मैले ७ बर्ष २ महिना २३ दिन अगाडिको त्यही बेलुकी उग्रसँग मुडकी बजारीबजारी क्रान्तिकारी कुरा गर्ने उत्तम र आजको उत्तमलाई तुलना गरे । उसको स्वरमा त्यही कुरा भेटे जुन उ क्रान्तिकारी हुनुभन्दा अगाडि उसँग थियो । उसले बोल्ने शैली त्यही थियो जुन हामीले बाल्यकालका बेला सँगै भोगेका थियौ । एकाएक खुशी भएको आँखामा आसुले भरिएर आयो । लाग्यो उत्तम अहिले नै आइसकेकोछ । हामी सँगै छौ । हाम्रो बाल्यकाल फेरी दोहोरीएको छ ।

एकाएक भित्तामा झुन्डिएका तस्बीरका पात्रहरु आँखामा परेपछि मन चसक्क भयो । आँखा तिरमिराए । एकाएक संशयको बादल मडारिन थाल्यो । पृथ्वी फनफनी घुमेर रिङ्गटा लागेको जस्तो भयो । त्यहाँ झुन्डिएको क्यालेन्डरमा स्कुलका सम्पुर्ण शिक्षक, सञ्चालक समितिका पदाधिकारी स्कुल भवनलाई व्याकग्राउण्डमा राखेर लामबद्ध उभिएको फोटो थियो । त्यो फोटोमा सबै जना थिए । बिद्यालयको पैसा हिनामिना गरेर शहरमा छोराछोरी पढाउने शिक्षक, चारबर्ष प्रधानपञ्च, पछि बिद्यालय सञ्चालक समितिका अध्यक्ष, प्रधानाध्यापक, हिसाव र बिज्ञान पढाउने शिक्षक सहित सबै शिक्षक र सञ्चालक समितीका सदस्यहरु फोटोमा लामबद्ध थिए ।

एकाएक ओछ्यानबाट जुरुक्क उठे । मोवाइलमा बिहान उत्तमले गरेको नम्बर डायल गर्नासाथ फोन उठ्यो । उत्तमलाई बोलाउन १ मिनेट जति लागेपनि मलाई भने एकघण्टा जति कुरेजस्तै लागिरहेको थियो । हेल्लो .... उताबाट उत्तमको स्वर सुन्नेबित्तिकै यताबाट म बर्बराउन थाले,

“उत्तम तँ नआइज । तँ कुनै पनि हालतमा नफर्कि । तैले जति पैसा पाउछस् त्यो लिएर तँ अन्यत्र कतै जा । तर भुलेर पनि यहाँ नआइज । आमाको चिन्ता नगर । बैनी पढ्दैछिन् । बिहे गर्ने बेला भयो भने तँ बसेकै ठाउँमा उनलाई लिएर आँउछु । त्यहीबाट बिहे गर्नुपर्छ । आमा मेरो जिम्मामा छोडिदे । गाउँमा फर्किनु पर्दैन । त्यत्रो पैसा लिएर यहाँ किन आउँछस्? यहाँ आएर के गर्छस्? यहाँ आउने कामै छैन । अँ सुन्, मैले बिहे गरे । मेरी एउटी छोरी पनि छ । १ कक्षामा पढ्छे । अनि सुन् मैले अरु कसैसँग हैन त्यही अरुणासँग बिहे गरे । साले धोकेबाज, तँ जस्तो म हो र?” उताबाट उत्तम बोल्न खोजिरहेको थियो । तर मैले उसलाई बोल्न दिइन । भक्कानिदै भने, “मेरो प्यारो साथी उत्तम तँ कुनै पनि हालतमा नआइज गाउँमा । म तेरो सुरक्षा दिन सक्दिन । त्यो शिक्षक जसले स्कुलको पैसाले छोराछोरीलाई पढायो, सञ्चालक समितीको अध्यक्ष जसले मेरो बाउलाई सार्वजनिक रुपमै बेइज्जत गर्यो, त्यो आइएएस्सी सर जसले गाउँका चेलीबेटीलाई निशुल्क ट्युशन पढाउने नाममा गर्नुसम्म यौन शोषण गर्यो, अनि त्यही आइएस्सी सरलाई निर्दोेष प्रमाणित गर्ने हेडमास्टर आज कोही पनि गाउँमा छैनन् । उनीहरुलाई तैले नै सफाया गरिस् भन्ने कुरामा यहाँ सबै बिश्वस्तछन् । यस्तो बेलामा मैले सदाका लागि फर्केको तेरो सुरक्षा गर्न सक्दिन । अहिलेको अबस्थामा यहाँको सिस्टमले पनि तेरो सुरक्षा दिन सक्दैन । न आइज मेरो दोस्त । तँ गाउँमा नआइज ।”

मैले यति भनिन्जेलसम्म मेरो हातबाट खसेको फोन आफै स्वीच अफ भन्न थालेको थियो ।

मंसिर ३, २०६८ । ललितपुर ।
पुर्व राजनीतिज्ञ, हालका सञ्चारकर्मी चन्द्र भण्डारीको बिस्तृत अन्तर्वार्ता मिडियामञ्च डक कम को मिडिया संवादमा पनि छापिएको छ । त्यो अन्तर्वार्ताको क्रममा मैले वहाँसँग लामोसमय बिताएको थिए । धेरै कुराकानी भयो । संवादको संम्पुर्ण अंश मिडियामञ्चमा अटाउन सकिएन । पटक पटकको भेटमा भण्डारीले भन्नुहुन्थ्यो म किताब लेख्दैछु । 'के बिषयमा किताव दाई?' "जेल संस्मरण" । वहाँ १० बर्ष जेल पनि पर्नुभयो जतिबेला सक्रिय राजनीतिमा हुनुहुन्थ्यो । 'त्यो कितावमा त्यस्ता के कुरा छन्, जुन पढ्न लायकछन् वा नपढी हुदैन ।' "नेपालका अहिलेका कतिपय नेताहरु जेलमा बस्दा गरेका त्यस्ता व्यवहार जसको बारेमा तपाई कल्पना पनि गर्न सक्नुहुन्न ।" 'जस्तै? उनीहरुको अप्राकृतिक यौन क्रियाकलाप ।' भण्डारीको मुखबाट यो कुरा निस्कदाँ त्यहाँ एकछिन सन्नाटा छाएको थियो, जहाँ बसेर हामी यस्तै संवाद गर्दैथियौ । कुन कुन नेताको कस्तो अप्राकृतिक कृयाकलाप? भण्डारी बिस्तृत व्याख्यामा जान चाहनुभएन । यो अन्तर्वार्तामा वहाँले कितावको कुरा गर्नुभएको छ, तर बचेर । वहाँले निकाल्न लागेको पुस्तक सहित अन्य बिषयमा भएका कुराकानी जसलाई मिडियामञ्चमा स्थान दिन नसकेका कारण म मेरो निजी ब्लगमार्फत सार्वजनिक गर्दैछुः

यस्तै कुराकानी गर्ने क्रममा तपाईंले अनौपचारिक रुपमा भन्नु भएको थियो कि किताब लेख्दै हुनुहुन्छ ?

मैले त्यो टुङगयाएँ, प्रकाशक पनि खोज्दै छु, एकजना साथीले रत्न पुस्तक भन्डारले छापिदिन्छ भनेको एउटा पुस्तक छ । त्यो मैले तयार गरेँ । चार सय प्रती छापिसकेछ । त्यो जेल संस्मरण छ । एउटा गीत छ । एउटा गीत छ जसलाई नोटेसन सहित एउटा पुस्तकको रुपमा तयार पारेको छु एउटा एल्बम पनि छ ।

त्यस मा मान्छे लाई थाहा नभ्एको एकदम रहस्यमय कुराहरु के के छन ? त्यो किताब को unique selling point के हो ?

जेल संस्मरण हो । भारतिय जेल मे पाँच साल भनेर मेरी सायरा के एउटा किताब लेखिन । तर हाम्रो नेपालमा झापा सङघर्ष का कुरा गरुँ । मओबादी आन्दोलनका केहि कुरा आए, नेपाली काङ्ग्रेस आन्दोलनले उठाएका कुरा, हर्एआ बर्ए का कुराहरु, बिगतका आन्दोलनका थुप्रै कुरा कती मानिसहरु जेल गए, आन्दोलनमा उनिहरु लागे त्यसलाई दस्ताबेजका रुपमा अगाडी लिएर आउन सकेनन । निकै मैँ हु भन्ने मान्छेहरु र नेताहरुले त्यो गर्न सकेनन र तीनका बारमा मैले लेखेको छु । अधिकांश नेताहरु जसलाई मैले ज्वाला सिंह , कृष्ण प्रसाद भट्टराई देखी लिएर झापा सङ्घर्ष का अधिकांश नेल्सन मन्डेला हरु सँग म बसेर रमाए, धेरै राजनैतिक दल का मानिस हरु सँग म जेल मा बसेँ अघिल्ल दिन हरु मा तीस साल देखी छयालिस साल सम्म को दस बर्ष सम्मा मैले जेल मा बस्दा ति मानिस हरु सँग को सँगतमा मैले अनौठा अनौठा बिचित्र र आश्चर्य लाग्ने बिषयहरु मैले उठाएको छु । त्यो पुस्तक आए पछी रोचक नै हुन्छ भन्ने मलाई लागेको छ ।

कत्तिको चुनौतिपुर्ण हुन्छ यस्तो कुराहरुले यो पुस्तक ?

जिउँदा पात्रहरु छन्, आक्रामक मानिस हरु छन जसका हातहरुमा बन्दुक छ,



लेख्नुभएको छ कि छैन त्यस्तो कुरा हरु ?

लेखेको छु इमान्दर पुर्वक लेखेको छु । लेख्न र प्रकासन को कुरा गर्दा धेरै साथी हरु ले मलाई यो कुरा नछोप नढाँट भनेको छन र म साहस का साथ लेख्दै छु । हुन सक्छ मैले भुमिगत पनि हुनु पर्ला ।

कतीले यस्तो संस्म्सरण बान्चुन्जेल प्रकाश नगर पनि भनेको हुन्छन्, त्यस्तो सोच्नु भएन ?

बि पि कोईराला मरेपछी गणेश राज शर्माले आत्म बृतान्त र जेल जर्नल निकाले, बि पि कोईराला को हाइटमा पुग्न हामिले पचासौँ बर्ष सङघर्ष पर्छ त्यस्तो त होईन तर प्रबित्ती चाही हो । उनले डराएर पनि नगरेका होईन भ्याएनन होला, । म त स्वस्थ रहदाँ रहदैँ लेख्नु एउटा चुनौती छ, पछी के होलान के नहोलान्, लेखिएलान , नलेखिएलान यी कुराहरु बाकस म नै थन्किएलान । र इतिहासलाई पढ्न बुझ्न र मुल्यान्कन गर्न नपाउलान कि । सानो भए पनि काम गरेका छौ हामिले त्यसको मुल्यान्कन कतै छुटला कि । लेख्ने एउटा पाटो हो मान्छे अल्छी छ संस्मरण लेख्ने कुरा मा । त्यसले गर्दा मैले हिम्मतका साथ लेख्ने आँट गरेको छु ।

जस्तो सुकै चुनौती मोल्न तयार हुनुहुन्छ ?

म तयार छु । मैले धेरै चुनौती हरु त्यसमा मोल्नु पर्छ । त्यसमा म गर्व गर्छु । किन भने धेरै बिज्ञ हरु, मलाई डोर्या उने अग्रज हरु, समकालिन युवा पुस्ता का साथी हरु सँग मैले सल्लाह गर्दा कसैले मलाई नलेख भनेनन |

कहिले सम्म पढ्न पाइन्छ ?

अब पैसा को कुरा छ, प्रकाशक को कुरा छ, तयारी गरिराखेको छु । चाडै आउला ।

हामी आशा गर्छौ कि चाँडै हामिले पुस्तक पढ्न पाउँ

धन्यबाद

अब आउने दिनमा के के गर्न चाहनुहुन्छ ?

अब झापामा एउटा टेलिभिजन खोल्ने मेरो एउटा सोचाइ छ । अध्ययन गर्न त म बाहिर गएको छैन । एउटा टेलिभिजनको निमित्त मन्त्रालयमा मौखिक रुपमा स्विकृती लिएका छौ । तर अहिले खुलिरहेका टेलिभिजन पनि रेडियो कै स्तरबाट जताततै झाङ्गिएर आइरहेको देख्दा खेरी एक किसिमको बितृष्णा पनि छ । कार्यक्रम उत्पादन मा खास बिषयबस्तु सम सा म यिक रुपमा उठाउन नसकेको कुरा हरु छन । त्यसलाई जितेर उठाउन सकिन्छ भन्ने कुरा छ । बाँकी जीवन संचारमा लगाउने हो । अब कम्तीमा पनि बीस बर्ष सकृयता पुर्वक हिमाल तराइ पहाड मधेस, भारत प्रवासमा जान सकिएला र संचार क्षेत्रमा समर्पण गर्ने योजना छ । त्यस बाहेक अरु कुनै बिकल्प छैन ।

काठमाडौंलाई नेपाल को शक्ती मान्ने हो भने ठुलो ठाउँ भन्ने हो भने चन्द्र भन्दारी झापा मा बसेर केहि गुमाएको हो ?

मैले काठमाडौंमा भन्दा पुर्वमा बसेर कमाएको छु । मैले केहि गुमाएको छैन , केहि पश्चाताप छैन । सम्भावना अहिले पनि काठमाडौंमा जान सकिन्छ । खाता पिता नै छु । गरीब पनि छैन । बिपन्न पनि छैन । काठमाडौंमा बसेर एउटा घर बनाउन सक्ने हैसियत पनि म राख्छु । काठमाडौंमा १५ बर्ष म बसेँ । धेरै लामो समय म काठमाडौंमा बसेँ तर त्यसबाट म निराश भएर गाउँमा नै सेवा गर्नु पर्छ भन्ने मेरो धेय हो । म सिमान्त क्षेत्रमा छु । पा्रि पट्टी भारतिय क्षेत्रमा हेर्नु भयो भने नेपाली जाती र समुदाय को बाक्लो उपस्थिती छ । उनिहरुको पनि मैले सेवा गर्न पाएको छु जुन मैले काठमाडौंमा बसेर गर्न पाउने थिइन । आफ्नो जाति, भाषा र साहित्य को सेवा गर्दा पाउँदा मलाई काठमाडौं भन्दा हजारौ गुणा मैले यहाँ गरेको तपस्या सफल भएको जस्तो लाग्छ ।

राजनिती आधारमा गरिएको बिहे हो कि ?

होईन । माधव कुमार नेपालले तैले पार्टी परिवार कै सदस्य बिहा गर्नु पर्छ भन्दा खेरी म यो कुरा च्यालेन्ज गर्छु यो कुरो टिक्दैन भनेको थिएँ । अहिले मलाई खुशी लाग्छ । हाम्रा मन्त्रीहरु एउटा श्रीमती हुँदाँ हुँदैँ दोस्रो श्रीमती लिएर भागेका छन मन्त्री मन्डलबाट झरेका भोली पल्ट । मैले स्वतन्त्र पुर्वक भारत मा गएर बिहा गरे नेपाली छोरी राजनिती परिवार कै एउटी महिलासँग बिहा गरेँ । खुशी छु । मेरा दुइटा छोरा छन । एउटा कक्षा १० मा छ, अर्को बि बि ए पढ्दै छ ।



खानपिनमा यहाँको रुची के छ ?


मैले जीवनमा रक्सी,चुरोट, खैनी खाइन, लागु पदार्थको सेवन गरिन । एक सयजना मान्छे हिँड्दा चुरोट, रक्सी र खैनी नखाने चन्द्र भन्डारी मात्र हुन्छ । यो मेरो एउटा विशेषता हो र यो बिशेषतालाई म सार्वजनिक रुपमा रेडियोबाट पनि भन्ने गर्छु चुरोट, रक्सी, जाँड, भाङ-धतुरो नखाउ । रक्सी, खैनी, मद्यपान, धुम्रपान सार्है फोहोरी कुरा हो । बरु मैले रेडियोबाट एउटा कार्यक्रममा भनेको थिएँ ।भारत मा जाँदा एक ठाँउमा अनेक किसिम का गुटखाका खोस्टाहरुले हामी चिप्लिएर हामी लडेका थियौँ । । भारतको ओकाइटी चिया कमानमा श्रोता क्लब गठन गर्न जाँदा, सांस्कृतिक कार्यक्रम गर्न जाँदा अनि मैले यहाँबाट रेडियोमा भनी दिएको थिए, दुइट विरुवा रोप एउटा स्वामी को विरुवा रोप एउटा पिपल को विरुवा रोप एउटा मा रक्सी र चुरोट को धुलो खन्याउदै जाउ, एउटा मा कुकुर को आची खन्याउदै जाउ,कुकुर को आची क्खन्याउदै गरेको विरुवा हरियो भएर जानेछ र तिमीले रक्सी, चुरोटा र खैनीको धुलो खन्याएको विरुवा भोली पल्ट देखी मर्न थाल्नेछ । त्यो पनि प्रकृती हो ।रुख विरुवा हामी जस्तै हो, हुर्किन्छ बद्छ फल्छ र एक दिन मर्छ । त्यती घरमा गरेर हेर । कुन ठीक लाग्छ त्यही गर भन्ने कुराले भारत बर्षमा साह्रै ठुलो स्थान पायो । नेपालमा पनि भनि दिनु पर्यो् भनेर धेरैले प्रतिकियाहरु पठाए ।

स्वस्थ देखिनु हुन्छ, त्यसको केहि रहस्य ?

जाँड रक्सी म खान्न, बिहान उठ्छु,व्यायाम गर्छु, गाइको सेवा गर्छु, मध्यरातमा म संगितमा मलिन हुन्छु, लेखी रहन्छु र म धेरै किताबहरु लेख्ने तयारीमा छु ।

अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?

मिडियाका कारणबाट पनि हाम्रा देश र जाती मा बिभाजन्, बिखण्डन ल्याउन रेडियो को प्रमुख भूमिका मैले देखेको छु । देशभक्ती पूर्ण आन्दोलनको माध्यमबाट यो मुलुकलाई समृद्द, सार्वभौम सत्ता सम्पन्न र बस्तु निष्ठा भएर सोच्ने प्रकृयाको मिडियाबाट थालनी होस । मिडियालाई अराजक बनाउने कुरामा मिडिया म्यान नै बढी जिम्मेवार र जवाफ्देही छन । राज्यले पनि अनुगमन गर्न सक्दैन त्यस कारण मिडिया बदनाम छ यो मुलुकमा । केहि नाम छन तर धेरै बदनाम छन । यसलि पवित्र भावनाले उठाउन सकियो भने देश मा मिडियाको भूमिका असाध्दै प्रभावकारी हुने थियो । तीन सय मिडिया मुलुकमा छन । यति धेरै टेलिभिजन छन। यिनीहरुले देशलाई बुझुन र देशलाई सम्पन्न र समृद बनाउन लागुन ।
एका बिहानै भुइचालो आएछ । ट्वीटरमा लगइन भाथे, कसैले अपडेड गरेको रहेछ । एका बिहान ५ बजेर ३५ मिनेटको हाराहारीमा गएको भुइचालो ५ रेक्टर स्केलको थियो रे । केन्द्रबीन्दुचाँही गोरखा । यसअघि यहीसाल असोजमा भुइचालो जाँदा म पुर्वी नेपालको परिचित शहर दमकमा थिएँ । मोरङको ईटहरामा केही साथीहरुले रेडियो सुनाखरी शुरुगरेपछि कम्तिमा दुईदिनको लागि मैले जानै पर्ने बाध्यतामा म त्यो बेला एकदिन अगाडिमात्र त्यता पुगेको थिए । दमकको सडक किनारामा नै साथीहरुसँग गफिरहेकोबेला एक्कासी सुनेको मान्छेहरुको चिच्याहटलेमात्र मलाई बोध भयो भुईचालो जाँदैछ । जमिन मजाले हल्लियो । जमिनमा उभिएर बिना संगीतको तालमा नाँचेको महशुस सिवाय ठुलो डर त केही भएन । तर काठमाण्डौमा रहेका श्रीमती र छोराको याद अनि उनीहरु बसेको घर संझेर भने रातभरी नै सुत्न सकेको थिइन, यदी फेरी भुइचालो गयो र त्यो घर भत्कियो भने, जस्ता नानाथरी कुराहरु मनमा खेलेर ।

तर आज फेरी भुइचालो गएछ । कत्रो गयो? कस्तो गयो? राती १२ बजे सुतेको मलाई आज केही थाहा भएन । काठमाण्डौमा म बसेको स्थानबाहेक अन्यत्रयस्को धक्का कस्तो पर्यो कुन्नी, बिहानीपख सपना देख्दै मस्त सुतेकोले गर्दा महशुस हुन सकेन । धन्य थाहा भएन । अहिले सोच्छु भुइचालो आको थापाको भए म के गर्थे होला? सायद आममान्छेजस्तै आत्तिएर, कराउदै, थोरै बस्त्रमा घरबाहिर निस्कनु बाहेक अरु के नै पो गर्थे होला र? छोरा र श्रीमतीलाई उठाउन सक्थे, सानो छोरो बोकेर दौडिन्थे होला, यो बाहेक एउटा श्रीमान् वा बाबुले के नै गर्न सक्छ होला र?

भुइचालो गयो, थाहा भएन, बाँचियो । तर यो बचाईसँग एउटा नयाँ चिन्ता थपिएकोछ । त्यो के हो भने, मस्त निद्रामा सुतेको बेला शक्तिशाली भुइचालो गएको थियो भने यो घर अनि यसका समग्र भित्ताहरु मसँग खुवै खुशी हुने रहेछन् । मलाई र मेरो गुडमा आश्रित अरु दुई मनुवाहरुमाथि छानीछानी खस्न पाएकोमा उनीहरुले उत्सव मनाउने पाउनेछन् । जसले जहाँसक्यो त्यही थिच्नेछन् । के ले कहाँ थिच्ला, किच्ला मैले नियन्त्रण गर्न सक्नेछैन । घाँटीमा थिच्नेले सोचबिचार गर्ला, यस्लाई पुक्लुक्कै त किन मार्नु? सजाय पाओस् न । लामोसमयसम्म सास फेर्न नपाओस्, हलचल गर्न नपाओस्, प्यासले घाँटी सुकीसुकी, छेउमा भएका श्रीमती र नावालक छोरा अबस्थालाई नियाल्दै, निरीह हुदै तड्पी तड्पी मरोस् । निद्रामा नै भएपनि केहीले थिचेपछि, शक्तिशाली हमला गरेपछि, नमर्नेगरी ज्यानमा केही बजारिएपछि निद्रा त खुलिहाल्छ तर प्राण सजिलै जान किन दिन्थे? भन्दो हो यसलाई तड्पाई तड्पाई मार्छु, अझ यसकी अर्धाङ्गीनी र बच्चोलाई पनि तुरुन्तै कहाँ यमराजकहाँ पठाउथे, उनीहरुले चिच्याएको यसले सुनोस्, उनीहरु छटपटिएको, रक्ताम्य भएर, हलचल गर्न नसकी अर्कोकुनामा तेर्सिएको, छटपटिएको यसले देखोस् तर यो निरीह होस्, उनीहरुलाई बचाउन त के, बचाउ भनेर गुहार गर्न पनि नसकोस् । बाहिरको हल्लाखल्ला सुनोस्, तर उसको आवाज त्यो हल्लासम्म नपुगोस् । यस्तै यस्तै नानाथरी सराप दिएर भुइचालोले भत्काएका भित्ताहरु, काठका खम्बाहरु ममाथि सलबलाउलान् । असह्य पिडा थोपरेर श्रीमती र छोरालाई मबाट खोस्दै मलाई मर्नु र बाँच्नुको दोसाधमा पारेर भुईचालो बिजयोत्सब मनाउदो हो ।

किनभने,

म जमिन तलामा बस्छु । म बस्ने घर तीन तले छ । यो घर भुकम्प प्रतिरोधक प्रबिधीबाट बनेको छैन । वरीपरी बिजुलीका तारहरु छन् । दुईवटा समान साइजका घर जोडिएकाछन् । मुल सडकको नजिकै पनि छैन । वरीपरीका घरहरु पनि सुरक्षित छैनन् । यस्तो अबस्था आउला भनेर यो सहरका मजस्ता नागरिकले सायदै सोचेकाहोलान् । र पनि म अहिले खुशी छु, म कमसेकम फेरी बाँचेको छु । भुईचालोजे ज्यान बक्स गरेको छ ।
11/11/11 - It was Yesterday.
17th SAARC summit has concluded in Maldives issuing 20 points 'Addu' declaration. Prime Minister Babu Ram Bhattarai, after attending the summit, is scheduled to arrive Kathmandu tonight at 10 PM. SAARC summit accepted Nepal's proposal to hold 18th summit in Nepal. Prime Minister Bhattarai talked to his Indian counterpart ManMohan Singh in the sideline meeting of SAARC and both agreed to revisit bilateral issues.


नागरिक हत्याको आरोपमा सबोच्चले सजाय सुनाएका सभासद बालकृष्ण ढुङ्गेलको मुद्धा सरकारले फिर्ता लिने निर्णय गरेपछि तातिएको राजनीति सेलाउने संकेत देखिएको छैन । नागरिक उज्जन कुमार श्रेष्ठ हत्यामा संलग्न आरोपीत ढुङ्गेललाई सर्बोच्चले कारावास सजाय सुनाएपनि उनी पक्राउ परेका थिएनन् । हाल आएर माओवादी नेतृत्वको सरकारले उनलाई सफाई दिन प्रयास गरेपछि मुद्धा फेरी बल्झिएको छ । प्रतिपक्षी एमाले र कांग्रेसले मुद्धा फिर्ताको निर्णय कायान्वयन भए सडक तताउने धम्की दिन थालेकाछन् । नागरिक अधिकारकर्मीहरु पनि यसको बिरोधमा जुटेर लागेकाछन् । बिभिन्न लोकप्रीय निर्णय गरेर जनताका प्रधानमन्त्रि बन्न खोजिरहेका बाबुरामलाई पछिल्लो समयमा ढुङ्गेलको मुद्धा फिर्ता लगायत अरु केही अलोकप्रीय निर्णय र कार्यान्वयनका लागि गरेका प्रयासले बिस्तारै ओरालो झार्दैछ ।

Weather of Kathmandu dramatically changed today. Kathmandu looks like fuggy & chill today. It seems that life was like freezing. During the evening few parts of Kathmandu witnessed rainfall also.
जहाजमा हतियार
केही महिना अगाडि जनकपुर जाँदा हामी चढेको जहाजमा कुनै मन्त्रि पनि रहेछन् । छिटोछिटो फेरिरहने भएकोले होला अहिले नयाँ मन्त्रिप्रति खासै चासो हुन्न, को हो भन्ने पनि थाहा हु्न्न, त्यसैले नाम थाहा हनुे कुरै भएन । मन्त्रिमा भन्दा उनका सुरक्षाकर्मीले बोकेको हतियारबाट ध्यान अन्त जान सकेन । जहाजैभरी डर लागिरह्यो । आज जब वीराटनगर विमानस्थलमा जहाज पर्खिरहेको थिए, एकजना मन्त्रि जहाजबाट उत्रेको देखे । मन्त्रि को थिए, थाहा भएन । तर उनका सुरक्षाकर्मी चाँही पछिपछि थिए हतियारकै साथमा । बिमानमा चढुञ्जेल त हतियार नबोके हुन्न? जहाँ जाने हो त्यहीको सुरक्षा निकायसँग समन्यव गरी स्थानीयस्तरमै हतियार उपयोग गर्दा पनि सुरक्षा नै हुन्छ नी हैन?

नागरिकबाट आतंकित?
हामी नागरिकले चुनेका, हामीले तीरेको करबाट पालिएका हाम्रा माननीय मन्त्रि, सभासद, सरकारी उच्च अधिकारीहरु सुरक्षाका नाममा तीनै जनतालाई चुनौती ठान्दै बडो शानका साथ जीवन जिउन चाहान्छन् । एउटा सामान्य नागरिक कुनै उच्च ओहोदामा पुग्ने बित्तिकै किन नागरिकबाटै असुरक्षाको महशुस गर्छन्?

सडक करको सदुपयोग
सवारी साधनले सडकमा गुडेबापत कर तिर्नुपर्छ । तिरीरहेका पनि छन् । तर त्यसरी तिरिएको सडककरले बिग्रेका सडकहरु मर्मत गर्नु पर्ने हैन र? कर पनि तिर्नुपर्ने, खाल्डाखुल्डी र धुलो सडकमा कुद्दा छिटटै नै बिग्रनुपर्ने । नागरिकले कहिलेसम्म दोहोरो मारमा परिरहने?

भत्ता, भात र कार्यक्रम
भत्ताविनाका कार्यक्रममा सहभागिता लगभग शुन्य हुने डर बढ्न थाल्यो । केही दिन अगाडि एउटा कार्यक्रममा सहभागि हुनुपर्यो । आयोजकमध्ये एकजना भन्दै थिए, उनले जतिलाई खबर गरे सहभागिको रुपमा सबैले सोधे रे भत्ता कति छ? भात खान पाइन्छ की पाइन्न? कार्यक्रममा जसलाई निम्ता गरिन्छ त्यो समुदाय, वर्गका सवालहरुलाई बिस्तुत रुपमा छलफल गरी बाहिर ल्याउने प्रयास गरिन्छ सामान्यतया । यसो गर्दा फाइदा त लक्षित बर्गलाई नै हुन्छ किनकी उनीहरुमा सिमित सवालमा व्यापक रुपमा साझा सहमति बन्छ र कार्यगत सहकार्यको बाटो खुल्छ । तर बुझाई चाँही ठ्याक्कै उल्टो छ हामीकहाँ । फलानाले गरेको कार्यक्रममा गयो, बिचार राख्यो, फाइदा उसलाई, आफुलाई खाई त फाइदा? त्यसैले त भत्ता र भात पहिले आउँछ हैन र?
तीहारको दुईदिन अघि किर्तीपुरको चोभामा चङ्गाचैट कार्यक्रम सम्पन्न भयो । सिकारुहरुलाई लक्षित गरेर आयोजना गरिएको चङ्गा उडाउने कार्यक्रममा स्थानीय युवाहरुसहित ब्लगर, सञ्चारकर्मी तथा युवासहित दर्जनबढी सहभागीहरुले चङ्गा उडाएका थिए । प्रतियोगीतमा स्थानीय अनिष थापाको चङ्गाले प्रथम स्थान हासिल गर्यो भने ब्लगर कविता गुरागाई र स्थानीय प्रदिप लामा दोश्रा भए । काठमाण्डौका रिक्सन शाक्य तेश्रो भएका थिए । बिजेताहरुलाई क्रमशः तीनहजार, दुईहजार र एकहजार रुपैयाँ बराबरका पुरस्कार कुपन वितगरण गरिएको थियो । मेरोरिपोर्ट, मिडियामञ्च र रेडियो कार्यक्रम नयाँनेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम शान्ति, सद्भाव र शुसासन प्रबद्धन तथा मिडिया सुरक्षाका लागि नागरिकको चासो र जिम्मेवारी बोध गराउने प्रयायस्वरुप गरिएको इक्वल एक्सेस नेपालका कार्यक्रम संयोजक विनय गुरागाईले जानकारी दिए ।
जबजब शहरमा झिलिमिली बत्तिको मौसम शुरुहुन्छु म अनायास भावुक हुनपुग्छु । बारीका कान्ला, बगैचा, खेतका गराहरु, बाटोको छेउछाउ ढकमक्क सयपत्रि, मखमलि फुल्न थालेपछि यो मन ढक्क फुल्न थाल्छ । सास फेर्न गारो भएजस्तो लाग्छ । हरेक साल यही बेला आउने तीहारले मेरो मनलाई भारी बनाउँछ, यस्तो लाग्छ म हरेक साल यहीबेलो बोझिो मनको भारी बिसाउने दिदी बैनीको अभावमा एक्लै तडपिन्छु, लुकेर सुक्सुकाउँछ, एकान्तमा आसुँ झार्छु, दिदीबैनी नहुनुको पिडाले फुलेको छाती बोकेर मान्छेका अगाडि बनाबटी हाँसो हाँस्छु ।

आज रेडियो सगरमाथाको उहिल्यै बाजेका पालामा भन्ने रेडियो कार्यक्रममा भैरब रिसालसँग कुरा गर्दै बुबाले भन्नुभयो, “मेरी दुईटी छोरी थिए, तर सानैमा बिते ।” भोजपुर भुल्केको अनकन्टार ठाउँमा उपचार नपाई दिदीहरुको मृत्यु भएको कुरा सुन्दा तीहारको मुखमा आज फेरी भक्कानीए एकछिन । त्यसो त दिदीहरुलाई मैले देखिन । न त फोटो नै देख्न पाए । बुबा आमा भन्नुहुन्छ दिदी १२ बर्षको उमेरमा खस्नुभयो । (मृत्यु हुनुलाई बोलीचालीको भाषामा खस्नु भन्छन् अहिलेपनि धेरैले) । कारण के थियो अहिलेसम्म थाहा थिएन । तर आज बुबाले भन्दा कुनै रोग थियो, गाउँमा उपचार हुन सकेन । बाँचेकी भए मेरी दिदी, आहा कस्तो रमाइलो हुन्थ्यो होला? चारजना दाजुभाईकी एउटी दिदी । भगवानले दिएको अमुल्य उपहार हुने थियो होला । तर भाग्यमा पनि विश्वास गर्ने हो भने हरेकको भाग्यले उसको भोगाई निर्धारण गर्छ । म र मेरा दाजुभाईको जीवनमा पनि दिदीको अभाव हुनु हामी अभागी भएर नै होला ।

मैले तीहारमा अहिलेसम्म धेरैजनाको हातबाट टिका थापे । केही बर्ष भयो, टिका लाउन छोडेको । जसले टिका लाइदिए पनि त्यहाँ कहिल्यै दिदीभाईको वा दाजुबैनीको जस्तो आत्मीयता मैले अनुभव गरिन । दिदीभाई, दाजुबैनीको सम्बन्ध कति आत्मीय हुन्छ? भोगेको नभएपनि देखेको भरमा भन्दा यो सम्बन्ध पवित्र हुन्छ । दाजुभाईलाई भन्दा दिदीबैनीलाई साथी, सहयोगी साथै आमाको बिभिन्न रुप र भुमिकामा देख्न सकिन्छ भन्छन् भोग्नेहरु । तर मलाई के थाहाँ । र त रहर लाग्छ । मनमा सोच्छु आहाँ मेरी पनि दिदी भैदिएकी भए? बैनी भइदिएकी भए?

तीहारमा टिका लाउनमात्र हैन तीजको दरखाने समय पनि मेरा लागी उत्तिकै पिडादायी छ । जुन दिदीबैनीसँग प्रत्यक्ष जोडिएको छ । दिदी हिड, दर खान जाऔ । भाई आइज टिका लगाउँ । सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि यस्ता शब्दहरु कति मर्मस्पर्शी हुनसक्लान् । तर भोग्न नपाएको माया र सम्बन्धको कागजी ब्याख्याले मनको घाउ निको हुन्छ र? कदापी हुदैन । मेरी दिदी बाँचेकी भए आज म पनि भन्थे होला, दिदी आउ दर खाउ । उनले मलाई संसारको जुनसुकै कुनाबाट बोलाउथिन् होला भाई जहाँ भएपनि आइज, निधार खाली नराख । आफु पनि नरो, मलाई पनि नरुवा । आहा, संझिदा पनि त्यसैत्यसै रोमाञ्चित हुन्छु यस्ता कल्पनाले । तर वास्तविकतामा म धेरै अभागी छु । मेरी दिदी पनि छैनन् बैनी पनि छैनन् । अरुका दिदीबैनी देख्दा यस्तो लाग्छ मेरो चाँही किन भएनन्? म चाँही हरेक तीजमा किन एक्लिन्छु, तीहारमा सबैका निधारमा दिदीबैनीको हातको टिका हुन्छ मेरो निधार किन खाली हुन्छ? सायद नियतीको खेल भन्या यस्तै होला ।

त्यसैले त तीज र तीहार मेरा लागि पर्व खुशीको पर्व हुन सकेन । तीहार बत्तिको झिलीमिली र फुलको पर्व भनेपनि मेरा लागि यो हैन भन्ने वास्तविकतामा नै म आजसम्म बाँचीरहेको छु । अनि तीज पनि । हुन म भाग्यमानी यस अर्थमा छु की श्रीमतीले जहिल्यै पनि मेरै अगाडि उनका दाजुभाईलाई टिका लगाउछिन् । टिका लगाउनका लागि उनी माइत जान्नन्, दाजुभाईलाई उनकै घरमा बोलाउछिन् । कारण उनी मेरो अवस्थासँग परिचित छन् । मलाई एकछिन भएपनि अरुसँग हाँसेको, खेलेको र रमाइलो गरेको हेर्ने उनको इच्छाले गर्दा मलाई मान्छेका अगाडि आँसु झार्न दिदैन । तर पनि एकान्तमा फेरी उही । सोच्छु मेरी पनि दिदीबैनी भइदिएका भए ।

Changa Chait, 2011 at Chobhar, Kirtipur. It was organized jointly by www.meroreport.net, www.mediamanch.net & Radio Program Naya Nepal - programs of Equal Access Nepal. Well participated by bloggers, journalists, friends and family of equal access nearly dozen people engaged themselves in flying kite.
कैयौ दिनदेखि म उकुसमुकुस भएको महशुस गरिरहेको छु । मनमा नानाथरी बिचारहरु बर्षाको भेलसरी मडारिदै आउँछन्, मलाई बिचलित बनाउँछन् । मलाई यस्तो लाग्छ, म यो समाजसँग, यहाँका पात्रसँगै, परिवेशले सिर्जना गरेका बिसंगतीहरुलाई देखेर बिचलित भएकोछु, बिचलित अबस्थामा मनमा निस्कीएका ज्वारभाटारुपी बिचारहरुलाई थन्क्याउन नपाएकोमा झोक चलेपछि म झनै आन्दोलित हुन्छु । बिचलनको परकाष्टा सायद यसैलाई भन्छ होला । हावा पुर्वबाट पश्चिम बहेकोबेला मलाई हावालाई पश्चिमबाट पुर्वतीर बहाउन मन लाग्छ । म पहिलेपनि सजिलो मान्छे थिइन । सजिलो यस अर्थमा की मलाई मैले भनेको मात्र सही लाग्थ्यो, मेरो त्यो बानी अहिले झनै बलियो भएको छ । ममात्रै सही भन्ने अहमताले नै होला मेरा पाइलापाइलामा ठेसीएका बिसंगतीको डङगुर पहाडलाई बिथोल्न सक्ने, तीनीहरुलाई संगठित हुन नदिएर छरपष्ट पार्नसक्ने एउटै माध्यम भनेको तीनिहरुको बिर्सजनहो, त्यस्ता अहमतारुपी सवाल र कुबीचारहको बिर्सजन हो, त्यो त्यतिबेलामात्र सम्भव हुन्छ जतिबेला म तीनीहरुलाई स्वच्छन्द रुपमा पोख्न सक्छु । मलाई मेरा भावनाहरु पोख्नका लागि स्थानको अभाव छैन । र पनि म किन सकिरहेको छैन? किन रुमल्लिइरहेको छु? किन कुष्ठित भइरहेकोछु । सायद समय व्यवस्थापनको ज्ञानको कमीले गर्दा होला म महिनौदेखि प्रयास गर्दा पनि लेख्न सकिरहेको छैन । आफुलाई व्यक्ताउन सकिरहेको छैन । सायद यो मेरो कमजोरी हो । यसलाई लुकाएर म झनै कुष्ठित हुनेछैन । मैले निर्णय गरे म फेरी दैनिकी वा साप्ताहिकीको रुपमा आफ्नो मनलाई सबैलाई छताछुल्ल पार्न लेख्न थाल्नेछु । जसको श्रीगणेश हो मेरो आजको यो लेख ।
श्रीमती र बर्षाको मौसम बीचमा समानता के हो भने श्रीमतीको मुड र बर्षा यामको मौसम परिवर्तन अनुमान गर्न सकिदैन । जेठ २९ गते धनगढी बिमानस्थलमा बुद्ध एयरको जहाज अवतरण गर्न पाँच मिनेटमात्र ढिलो भएको भए हामी त्यो बेलुका डडेलधुरा नभै आ–आफ्नै घरमा हुनेथियौ । काठमाण्डौमा उड्दा घाम झलमल्ल थियो । धनगढीमा सामान कुर्दाकुर्दै कालोमुस्लो बादल मडारिन थाल्यो र शुरु भयो मुसलधारे दर्के झरी । नेपाल पत्रकार महासंघका सभापती शीव गाँउले, संविधानबिद काशीराज दाहाल र सहकर्मी दुर्गा लामिछानेसहित डडेलधुराको अमगरगढी हिडेको हाम्रो समूह कैलालीको बाख्रापालन भन्ने ठाउँसम्म पुग्दा पनि मुसलधारे पानी रोकीएको थिएन । अनुभवी चालक हुनुको फाइदा बाङ्गोटिङ्गो सडकमा पनि पुर्ण होसियारी । एकदिन अगाडिमात्रै पुर्वको चन्द्रगढीबाट काठमाण्डौ फर्केको म पुग्नुपर्ने थियो धनगढी हुदै अमरगढी । ५८ साल बैशाखमा बझाङ जाँदा छिचोलेको लामो बाटो अहिले कस्तो होला? मनभरी कौतुहलता थिए । भासुकोभीर, अरुको मुखमा सुन्दा सारै डरलागेको थियो, त्यसमाथि पानी परेको चिप्लो बाटो, बाख्रापालनमा खानाका लागि सुस्ताइरहँदा पनि मन भने शान्त थिएन । चन्द्रगढी, इलाम, इटहरी, धरान, बिराटनगरमा हप्ता बिताएर फर्केकै भोलीपल्ट अर्को हप्ताको पुरै योजनासहित घर छोड्दा यसपाली श्रीमतीको मात्र हैन छोराको पनि राम्रैसँग मुड बिग्रीएको महशुस गर्न गाह्रो थिएन । बर्षाको हवाइयात्रा, डर आप्mनालाई नै हुन्छ ।

काठमाण्डौबाट धनगढी र बंगलादेशको ढाकाको हवाई दुरी झन्डै उती नै छ । एकघण्टा १५ मिनेट । मलाई यस्तो लाग्छ, धनगढीको हवाईयात्रा ढाका जाँदा भन्दा पट्यारलाग्दो छ । ढाका जाँदा र आउँदा यात्राभरी नेपालीहरु भेटिन्छन्, धेरैचाँही मलेशिया जाँदै गरेका, उताबाट फर्केका युवा र अधबैशे, अल्लारे, चर्को गर्मिमा पनि बाक्लो छालाको ज्याकेट र बुट लगाएका । जहाज चढ्ने र ओर्लने बेलामा उनीहरुको हर्कत हेर्न लायक हुन्छ, धेर्यता छदैछैन । तर धनगढी जाने र त्यहाँबाट आउनेहरु चाँही भद्रभलाद्मी, राष्ट्रिय, अन्तराष्ट्रिय संघसंस्थामा कार्यरत, नेता, कर्मचारी हुँदाहुन् एकआपसमा बोल्न पनि पैसा लाग्छ झै गर्छन् । जहाज नै भलाद्मी ठहरीन्छ । यसपटकको मेरो यात्रा देशका गन्यमान्य दुईजना व्यक्तित्वको साथमा भएकोले पनि होला जहाँज चढ्ने सबैलाई मैले चाहिनेभन्दा भलाद्मी देखेजस्तो अनुभव गरे । कुहिरोमा पसेर जहाज छटपटाउदामात्र मेरो मन झस्किन्थ्यो । अरुबेला यस्तो लाग्यो देशको कोलाहल र अशान्तिले वाक्कव्याक्क म टिनको बट्टामा बसी आकाशमा उड्दै शान्तिको परमोभोग गरिरहेको छु ।

स्कुलमा छँदा अमरसिंह थापाको वीरगाथा मज्जाले पढिन्थ्यो । तीनै वीरको नाममा नगरपालिकाको नामाकरण भएको रहेछ । गर्व लाग्यो । भीमदत्त पन्तको शालिक छेउमा उभिएर पत्रकार महासंघका सभापती शीव गाउँले पश्चिम पहाडका ७ जिल्लाका पत्रकारहरुको –यालीलाई सम्बोधन गर्दा उनलाई टुलुटुलु हेर्ने स्थानीय नागरिक र प्रहरीले खासै भेउ पाएनन् पत्रकारहरु किन आन्दोलित छन् भनेर । गाँउलेले राज्यलाई दिनुसम्म दनक दिए । तर बहिरो जस्तो लाग्ने राज्यले सिंहदरबार अगाडि उभिएर कुर्लिदा त सुन्दैन भने सबैले सुदुर भनेको त्यो पहाडबाट बोलेको कुरा पत्रकार कुट्ने अपराधी र अपराधलाई पालनपोषन गर्ने सरकार र तीनका मतियारले किन सुन्थे । “दाई पहिले पनि भाषण गर्नुहुन्थ्यो की कसो?” गाउँलेको जवाफ थियो, “हैन, समय बलबान हुदो रहेछ, यसैले सिकायो ।”

“बिरालोबाट कसरी बच्ने भन्दा भन्दै एउटा मुसो जाँडले भरीएको गाग्रीमा छिरेछ । बाँच्नका लागि उसले बिरालोसँग हारगुहार गर्यो । निकाल्न आग्रह गर्यो । बिरालोले निकाल्नुभन्दा अगाडि बाचा बाँध्न लगायो । मुसाले यसरी बाचा गर्यो , हेर बिरालो दाई, म अहिले जाँडमा डुवेको छु, तिमीलाई थाहा छैन, म डुब्दा कति जाँड खाँए होला? म अहिले टन्न मातेको छु, मातेको मलाई अहिले नै नखाउँ । बाहिर निकाल, मलाई नुहाइदेउ, अनि घाममा सुकाउ । त्यसपछि मज्जाले खानु । मात पनि लाग्दैन, अघाउँछौ पनि । मुसाको बाचा बिरालालाई मनपर्यो । उसले मुसालाई बाहिर निकाली मुसाले भनेझै गर्यो । घाममा सुकाएर यसो आँखा अर्कोतीर फर्काएको के थियो मुसो त दुलोभित्र पस्यो । धोका भएको सम्झी बिरालोले मुसालाई धोकेबाज आदी इत्यादी भन्दै गुनासो गर्यो । चलाख मुसो के कम? भन्यो हेर मुसा दाई, अघि म मातेको थिए, मैले के के भने मलाई केही थाहा छैन, फेरी मातेको बेला गरेको सभ्झौता कार्यान्वयन भएन भनेर तिमी किन निरास हुन्छौ? यस्ता सम्झौताहरु मातेकै बेला त हुन्छन नी, मेरो ज्यान बचायौ, धन्यबाद ।” बाख्रापालनबाट अगाडि बढ्दै गर्दा दाहालसरले भनेको यो कथा नेपालको अहिलेको राजनीतिसँग मेलखाने खालको थियो । तर दाहालसरले भासुकोभीरबाट हाम्रो ध्यान अन्त मोड्नलाई यो कहानी सुनाएको कुरा हामीले डडेलधुरा पुगेपछिमात्र थाहा पायौ । सारै सरल, नम्र र शालिन व्यक्तित्वका धनी दाहाल सरसँगको यात्रामा भएको अर्को महत्वपुर्ण उपलब्धी अमरगढीको दर्शन गर्न पाउनु पनि रह्यो ।

“अहिले साढेपाँच बज्यो, गढी त तीनबजेपछि हेर्न पाइदैन, भोली आउनुहोला,” अमरसिंहले अग्रेजसँग लड्न बनएको ऐतिहासिक अमरगढी किल्लाको सुरक्षार्थ खटिएका सैनिकको भनाईले हामीलाई निरास बनायो । मुसुक्क हाँस्दै दाहालसर अगाडि सर्नुभयो । वहाँ र ती सैनिकका बीचमा के के कुराकानी भयो कुन्नी एकछिनपछि माथि (किल्लाभित्र) बाट संकेत आयो । हामीले गढी हेर्न पायौ । त्यो बेला ढुंगाले बनाएको किल्ला देख्दा पत्याउन मुस्किल पर्यो एकछिन त । भित्रभित्रैबाट घण्टौ टाढा खाना र पानीको जोहो गर्न मिल्ने गरी बनाएको किल्ला । महसुस भयो त्यस्ता दुरदर्शी र बहादुर सिपाही अहिले पनि त्यत्तिकै जरुरी छ देशलाई । किल्लाबाट गरेको लडाईको बर्णन किताबमा मात्र पढेको मलाई प्रत्यक्ष देख्न पाउँदा देशभक्तिले ओतप्रोत बनायो । अनि त किन सकुन अग्रेजले नेपाली वीरलाई जित्न? इतिहासको साक्षात्कर गर्न सम्भव गराउने दाहाल सर धन्यबादका पात्र हुनुहुन्छ । गढी घुमेपछि पसिना निकाल्दै व्याडमिन्टन खेलिरहेका प्रमुख जिल्ला अधिकारी र डिएसपीले देखाएको सम्मानले पनि बताउथ्यो काशीराज दाहालको महत्व ।

पत्रकारहरु आन्दोलित भएको मौसम हुनाले हाम्रो डडेलधुरा बसाई एकदिन छोटियो । साँझ साढे छ बजे अमगरगढीबाट धनगढीका लागि हिड्दा धनगढीमा बास पाइएला त, मनभरी डर थियो । खाना खाने सहमति भयो बाख्रापालन भन्ने ठाउँकै लागि । जाँदा सारै स्वादीलोसँग चिउरा तरकारी खान पाएकोले होला दालभात पनि मिठै पाइएला भन्ने आशा । डडेलधुराको खानाको स्वाद मुखमा झुन्डिएकै थियो । बाटोमा जहाँबाट फोनको सिग्नल टिप्छ कहिले धनगढी त कहिले बाख्रापालन फोन गर्दै खाना र बासको प्रबन्ध गर्नु नै थियो । साढे ८ बजे रातीतीर बाख्रापालनभन्ने ठाउँमा खाना खाएर धनगढी आइपुग्दा रातको साढे १० बज्नै लागेको थियो । कञ्चनपुरका अग्रज समाजिक कार्यकता ऋषीराज लुम्सालीदेखि पत्रकार महासँघ कैलालीको सभापति भरत शाहको प्रयासमा भेटिएका दुईटा होटलमा बाँडिएर रात काट्दा त्यो सम्पुर्ण यात्रालाई आनन्दको रुपमा लिनुको बिकल्प थिएन । शान्त र शितल पहाडि भुगोलबाट तातो समथर भुभागमा झर्दा भोलिदेखि हुने गर्मिको छटपटहाटले फेरी मन पोल्न थालेपनि बिकल्प थिएन । के थाहा कुन बेला मौसमको मुड परिवर्तन हुन्छ र चर्को घाममा पनि पानी परी शितलता दिन्छ । श्रीमतीसँगको मायालु संवादले भने मुड र वातावरण दुवैलाई शान्त र शितल बनाएको थियो ।
साउन २ गते, काठमाण्डौ ।
यो कोलाहल र अव्यवस्था देखेर,
हिजोआज मलाई यस्तोलाग्छ
सडकमा उभिएर चिच्याइरहँु
सडकले मलाई बौलाहा भनोस्,
यो कक्रिटको जंगलले पागल भनोस्,
निर्जिव सडक बोलोस् र भनोस ए पागल,
ए सन्काहा हिड्न जान्दैनस्,
म दबिएको छु,
मुल्यबृद्धिले पेटको गासँ काटेको सहन बाध्यछु,
ढल मिश्रित पानी पिएर पखालाले थकित शरिरमा जीवनजल चढाउन सक्दिन,
डाक्टर अस्पतालः धान्न सकुँला र? बरु जाँदैजान्न,
घण्टौ जाममा कुर्न बाध्य
घण्टौ लाइनमा बस्न विवश,
बिरोध गर्न सक्दिन,
गरेपनि कसले सुन्छ र यो बहिरो लोकमा
उल्टो झनै दविएको महसुस गर्छु,
....... यस्तो लाग्छ सबैका अगाडि म नाङ्गै हिडुँ
म नाङ्गिन किन डराउने?
यस्तो लाग्छ यो शहरमा म लुगा फुकालेर नाङ्गिउ?
किन?
यहाँ सुकिाला लुगा लगाएरै नाङ्गिनेहरुको अत्याचारबाट मुक्त हुन
अट्टहास हाँसोमा रमाउदै हिड्न् बौलाहा भनिन
निस्सासिदो र अत्यासलाग्दो जिन्दगीलाई शान्तिमा बदल्न
म ............ चाहान्छु ।


असार २४, कुमारीपाटी, ललितपुर
“.....बाहिरको तापक्रम ३२ डिग्री सेल्सीयस रहेको छ ..... ” एयरहोस्टेसले प्रायगरी उडान अवधिभर दुईचोटी बोल्छन्, उडान र अवतरणका बेला । सिर्जनशील नहुदाँनहुदै पनि युवतीको आकर्षण छ यो पेशामा । सायद पैसा नै होला । उनीहरु बोल्दा त्यहाँ नयाँपन केही हुन्छ भने त्यो हो सम्बन्धित क्षेत्रको बिमानस्थलको वरपरको तापक्रम । जेठ २२ गते चन्दग्रढीमा अवतरण भएपछि सुरिलो स्वरमा भट्याउने बिमानपरिचारीका हेर्दा ठिकै राम्री हुन्, ले अरु सधै भन्ने कुरा भनिन् तर मेरो ध्यान भने ३२ डिग्रीमा नै केन्द्रित भयो । अर्को तिर बस्ने रजनी र एलिजावेथलाई हेरे, उनीहरुको ध्यान पनि ३२ डिग्रीतीरै केन्द्रित छ भन्ने आभाष पाउन मुस्किल परेन । सामानको प्रतिक्षा गरिरहँदा मन्द मुस्कानमा रुपवती एलीजावेथ भन्दैथिन्, “म त पसिनाले नुहाइरहेकी छु ।” सायद मेरोलागि पनि गर्मि चर्कै थियो । रजनी, त्यसै त खान्दानी ज्यान, पसिनाले निथ्रुक्कै । एलिजाबेथसँग हो मा हो मिलाउनु उनको बाध्यता थियो । सामान संकलन गर्दै दुबैलाई हेरे लाग्यो दुवै जना दुःखी छन् ।
रजनी, एलिजावेथ र म यो उखर्माउलो गर्मिमा हिडेका थियौ बिर्तामोड । भोलिपल्ट कार्यक्रम थियो पुर्वको इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरीका मिडिया व्यवस्थापकहरुसँग व्यवस्थापकीय चुनौतीका बारेमा छलफल । हामी तीनैजना काम गर्ने संस्था इक्वल एक्सेस आयोजक संस्था भएकोले कार्यक्रमको नतृत्वदायि भुमिका ममाथि थियो । एलीजाबेथ अर्को महिना अध्ययनको लागि अमेरीका फर्कने भएकोले नेपालको सुदुरपुर्वी तराई देखाइदिउँ भनेर मैले नै जाउँ भनेको थिए । उखरमाउलो गर्मिमा उ बिरामी नहोस् म रातदिन सोचिरहन्थे । बिर्तामोडमा पुगेर पनि के गर्ने? दुईबज्नै लागेको थियो, योजना बनाए कन्याम घुमाउने । कुरो मिल्यो । एलिजावेथ एक्साइटेड देखिइन् । रजनीको पनि पहिलो यात्रा रहेछ इलामको सुन्दर हरियाली पहाडमा ।
कन्याम, वाह क्या रमाईलो । फुसफुसे कुहीरो, सिमसिमे पानी । इलामको चिया, चिसोमा वाइवाईको सुप, त्यो भन्दा धेरै नखाने भन्नेमा मौन सहमत तीनैजना । फर्किदा लागिरह्यो फेरी हाम्रो छालाले यस्तो चिसो र अनुपम आनन्ददायी मौसम अनुभव गर्न पाउँदैन । मनमनै सोचे, बिर्तामोडमा रहँदा शरीरको कुन त्यस्तौ अंग÷भाग नहोला जहाँबाट पसिना नआओस् । भयो पनि त्यस्तै । लोडसेडिङको बेलामा तराईको यात्रा त्यो पनि उखरमाउलो गर्मिमा । होटेल हेभन ग्राण्डको बगैचामा बसेर एक बोतल वियर चुस्की नलगाउने पनि के बिदेशी? मनमनै सरापे एलिजाबेथलाई । बेलुकासम्म त्यहाँ सञ्चारकर्मीमित्रहरु शुशील मैनाली, अर्जुन उप्रेती, जीवन शर्मा भेला भएका थिए । तर उनीहरुको उपस्थितीले वातावरणलाई फरक पारेन । मौसमले च्यालेल्ज गर्यो भन्ने भनाई व्यवहारमा उत्रिएन, चिसो पानी, जिन्दावाद । मैले मनमनै भने ‘चिसोपानी मात्र मुर्दाबाद ।’
भोलीपल्टको छलफलपछि मैले एकछिन बिताएँ चन्द्र भण्डारीसँग । जो पहिले कम्युनिष्ट राजनीति गर्थे, अहिले सञ्चारकर्मी । कुराकानीको क्रममा उनले भने “मैले राजनीती नगरेर गल्ति गरिनछु ।” लामो समयसम्म जेल बसेका चन्द्र अहिले किताव लेख्दैछन् जेलको अनुभवलाई समेटेर । उनले प्रशिक्षित गरेका कमरेडहरु अहिले मन्त्रिछन्, तर उनलाई पछुतो छैन । जेलसम्बन्धि किताबले चाँही कतिजनाको पोल खोल्ने हो, उनले सार्वजनिक गर्न मानेनन् । तर संकेत गरे, “अहिलेका कतिपय नेताका बारेमा थाहा नपाएका कुराहरु कितावले बाहिर ल्याउनेछ ।” अरु पनि थुप्रै कुरा भयो । त्यो अन्तर्वार्तालाई म कतै छाप्ने तयारीमा छु ।
५३÷५४ सालतीर हुनुपर्छ । बिर्तामोडमा एउटा राजनीतीक दलको कार्यक्रममा भाग लिएर फर्कने बेला गाडि पाइएन । मित्र पवन (हाल दुवईमा छन्) र म रिक्सा चढेर झिलझिले आइपुग्यौ, त्यो पनि राती । दमकबाट आमसभामा गा’को, बिद्यार्थीको सहुलियत टिकटमा, ५० रुपैयाँमा रिक्सा चढ्दा पवन र मेरो झगडै भाथ्यो कस्ले तिर्ने भनेर । दमक त्यो बेला यति घना थिएन । वस्ती र बजार दुबैलाई देख्दा लाग्यो मान्छेको उत्पादन दिन दुगुना रात चौगुनाको रुपमा बढेछ । मित्र शुसिलले पनि दिइहाल्यो मान्छे उत्पादनको कारखानामा अहिलेसम्म हडताल नभएर होला । पक्कै ट्रेड युनिएन त्यहाँ चै छैन । पत्रकार मित्र गोपाल गड्तौलाको आतिथ्यतमा भुजा, प्याज, पकौडालाई एकै ठाउँ मोलेर खाँदा कलेज पढ्दाका दिन याद आए । बास बस्न पुगियो, इटहरीको मेचीकाली लेकसाईड होटल ।
“लौन न, त्यस्ले त खाली घरको फोटो खिची?” क्यारामबोर्डमा रमाईरहेका केटाहरुको स्वर सुनियो । उनीहरु एलिजावेथलाई लक्षित गरेर त्यसो भनिरहेका थिए । डर पनि लाग्यो । अनुमति बीना फोटो खिच्दा डरलाग्नु स्वभाविक हो । टुटेफुटेको अंग्रेजीमा साजीलाल मावी सुन्दरपुर, मोरङका प्रधानाध्यापक नारायण सरले आफ्नो परिचय दिदाँ एलिजाले पनि भनिन्, “विनय मेरो साथी हुनुहुन्छ, म घुम्छु र यहाँ आको ।” सायद दुवैले दुवैको कुरा बुझे होलान्, म बीचमा प्वाक्क बोलिन । “उ त्यो भैसीको छेउमा फोटो खिच्देन?” एलिजाको आग्रहलाई मैले नाई भनिन । परबाट फेरी केटाहरु कराए, “यसले त केही नराख्ने भई ।” यतीबेला म एलिजालाई लिएर इटहरीसँग जोडिएको मोरङको सुन्दरपुर गाविस ८ मा अवस्थीत थारु बस्ती घुमिरहेको थिएँ । उसले त्यहाँ हाँसदेखि, बाख्रा कुखुरा, मान्छे, सुँगुर, घर, नाली, ट्युवेल, सबैको फोटो खिची । हरेक घरबाट मान्छेहरु निस्केर उसलाई नै हेर्दै थिए । सबको कौतुहलता देख्दा लाग्थ्यो म भालु नचाउने चटके हुँ सेती रंगको जनावर गाउँमा डुलाउदैछु । एलिजापनि औधी रमाई । उसको त्यो पहिलो भ्रमण थियो जहाँ उसले तराईको आदीबासी समुदाय थारुको जीवनशैलीलाई क्यामेरामा कैद गरिरहेकी थिई ।
मेरो घर जहाँ बुबाआमा बस्नुहुन्छ पनि नजिकै थियो । आमाले पकाएको खाना मलाई मात्र हैन एलिजालाई पनि मन पर्यो । मेरो बुबा उसलाई आफ्नै हजुरबा जस्तो लाग्यो रे । तर फरक के भने उसको हजुरबा अग्रेजी जान्दथ्यो मेरो बुबा स्कुल जानु भएन । अर्को फरक सुन्दा चाँही उ भुतुक्क भई । मेरो बुबाले १५ बर्षमा बिहे गरेको जतिबेला आमा १२ बर्षकी हुनुहुन्थ्यो । सोध्नु सोधी । कति कुराको त मैले उल्था गरेर बुबाआामालाई सुनाउन सकिन । उसको जस्तो खुल्ला समाज मेरो थिएन । १७ वटा बच्चा पेटमा हुर्काएकी मेरी आमा उसका लागि दन्त्यकथाकी पात्र जस्तै लाग्यो होला । यो थाहा पाउँदा उसको मुख एकमिनेट बन्दै भयो । लामो सासमात्र फेर्दै थिई । पछि मलाई भनि, म चाँही तेरो आमाको ठाउँमा भएको भए मर्थे होला । उसको भनाईलाई मैले सुनेमात्र, थप बोल्नु आवश्यक ठानीन । दुईदिनपछि भेडेटारपुग्दा पनि उसले भन्दैथिई, तेरो आमा महान हुनुहुन्छ । त्यो दिन एलिजाले नेपाली महिलाहरुको प्रजनन स्वास्थ्य अधिकार आदी बिषयमा लामो कुरा गरी ।
एकरात बिर्तामोड, तीन रात इटहरी, शरीरमा घमौराले राम्रै घरजम गरेकाथिए । तर एकरातको भेडेटार बसाईले घमौरा भगाउनमात्र हैन एलिजालाई नेपाल चिन्न ठुलो मद्दत गर्यो रे । फरक फरक ठाउँको फरक अनुभव बटुल्न । अर्को महिना अमेरीका फर्कने तयारीमा रहेकी एलिजा भेडेटार पुगेपछि निक्कै भावुक भई । पढाईका लागि चाहिने प्रशस्त पैसा जुटाउने चिन्ता थियो । पढाइसकेपछि नेपाल नै फर्किन प्रयास गर्छु पनि भन्दैथिई । भेडेटारको भ्यु टावर चढेपछि फोटो खिचीरहँदा उसले भनि अहिले भुइचालो अयोभने हामी बाँच्छौ? म हाँसेमात्र । सोचे जहाज चढ्याबेला म पनि सोच्छु, अहिले यो जहाँज झर्यो भने म बाँचौला त? मनमनै गमे, छाला जतिसुकै फरक भएन, चालनचलन फरक भएपनि मान्छेको सोच समान हुदोरहेछ ।
चारवटा माफियाँ र २०÷२५ जना नागरिकको बीचमा माफियाहरु सारै शक्तिशाली । झन्डै झन्डै सबै नागरिक माफियाद्धारा सखाप हुनै आट्दा नागरिकले माफिया चिने र सबैलाई पालैपाली मारे । गाउँमा खुशी छायो । नागरिकले जीते माफियाले हारे । भेडेटारको भेडेटारभ्यू होटलमा सुनसरीका बिद्याथी, प्रहरी, एनजीओ, राजनीतिकदलका प्रतिनिधिहरुलाई खेलाएको खेलको नाम थियो माफिया । तासको सहाराले खेलिने खेलले सबैलाई मनोरञ्जन दियो, सँगै गएकी एलिजालाई पनि । भोलीपल्ट छुट्टिने बेलामा साथीहरुले भन्दैथिए, सरलाई अब माफियाँकै रुपमा चिन्नेछौ । एकैरात भएपनि सही शान्ति, संविधान, सुशासनका लागि युवा, नागरिक समाज, राजनीतिक दल र प्रहरी मिलेर गरिने कामको बारेमा छलफल र कार्यक्रम निर्माणका लागि भेला भएका प्रतिनिधिहरुका बीचमा माफियाँको परिचय बनाएर फर्किए बिराटनगर हुँदै काठमाण्डौ, एकदिन बसेर डडेलधुरायात्राको तयारीका लागि ।
असार ५ गते, २०६८
न्यू मिडिया, सामाजिक सञ्जाल भर्सेस परम्परागत मिडिया । बिश्वमै चलिरहेको बहसले हामीलाई पनि छोएको छ । ब्लग, ट्वीटर, फेसबुक तथा अन्य सामाजिक सञ्जालहरु न्यू मिडियाका लोकप्रीय माध्यम बन्दैछन् । केही दिन अगाडि प्रेस काउन्सील नेपालले माइसंसारडटकम नामक लोकप्रीय ब्लगलाई चिठ्ठी लेखेपछि नयाँ शिराबाट बहस शुरु भएको छ के ब्लगिङ् पत्रकारिता हो त? परम्परागत सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको आचारसंहिताले न्यू मिडियालाई पनि समेट्छ त? पत्रकारहरुले आचारसंहिता लागु गरे नगरेको अनुगमन नै गर्न पनि चुनौती मोलिरहेको नेपाल प्रेस काउन्सिलले ब्रोडकास्टीङ र अनलाईनलाई समेट्न नसकिरहेको अबस्थामा ब्लगिङ्को आचारसंहिता लिएर प्रश्न गर्न सक्ला? यसलाई आफनो कार्यक्षेत्रमा ल्याउन सक्ला? असंगठित र कानूनी दायरामा नआईकन व्यक्तिले वेवसाइटमार्फत सूचना, जानकारी, साहित्यीक सिर्जना, फोटो, भिडियो मार्फत सञ्चालन गरिरहेका ब्लगिङ्लाई आचारसंहिताको परिधिमा ल्याउन काउन्सीललाई सजिलो छैन, तर अप्ठ्यारो छ भने उम्किन मिल्ने ठाउँपनि छैन । तर अहिलेको सवाल हो के गर्ने? यो बहससँग इन्टरनेटको उपलब्धता तथा त्यसको उपयोग पनि जोडिएर आउँछ । किनभने ब्लगिङ् त्यतिबेलामात्र सम्भव छ जतिबेला प्रयोगकर्ताको पहुँच इन्टनेटमा हुन्छ । किनभने ब्लग ९द्ययिन० भनेको वेवसाइट हो यो इन्टरनेटमा शुक्क सहित र निशुल्क दुवै रुपमा उपलब्ध छ ।
इन्टरनेटमा अथाह सूचना भण्डार छ । त्यसलाई उपयोग गर्नमात्र जानेको खण्डमा पनि सूचना अधिकारबाट कोही पछि पर्दैन । सूचनाले शक्ति आर्जन गर्न सघाउँछ । इन्टरनेटमा उपलब्ध सूचनाबाट फाइदा लिनु भनेको शक्तिशाली हुनुपनि हो । इन्टरनेटमा उपलब्ध सूचनाहरुबाट फाइदा लिने सुविधाबाहेक आफुसँग भएका कुनै पनि सूचना, जानकारी, तस्विर इन्टरनेटको अथाह र निशुल्क (थोरै) स्थानमा भण्डारण गर्न पनि त्यत्तिकै सुबिधा छ । यही सुबिधाको फाइदा स्वरुप अहिले जो कोहीले जुनसुकै बेला इन्टरनेटमा खाता खोलेर आफुसँग भएका सूचना, जानकारी, फोटो, भिडियो भण्डारण गर्न र व्यापक बनाउन सकेकाछन् । यो व्यापकताको फाइदा लिनेहरुमा सबभन्दा अगाडि छन्, ब्लगरहरु ।
के ब्लगर पत्रकार हो? के हो त यसको उत्तर? कसैले भन्छन् ब्लगर पत्रकार हो । हैन भन्नेहरु पनि छन् । हो भन्नेकुरालाई मान्नेहरु भन्छन्, ब्लगर त्यतिबेला पत्रकार हो जतिबेला उसले अरु पत्रकारले जस्तै समाचारमुलक बिषयहरुलाई आफ्नो ब्लगमार्फत अद्यावधिक गर्छ । ब्लगर पत्रकार हैन भन्नेहरुको अनुसार आफ्ना भावना, साहित्यीक सिर्जना, फोटो, भिडियो आफ्नो सोखको रुपमा ब्लगमा राख्ने ब्लगर पत्रकार हैन । यी दुवै तर्क सही हुन् । तर प्रश्न उठ्छ, ब्लगमा राखिएको कुनै पनि सूचना गलत छ, कसैको मानहानी गर्छ, समाजमा व्यापक नकारात्मक प्रभाव पार्छ तर त्यो समाचार हैन, बिचारमात्र हो, ब्लगरको भावनामात्र हो । यस्तो अबस्थामा कानूनी उपचार के हुन्छ त? नेपाल प्रेस काउन्सीलले पत्र लेख्ने र कार्वाही गर्ने? कार्वाही गर्न सजिलो छैन किनभने काउन्सीलको अहिलको कार्यक्षेत्रले ब्लगलाई समेटदैन । त्यसोभए बिद्युतीय कारोवार ऐन अन्तगर्त कार्वाही होला अथवा के होला? तमाम प्रश्नहरु निरुत्तर छन् ।
ब्लग मार्फत सार्वजनिक हुने कुनै पनि सूचना जानकारीको प्रभाव परम्परागत माध्यमको भन्दा शक्तिशाी हुन्छ । अन्तरक्रिया, तत्काल अद्यावधिकता, सिर्जनानात्मक प्रस्तुती अनि सूचनाका उपभोक्ताबाटै समाचार वा सूचनाको सिर्जना, यसैकारण परम्परागत माध्यमका लागि चुनौतीपुर्ण बन्दैछ ब्लगिङ । ब्लगलाई जसरी पनि प्रयोग गर्न सकिन्छ जस्तै समाचार लेखेर, अद्यावधिक गरेर, फोटो, भिडियो अपलोड गरेर, बिचार सिर्जना गरेर । कसरी उपयोग गर्ने भन्ने कुरा उपभोक्ताको विवेकमा भरपर्छ किनकी यसको लागि पुर्वस्विकृती चाहिदैन । नियमनकारी निकायमा दर्ता गर्नुपर्दैन । इन्टरनेटमा खाता खोलेमात्र पुग्छ । ब्लगमार्फत सार्वजनिक कुनै पनि बिषयको पहुँच व्यापक छ । त्यहाँ पुगेपछि कुनैपनि कुरा गोप्य हुनै सक्दैन । तत्कालै व्यापक उपभोक्ताको नजरमा ती सामग्री एकैसाथ पुग्छन् । यसरी सार्वजनिकहुने सूचना, बिचार, भावना, तस्वीर, श्रब्यदृष्यले अवश्य सार्वजनिक चासो राख्छन् । यहि बिशेषताका कारण ब्लगमा उपलब्ध कुनै सामग्रीले कसैलाई लान्छाना, अभियोग, आरोप लगाएको, सूचना गलत भएको खण्डमा, बिचारहरुलाई तोडमरोड गरेर संम्पेशित गरेको पाइएमा उत्पन्न हुने क्षतिको जिम्मेवारी कसले लिने? नैतिकताको आधारमा कसैले जिम्मेवारीबोध नगरेको खण्डमा सम्बन्धित ब्लगलाई जिम्मेवार कसरी तुल्याउने?
यसका लागि केही न केही कानूनी उपचारको बाटो खोज्नु बुद्धिमानी हुन्छ । त्यस्तो कानूनीबाटोको शुरुवात ब्लगरहरु आफ्नै पहलबाट गर्नु जरुरी भैसकेको छ । यस्तो पहलको परिणाम ब्लगरहरुको आचारसंहिता निर्माण र कडाइका साथ त्यसको पालना हुनसक्छ । ब्लगको सार्वजननिकिकरणसँग स्वत बुझ्नु पर्ने हुन्छ की, सूचना सहि हुनुपर्छ, बिचार मर्यादित हुनैपर्छ, तथ्यांकलाई बङयाउन पाइदैन, कुनै पनि घटना तथा बिषयको अतिशयोक्तिपुर्ण बर्णन क्षम्य हुन सक्दैन । ब्लग अभिव्यक्ति स्वतन्त्रताको लागि उपयुक्त स्थान हो त्यसैले अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा ध्यानदिनुपर्ने आधारभुत कुराहरु ब्लगिङमा पनि लागुहुनुपर्छ । विस्वसनीयता, स्रोतको उपयोगजस्तो संवेदनशील सवालहरु परम्परागत माध्यममा कार्यरत पत्रकारहरुमामात्र नभै ब्लगरहरुमा पनि लागू हुनुपर्छ । प्रेस काउन्सील नेपालको हालको अधिकारक्षेत्रले यो सवाल समेट्दैन भनेर काउन्सीललाई गालि गर्ने कुरा एकठाउँमा सही होला तर यसो गरेर ब्लगरहरुले आफ्नो सामाजिक दायित्वबाट बिमुख हुन नमिल्ला की?
नेपालमा अहिले असंगठित तथ्यांक अनुसार सातसयको हाराहारीमा ब्लगर छन् । ब्लगर हुन कहि कतै आवद्ध हुनुनपर्ने, सदस्यता नचाहिने, योग्यता नचाहिने, दर्ता गर्नुनपर्नै, मात्र इन्टरनेटमा साक्षर र पहुँच भएमात्र पुग्ने भएकोले इन्टरनेटको पहुँच र लोकप्रीयतासँग ब्लगरको संख्या हरेक दिन बढ्न सक्छ । इन्टरनेटको पहुँच बढिरेको अबस्थामा आउनेदिनमा चुनौती रहित हुनेछैन ब्लगिङ् । त्यसैले समयसान्दर्भिक यस्तो चुनौतीलाई सामना गर्ने शुरुवाती प्रयास ब्लगरहरुको आचारसंहिता निर्माणबाट गरौ । नेपाल प्रेस काउन्सील यसका लागि सहयोग गर्न तत्पर हुनुपर्छ, पत्रकार महासंघले पनि यसलाई किनारा लगाउनका लागि सार्थक प्रयास शुरु गर्न ढिलो गर्नुहुदैन । तर सबभन्दा पहिलो पहल ब्लगरहरुबाटै हुनुपर्छ । आरोप, प्रत्यारोपभन्दा पनि भुमिकाको खोजी र सही उपयोगले सार्थक परिणाम निकाल्छ । बिज्ञ ब्लगर साथीहरुलाई भन्नै पर्दैन ।

I had a wonderful trip to Bhaktapur Darbar Square, after a long gap! Son also got enjoyed a lot seeing most impressive historic monument of the city.
Internews in its programs report says several journalists gathered in the roundtable held in different countries in middle-east said that young people turn to social media because mass media has failed to play its watchdog role. Youth don’t trust the media in Palestine. It does not relate to them, it does not give a voice to the people. Even mass media journalist began trusting the social media like Facebook more saying, because news or views social media produces come from real people.
Growing popularity of social media has made media experts, academicians and universities realize the need of creation of new media and social media course in universities. This need is realized because people need to understand what social media is its tool. On the other hand new media is facing growing criticisms in terms of reliability, authenticity, credibility; sources etc and critics are those who practice mass media. Therefore, time for both new media promoters and practitioners has come up to make people understand about the impacts of new media to be able to utilize them correctly.
बडेमानको ल्यापटप, भिडियो क्यामेरा, डिजिटल स्टील क्यामेरा, दुईवटा मोवाइल, इन्टरनेट डिभाईस – सूचना प्रबिधिका अत्याधुनिक उपकरणहरुले भरिएको झोलामा अमेरीकी राष्ट्रपति बाराक ओबामाको पुस्कत अडासिटी अफ होप । उपकरण चलाउ या नचलाउ, किताव पढुँ या नपढुँ, धाकै लाउन भएनि बोक्नुपर्यो नी । भयो भने त्यस्तै, उपकरणको भारी, किताव एकपानाभन्दा पल्टिएन । तैपनि यात्रामा उत्साह थियो । तीनघण्टाको उकालो, उवडखावड बाटोमा धुलो उडाउदै दौडिरहेको महिन्द्राको बोलेरो जीप बेसीसहरबाट उकालो लागेपछि अजंगको पहरो छिचोल्दो रहेछ तर जाँदा देख्नु परेन, डरलाग्दो पहरो पुमेको भिर । मान्नैपर्छ, मान्छेले चाह्यो भने जे पनि हुन्छ । पहरो नै फोरेर गाडि कुद्ने बाटो बनेछ तीनबर्षमा । सर डरलाग्दो छ भिर, तल नहेर्नुहोला, छेउमै बसेका गुरुजी पवनजीलाई भन्दै थिए तर डराइरहेको थिए म ।

मलाई असाध्य डर लाग्न थालेको छ हिजोआज । खासगरी हवाइयात्रामा, अनि बाटोमा भीर छ भने स्थलयातायातमा पनि । सन् २००९ को जुनमा अमेरीकाबाट फर्किदा प्यासिफीक माथिको आकाशमा मध्यराततीर हुनुपर्छ हङकङ आइरहेको क्याथे प्यासिफीकको जहाज बेजोडले हल्लीयो । झन्डै एकघण्टा । मरिन्छ झै लाग्या थियो, तर केही भएन । के भएको हो चाँही थाहा भएन, तर भयो के भने त्यसपछि सधै जहाज यात्रामा डर लाग्न थाल्यो । अनि भीरको बाटोमा गाडि हल्लियो भने पनि खुब डरलाग्छ । डर हामीसँगै आएको अर्को जिपको छतमा बसेर ६÷७ जना तोरी लाहुरे साथीहरु त्यही भीरमा पिङ खेल्दै हिडे, उनीहरुलाई केही भएन, सातो गयो मेरो । धन्य भगवान, बल्ल बाँचियो । भिर काटेर सुरक्षित स्थानमा पुग्दा मैले मात्र हैन सहकर्मी पवनजीले पनि यस्तै सोचेछन् । कम्ता डर लाग्या हो र, भन्न मात्रै नभनेको । उज्यालो अनुहारमा कस्सिकस्सि बोल्दै थिए उनी ।

त्यही भिरको छोटोबाटोमात्र त्यस्तो थियो जहाँ तीनघण्टाको पट्यारलाग्दो बाटोम ाझै धुलो चै थिएन । नत्र धुलो, अर्गानिक पाउडर (गफिदाँको भाषा) खानु खाइयो । बेशीसहरबाट मात्र तीस किलोमिटरको बाटोलाई तीनघण्टा लाग्यो जीपमा । धुलो र अप्ठ्यारो उकालो कहिल्यै नसकिदाँ त लाग्यो बिनासित्ती आएँ मायालू छोरा र श्रीमती छोडेर । रेडियो मस्र्याङदीका साथीहरु प्रेमकुमारी र मिनाले अघिल्लो साँझ भनेका थिए, भिर चाँही खतरा छ, त्यसपछि त सजिलै छ । तर के को सजिलो हुनु । बाटैमा हाप्न नमिल्ने रमात्र, नत्र माँकसम, म त दिक्क भैसकेको थिए । काठमाण्डौबाट गएका सामुदायिक प्रहरीका सई उत्तम श्रेष्ठका ठट्टा र जोकले बाटो चै कटाएकै हो । ट्राफ्रिक प्रहरीले खेदेको देखि पञ्चावी बाबाका जोकहरु साह्रै घतलाग्दा थिए । मैले पहिलोपल्ट सुनेका रहस्यमिश्रीत र हसाँउने जोक । ठिक्ककै भएपनि मलाई पनि एकदुईटा त आए । महादेवले शीवरात्रीमा बागमति पुलमुनि बसेर गाँजा खाएको जोक होस् या अमेरीकीको कुनै शहरमा हिडिरहेको नेपालीलाई अफ्रिकन मूलको कुनै ठगले, पैसा दिदैनस भने एचआइभी सार्दिन्छु भन्दा, सार न त हेरौ, कण्डम लगाएर हिडेको छु भन्ने नेपालीका बारेका ठट्टा चाँही फुरेकै हुन् । प्रकाशजीको सुर्खेतीको सत्य घटनामा आधारित लघुकथा पनि बेजोडको थियो । जे होस्, ताजा धुलो खाँदै, हाँस्दै, गीत सुन्दै जीपको पछाडिको भागमा छ जनाको यात्रा यादगार नै रह्यो ।

सरले क्यामेरामा दृष्य कैद गर्नुपर्यो, अघिल्लो दिन खाएको सिस्नु र कोदोको ढिडोको करामत बिहान पाँचबजेदेखि नै देखिन थालेकोले होला म लगातार चर्पि गैरहेको देखेपछि रसीक स्वभावका सइ साप उत्तमले के बाँकी राख्दे, सिस्नोले पखाला लागेको दृष्य भिडियो क्यामेरामा कैद गर्ने हो क ीभनेर दिनसम्म बाँकी राखेनन् । झन्डै ३५ जनाजति जति अधबैशे अल्लारेहरुलाई के चाहियो, पुग्यो अब मलाई उडाउन । मैले पनि हरेकपटक चर्पीबाट फर्किदा दिन थाले साथी हो जैसा खाया, वैसा हि गया । २१०० मिटर उचाइमा अवस्थीत उत्तरकन्या गाविस लम्जुङको प्रसिद्ध गुरुङबस्ती घलेगाउँको सभाहलमा हाँसो गुञ्जिन्थ्यो । अब त म उठेर हिड्दा पनि साथीहरु भन्न थाले यसलाई त साँच्चै गलाएछ । तर गलाएका अरु पनि थिए । अलि खुल्न डराउने । आ जैसा खाया वैसा दिया, किसका क्या बिगारा, यस्तो कुरा चै मनमनैमा भने । बल्लबल्ल लागेको फोनमा दुई चारशब्द त राम्ररी बुझिन्थे श्रीमतीका, ती शब्द थिए, जीवनजल चै खानु है, अनि पानी धेरै खानु । फोनले पनि कुरा चै राम्रै बुझेको हुनुपर्छ । नत्र दुई दिनबस्दा राम्ररी कुरा हुन पाएन । फोन लाग्या बेला पनि कुरा अस्पष्ट, तर त्यो कुरा चै स्पट । सायद माया भन्या यही होला ।

घलेगाउँ पुगेको भोलिपल्ट बिहान ५ बजे मोवाइलको एलार्म बज्यो । आफ्नै हो क ीभने, रहेछ सइ सापको । सँगै थियौ, पवनजी म र सइसाप । राती किताव पढ्दापढदै घुर्न थालेका सइसाप बिहान पाँचै बजे? मेरो प्रश्न भुईमा खस्न नपाउदै भन्न थाले जोउ जोउ सुर्योदय हेर्न । जानै पर्यो । रातभरी बाजा बजाउने पवनजीलाई किन छोड्ने । चलौ अध्यक्षज्यू । आहा, ठिक गरिएछ, सुर्योदयको दृष्य चै खिच्न पाएकै हो । लमजुङ, माछापुच्छ्रे हिमालको टुप्पोमा पहेलो घाम परेको दृष्यदेखि घाम झुल्किरहेको दृष्य आनन्दले कैद गरियो क्यामेरामा । आफु बसेको घरमा गएर हेर्दै जाँदा थाहा भयो दृष्यभरी म निकै बोलेको रहेछु । त्यो पनि भाषा चै गज्जबकै रहेछ, जे भन्दा पनि अन्त्य चै अवस्था हो, स्थिती हो यस्तै यस्तै । अहिले घाम झुल्किएको स्थिती हो । हामी २१०० मिटर उचाईमा रहेको अवस्था हो, आदी आदी । काठमाण्डौ फर्केपछि

त्यो भिडियो श्रीमतिलाई देखाउँदा उनी पनि भन्दै थिइनु, भाषा चै राम्रै भएछ भन्ने लागेको स्थिती हो ।
स्थिती जे भएपनि घलेगाउँको यात्रा अविष्मरणीय रह्यो । धेरै सुनेको ठाउँमा पुग्नुभन्दा पहिले अपेक्षा धेरै हुनु स्वभाविक हो । बिशुद्ध स्थानीय स्वाद र शैलीमा पाकेको खना, सागको तरकारी, अगेनामा दाउरा बालेर पकाएको लोकल चामलको भात, अर्गानिक चिया, आलुको तरकारी, सेल रोटी, झिलझिले, गुन्द्रुक र भटमासका अचार भन्दा मिठो थियो घरवेटी बुबा र आमाको बोल्ने शैली । ए बाबु भित्र आइज । दिउँसो त्यहाँ पुग्दा त कसैले पनि त्यसरी बोलाएन । अहिले को के भन्छ? फेरी बोलायो, एबाबुहरु बाहिर नबस, सितझर्छ, चिसो लाग्छ, भित्रै आइजा । आगो ताप । सुन्दा मलाईमात्र हैन सइसापलाई पनि रिस उठेछ । एकछिन अगाडि त खै कसलाई हो फोनमा भन्दै थिए म तिमीलाई हिउँ ल्याइदिन्छ, तिम्रो लागी त्यो भन्दा ठुलो उपहार के हुनसक्छ? तर नबोलीकन चुल्हैमा पुगे अहिले चै । हामीसँगैको घरमा बस्ने बाराका असइसाप अरुबेला बोल्दैनथे, भाषा नबुझेर हो की भन्या, तर त्यो कुराले उनी पनि छक्क परेछन् । एकदुई चोटी अप्ठेरो भएपनि बुझ्दै जाँदा थाहा भयो त्यो त उनीहरुले सम्मानजनक रुपमा नै बोलाएका रहेछन् । त्यहाँको शैली नै त्यस्तै रहेछ । आगाको छेउमा बसेर एकहातले नाक पुछ्दै अर्को हातले खानेकुरा चलाउने ७२ बर्षे हजुरआमा पनि आइजा नै भन्छिन् बाँ । त्यतिमात्र कहाँ हो र बेशीशहरदेखि गएका लमजुङे पत्रकार तथा मानवअधिकारकर्मी कृष्ण अधिकारी पनि पो त्यहाँका सबैलाई आइजा, आइजा भन्छन् बा । बुझेपछि थाहा भयो यो त यहाँको चलन नै रहेछ । अनि मैले पनि भन्न थाले, ए सइसाप आइजा । ए पवन बाबु आइजा, चिया खा । लु बस् । लोकल कुखुरो पो खान्छास् की? झ्वाइखटटे पनि पाइन्छ रे है । खा, खाँ काठमाण्डौ गएपछि के हो के हो, यही खा बाबु आइजा । पवनलाई किन जोस नचढोस्, जानेबित्तिकै चौरमा बसेर हिमालको काखमा नुहाँउदाको चोट कसरी बिर्सन सक्नु । त्यो चिसो भगाउनका लागि पनि लोकल कुखुराको भाले मर्ने नै भयो । बिचरा, एकछिन अगाडि उज्यालोमा घरबेटी आमाले ख्वाक्क खोकेर थुँ गर्दा डौदिदै गएर खकार खान लालायित त्यही भाले खान अहिले त्यहाँ उपस्थित हामी मान्छे लालायित । त्यसैले त उखान बनेको होला, पाएपछि अलकत्रा पनि खाइन्छ । झ्वाइखटट्े र कुखुराको भाले स्वाहा । तर धन्न कोही मातेनन् । त्यही भएर त्यसलाई कोदो भनेको होला । काठमाण्डौमा पाइने झोल भए, देखाइदिन्थ्यो बाउआमाको बिहे, बिहान उठेपछि राती खानेहरु सबैको तर्क एकै नासको थियो ।

भाले र कोदोको खट्टे खाएर फुर्ति गर्नेमा हामी बस्ने घरमात्र परेनछ । कोदोले त सहकर्मी प्रकाश र विकास बसेको घरमा पो आतंक मच्चाएछ बा । अघिल्लो दिन क्याम्प फायर भयो रे भन्ने हल्ला भोलिपल्ट खुब सुनियो । हाम्रो समुह बुढा युवाहरुको भएकोले होला, क्याम्प फायरमा जान सकिएन । चाहना पनि भएन । फायर त अरु पनि थुप्रै भएछन् । यात्री शेखरको गजल त ठिकै पो थियो रे हाम्री बिद्यार्थी नेता उर्मिला थपलीयाको अगाडि । प्रकाशले भनेको बडो रसीक गजलकार रहिछन् नेवीसँघकी केन्द्रिय सदस्यसमेत रहेकी उर्मिलाजी । प्रतिभा छ भन्ने मलाई अघिल्लोदिन कर्लकीबाट अघिबढेपछि नै थाहा भएको हो । माइक्रोबसमा अरु भने गफमा उनी चै साम्यवाद सम्बन्धि किताव अध्ययनमा व्यस्त । कसरी सकेको होला, रिंगटा पनि नलागेको, कस्तो अचम्म? मैले त यही नै सोच्दै बेशीसहर पुग्दा पो थाहा भयो उनी त गजलकार पनि रहिछन् । रहस्य खुल्दै गयो । घलेगाउँ पुगेपछि उनको पनि गलज फायर भएछ क्याम्प फायरको अगाडि बसेर । अनि प्रकाशको दोहोरी । के मात्रै गाएनन् उनले अरुलाई झम्टनै नदिने । मै हुँ भन्दै गाउन अघि सरेका विकासजी त एकैछिनमा दुलापसे । रुवावासी, कोकोहोलो, प्रकाशका चुनौतीका अगाडि कोही टिकेनन् । भोलीपल्ट हल्ला भयो प्रकाशको त्यो तागतमा कोदो रस मिश्रित थियो । धन्य कोदो । मैले त फेसबुक स्टाटसमा कतै उल्लेख नै गरे, कोदे दोहोरी । जे होस्, कोदे दोहोरीले हातमा कोदोकै खाएजसरी तातोपानी खाइरहने साधनाजीलाई पनि बाँकी राखेन । जान्ने हुँ भन्दै एउटा दोहोरीको गेडो के गाइथिन् प्रकाशको झम्टाइपछि थुचुक्कै । साझँतीर दाङ, बारा बिरुद्ध काठमाण्डौ सुनसरी बीचको शत्रुतापुर्ण फुटवल प्रतियोगीतामा काठमाण्डौको टिममा रहेको त्यही प्रकाशलाई हौस्याउँदाको गुन प्रकाशले दोहोरीमा नराम्ररी तिरेपछि उनको पनि के लागोस् । ए साँच्ची फुटवल खेल्दा म चाँही एकपटक गोलकिपर बने । चार गोल बचाए, दुइ गोल खाएँ क्यारे । पछि खै व्याकवार्ड हो की फरवार्डको जिम्मा लिएको थिए, बल अगाडि बढाउने मौका नै कम पाइयो । दर्शकमा बस्नेहरुले हुटिङ गर्दा मेरो नाम कहिल्यै लिएनन् । पवन लगायत केहीको नाम लिएर हुटिङगर्दा एउटा नामले चै दर्शकदिर्घामा बसेर हुटिङ गरिरहेका महिला साथीहरुलाई निकै अप्ठयारो भएको महशुस गर्न सकिन्थ्यो, त्यो नाम थियो अनेरास्ववीयुका सचिवालय सदस्य दुध प्रसाद घलेको । पवन, पवन, पवन भन्न सजिलो, तर जतिबेला दुधप्रसादले बल अगाडि लान्थे महिला साथीहरुको आवाज बिस्तारै हराउथ्यो । बरु गलल्ल हाँस्थे । हो नी त भन्न पनि गाह्रो नाम, दुधप्रसादजी राम्रो खेलाडी हुटिङ त चाहियो नै तर कसरी भन्ने, दुध, दुध, दुध ... दुई चोटी पछि आवाज नै गायव । कारण त्यो दुध भन्ने शब्द नै हुनुपर्छ भन्ने अनुमान सबैले अनुमान लगाए । हे दुध तेरो रुप अनेक, मैले मनमनै भनेहुँला । फुटवलमा खेलाडी पनि नेपालीमात्र हो र? एउटा बिदेशी, स्पेनी पनि मिसियो । केटो तगडा, बीसबर्षपछि फुटवल खेलेपनि करामत देखाइहाल्यो । गर्मि भएछ, पेन्ट खोल्यो, त्यो पनि दर्शकमा रहेका महिलाहरुको अघिल्तिर उभिएर । गाला राता भए साथीहरुका । गञ्जि खोल्यो, सेतो पेट देखेर कसैले त खैरेलाई उडाइहालेछ, सालेको छालामा चाया परेछ । पछि थाहा भयो त्यो भन्ने चाँही अरु कोही नभएर साधनाजी नै रहिछन् । अरु महिला पनि के कम, भनेछन्, चाया हैन हिउँ नै परेछ नी । जे होस् । खेल मज्जाले नै खेलियो, त्यो पनि २१०० मिटर उचाईको मैदानमा । तर दुर्भाग्य, फुटबल भनेर खेलेको भलिबल परेछ ।

, क्लवका साथीहरुलाई ६०० रुपैयाँ क्यास बुझाउनु परिगो । खेलले पसिनामात्र काढेन, जुनसुकै कुरामा पनि गज्जबको आइडिया निकालेर केह ीगर्न खोज्ने मित्र भाष्करजीलाई अर्को आइडिया फुराउन सघायो खेलले । काठमाण्डौ फर्केपछि इक्वल एक्सेस, युथ एक्सन र इन्टरनेशनल एलर्ट मिलेर मैत्रिपुर्ण क्रिकेट खेल्ने । तालिका साथ पास भयो उनको आइडिया ।
यो लेखपढ्दै यहाँसम्म पुग्दा तपाईलाई लाग्यो होला, साथीहरुले मोजमस्ति नै गरेछन् । सही हो, तर मोजमस्तिमात्र हैन, युवा, सुरक्षा तथा न्यायको सवालमा समुदायमा सार्वजनिक सुरक्षाको क्षेत्रमा युवा बिद्यार्थी, सामुदायिक प्रहरी, शान्ति समिती, बिभिन्न एनजीओ र युवाहरु मिलेर गर्नसक्ने थुप्रै कामहरुको सूची पनि तयार भयो दुई दिनको बसाईमा । बारा, दाङ, काठमाण्डौ र सुनसरीबाट भेला भएका ३७ जना युवाहरुको दस्तालाई घलेगाउँ बसाईले अबस्य नयाँ उर्जा दिएको छ । घाटु, कुष्णचरित्र जस्ता गुरुङ संस्कृती झल्काउने प्रस्तुती, जेठो छोराको लागि गरिने बिशेष समानित कार्यक्रम पुटपुटे, सेल रोटीसँगै एकाबिहानै कोदोको जुस, हिमालको काख, गुरुङसेनी आमाहरुको स्वागत र बिदाई, होमस्टे, स्वादीलो खाना, अनि उकाली ओरालीकै बिचमा हराभरा चियाबगान, जाँदा आउँदा जति सास्ती भएपनि घलेगाउँ यात्रा अबिष्मरणीय लागिरहेको स्थिती हो भन्ने हामीलाई लाग्छ, यहाालाई के लाग्छ कुन्नी?
पोखराको लेकसाइडमा टहल्टाको स्थितीमा अनौठो गीत सुन्ने मौका मिलेको अवस्था थियो । त्यो बेलाको समय साँझ पर्नै लागेको थियो भन्ने अहिले हामीलाई लाग्छ । चिसो थियो वाह्य वातावरण । वास्तवमा गीतको भाका, लय सुने सुने जस्तो लाग्नु स्वभाविक थियो, तर शब्दहरुको बनौट बडो अनौठो भएको हुनाले मेरोमात्र हैन साथमा भएका मित्रहरुलाई पनि त्यसले ध्यान आफुतीर खिच्नु स्वभाविक थियो भन्ने हामीले महशुस गरेको स्थिती थियो । त्यसैले हामीले के निर्णय गर्यौ भने एकछिन भएपनि त्यो गीतलाई सुन्नै पर्ने बस्तुगत परिस्थितीको आधारमा मुल्यांकन गरियो । अनि त्यही अनुसार निर्णय गरी गीत सुनियो । गीतका शब्द अनौठा थिए, जस्तै के खान्छौ कमला, सुन्तला की अमला । वाह, लोकतन्त्रको कमाल? यस्तै रमाइलो र खुलापनकै कारणले बर्षौ जंगलमा बिताएका हाम्रा नेताहरु पनि अहिले लोकतन्त्रकै काखमा लुटपुटिन आएको अबस्था थियो मुलुकमा । हामी त १२÷१३ बर्षदेखि लोकतन्त्रका नाममा हुर्किएको वातावरणमा मौलाएका न परियो । मोजमस्ति, खुलापन, स्वच्छन्दता, के चाहियो? गीत सित्तैमा सुन्न पाएपछि सुन्नै पर्ने निर्णय गरेको अबस्थामा गन्धर्व दाजुभाईहरुको अगाडि बसियो पलेटी कसेर । केटा र केटीले प्रश्नउत्तर शैलीमा गाएको त्यो गीत भएपनि त्यहाँ हाम्रा गन्धर्व दाजुभाईहरुमात्र उपस्थिीत भएर गीत गाईरहेको स्थिती थियो । गायक महिला थिएनन् । नहुनु स्वभाविक पनि हो भन्ने हामीलाई लाग्छ । गीतको अर्को शब्दः सारै राम्र्री भइछ्यौ, कुन साबुनले मुख धोइछौ, म पनि राम्रो हुन्छु त्यही सावुनले मुख धुन्छु भन्ने रहेछ, ताली नपीटी कहाँ बस्न सकिन्छ? गीतका शब्दहरु सुनेपछि दिनभरीको थकान, धुलो र धुवाँले गलेको मुख नछामिकन मन किन मान्ने स्थिती हुन्थ्यो र? मैले मात्र हैन गीत सुनिरहँदा त्यहाँ उपस्थित अन्य दर्शकहरुले पनि मुख छामेको अवस्था हेर्नलायक नै थियो । सायद त्यो गीतमा सावुन र मुख धुएको प्रसंग बलियोसँग उठेकोले हुनुपर्छ । काठमाण्डौमा पानी आउँदैन । पानी नआएपछि मुख कसरी राम्ररी धुन सकिन्छ । त्यसैले यस्तो बेलामा कसैले सावुन, पानीको कुरा गरिहाल्यो भने त्यो अवस्थामा के गर्न सकिन्छ, यहाँहरुलाई भन्नुपर्छ जस्तो लाग्दैन । वास्तवमा शहरको जिन्दगी व्यस्तमात्र हैन अस्तव्यस्त हुन्छ जस्तो हामीलाई लाग्छ । काम पनि छैन फुर्सद पनि छैन जस्तो । अलिक कडा रुपमा भन्नुपर्दा मिसिन जस्तो हो की मान्छे जस्तो लाग्छ हामीलाई । अनि त्यस्तो कोलाहलको अवस्थाबाट बाहिरीनु पाउँदा एउटा उन्मुक्तिको महशुस त अवश्य हुन्छ, तथापी के कुराले सताँउछ भने प्यारो छोरो, मायालू श्रीमती, दुवैको साथबाट भने बाहिरीनु पर्ने अवस्था कम्ता असह्य हुदैन । यसो हुने स्वभाविक पनि हो भन्ने हामीलाई लाग्छ । यसैलाई पहिलेका मान्छेले मायाजाल भनेको हुनुपर्छ भन्ने हामीलाई लाग्छ । अनि यो पनि लाग्छ की यसरी परिवारबाट बिछोडिदाँ माया गाढा बन्छ भन्ने पनि लागिरहन्छ । अनि, हिडदाँ खेरी यस्तै आक्कल झुक्कल, समय र परिस्थितीले सिर्जना गर्ने यस्ता अवसरको भरपुर उपभोग गर्नुपर्छ भन्ने हामीलाई लाग्छ । नेताहरुले भन्ने गर्छन नी, प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि अगाडि बढनु पर्छ । यो भनाई सही हो भन्ने हामीलाई लाग्छ ।
लोकगीतका पारखी धेरै छन की भन्ने लाग्छ अहिले । तर अग्रेजी गीतका पनि रैछन धेरै । यहाँ फत्तेमानको कन्सर्ट भयो भने कसैले दुइ हजार तीर्ने स्थिती होला त? तर खै ब्रायन आडम्स रे, उ आउँदा ६ हजार रुपैया तीरेर कन्सर्ट हेर्न पनि मान्छे तयार भएको अवस्था देखियो । रंगशालाबरपरको भागमा आज बिहानैदेखि जे देखियो, मानौ त्यहाँ ठुलो उत्सव हुदैछ अनि बिजयोत्सवका लागि नागरिकहरु सडकमा उत्रिएका छन् । अनि जसको गीत सुन्न उनीहरु त्यहाँ भेला भएकाछन् उसलाई भव्य सुरक्षाका साथ प्रहरीहरुले स्कर्टिङ गरेर हर्न बजाउदै ल्याएको पनि देखिएको अवस्था थियो आज दिउँसो त्यहाँ वरपर । बाँच्नुपर्छ देख्न धेरै पाइन्छ भन्ने हामीलाई लाग्न थालेको छ । हेरियो आज त्यो पनि जसका लागि दुनियाँले हजारौ रकम बगाए । आफुलाई अहिले लाग्छ कतै आफुले पनि त बगाएको स्थिती हैन? समय अनुसार चल्नुपर्छ भन्ने लागेर नै होला आ जे होस् भनिरहेको स्थिती हो यो ।
अलिबर्ष पहिलेको कुरा याद आएको अवस्था हो यो लेख लेख्दा लेख्दै । मैतिदेवीको एउटा कोठामा बिद्यार्थी जीवनको दुःखी बास भएको अबस्था थियो । साथी पनि भएको स्थिती थियो भन्ने अहिले लाग्छ । बजारमा एउटा अनौठो गीत आएको हल्ला चल्यो । साथी तोया र म घुम्न भृकुटीमण्डपको हङकङ बजार गएको अवस्थामा हामीले त्यो गीतको अनौठो शैलीलाई मन पराएर क्यासेट किन्ने निर्णय गरियो । गीत थियो वारी जमूना, पारिजमूना । सुन्दै जाँदा मज्जा नै बेग्लै । तोयाले त्यो गीत पहिलोपल्ट रेडियो सगरमाथामा उसको साप्ताहिक कार्यक्रम सगरमाथा लोक सुसेलीबाट बजायो भन्ने लाग्छ अहिले हामीलाई । त्यसपछि त्यो गीत खुव लोकप्रीय भएको अबस्था थियो । पछिसम्म पनि चर्चित भयो त्यो गीत । गीतमात्र चर्चित हुने कुरै भएन, गायक खेम गुरुङ पनि मज्जाले जमेको अबस्था रह्यो केही समय ।
अहिले हामीलाई के लाग्छ भने गीतसंगीतमा शक्ति हुन्छ । हतियार शक्ति थियो एकजमानामा । पैसा शक्ति थियो । र अहिले पनि छ । सूचनालाई शक्ति मानिन्छ अहिले । अब सूचना प्रबिधी शक्ति हो भन्ने हामीलाई लाग्छ । गीतसंगीत भने जुनसुकैबेला पनि शक्तिकै स्थितीमा रहेको अवस्था हो भन्ने हामीलाई लाग्छ जसले व्यक्तिलाई मात्र हैन समाजलाई नै रुपान्तरण हुन पनि महत्वपुर्ण योगदान दिएको स्थिती हो र यो आउने दिनहरुमा पनि रहिरहन्छ भन्ने हामीलाई लाग्छ । नेपाली होस् वा छिमेकी प्रभुको गन्ध मिश्रीत हिन्दी नै, बहुराष्ट्रिय अंग्रेजी त झनै शक्तिशाली रहेछ भन्ने कुरा अहिले कोणकोणबाट चर्चा चलिरहेको स्थिती भएकोले नै हुनुपर्छ आज ब्रायन आडम्सको कन्सर्टमा हजारौ मानिसले हजारौ रुपैयाँ खर्च गरेको । अमला होस् या कमला, जमूना होस् वा लाइछौ बेसन, गीतमा दम छ र नै हामीलाई अहिले पनि के खान्छौ कमला सुन्तला की अमला सुन्न धित नमरेको स्थिती हो । यहाँलाई के लागेको स्थिती हो कुन्नी?

Popular Posts

Blogger templates

Blogger news

Blogroll

Archive