काठमाण्डौ बाहिर जाँन झन्डै चारबर्ष हवाइजहाजमा मात्र भर परिएछ । सन् २००६ को डिसेम्बरपछि चितवन मात्र धेरै पटक पुगियो । पोखरा पनि त्यतिकै मात्रामा । तर मुग्लीन बिरानो भैसकेको रहेछ । यो साल नोभेम्बर महिनाको अन्तिमसाता गैडाकोट जाने साइत जुर्यो । युवा र सुरक्षाक्षेत्र सुधारको सवालमा गैडाकोटमा समुदायमा आधारित अनुसन्धानकर्ताहरुका लागि तालिम जुराएको थियो म कार्यरत संस्था इक्वल एक्सेस र अरु साझेदारहरु इन्टरनेशनल अलर्ट र युथ एक्सन नेपालले । आयोजक तीनसंस्थाका प्रतिनिधिहरुको लामै ताति भएपछि निर्णय भयो माइक्रोबसमा जाने । शनिवारको दिन केवलकार स्टेशन वरपरको सडक व्यस्त नहुने हो भने माइक्रोमा चितवन टाढा हैन, जहाँबाट १० मिनेटमा पुगिन्छ गैडाकोटको विजय विकास श्रोत केन्द्र । आवासिय तालिमका लागि साह्रै नै सजिलो ठाउँ छ । यसका अभियन्ताहरु साह्रै सहयोगी । घरायसी वातावरणमा खान बस्न पाइन्छ । तालिमका सहभागिहरु बरालिएलान् भनेर डराउनु पनि पर्दैन किनभने नजिकैको नारायणगढ पुग्नका लागि टेम्पो नै चढ्नुपर्छ त्यो पनि लामो पर्खाइपछि । उल्टो रातपरुन्जेल तालिम चलाएपनि हुने । साह्रै व्यवस्थित स्थान ।
शनिवारको दिन बुढो घरमा बसोस् र काम सघाओस भन्ने श्रीमतिको अब्यक्त चाहना र बाउसँग खेल्न मनपराउने तीनबर्ष पुग्नै आँटको छोरोको आशालाई तुषारापात गर्दै साढे १० बजे घरमा खाना खाँदा एकहप्ता अगाडिमात्र अमेरिकाबाट नेपाल आएकी स्वेत सुन्दरी एलिजावेथ नेपाली खानाको तारिफ गरिरहेकी थिई । मेरो कार्यालयमा इन्टर्नको रुपमा आएकी उ नेपालका राजनीतिबारे मेरी श्रीमतिलाई प्रश्नमाथि प्रश्न बर्साउथि । हास्यरसले भरिपुर्ण संवाद बोल्ने मित्र तुलसी नेपालले फोन गरेपछि हामी लाग्यो कलंकीतीर । जहाँ १२ बजे भेट्ने निधो भएको थियो तर सबै जुट्दा एकबज्यो । काठमाण्डौ खाल्डोमा कुजिएको महसुस त्यतिबेला भयो जतिबेला कलकीको फराकीलो सडक मेरा लागि अनौठो थियो । नो ट्राफिक जाम । पहिले यहाँ धेरै हुन्थ्यो अहिले हुदैन भनेर टुटेफुटेको अंग्रेजीमा एलिजाबेथलाई बताउँदै्र पर्खियौ बाँकी साथीहरुलाई ।
मलेखुको माछा खुवाई चित्त बुझ्दो भएन, चिया खाने त कुरै भएन । मुग्लिन पुग्दा साँझको पाँच बजेको थियो । मारवाडीबासामा चिया खानुको मजा बेग्लै । जनकपुरमा एकाबिहानै बसेर जेरी, पुरी, तरकारी र अन्तमा चिया खाएको यादले त्यहाँ पनि नमज्जाले सतायो । सुन्तलाको आशा धेरै थियो तर त्यत्ति धेरै देखिएन । बजार सुनसान । बाटो त ठिकै हो । तर धेरै पछि देखेको होला मुग्लिन बजार अनौठो लाग्यो । स्वेत सुन्दरीमित्रलाई नेपालको पाखा पखेराको बर्णन गर्दै चितवन पुर्याउने सपना पुरा भएन किनभने त्यहाँभन्दा अगाडिको बाटोमा अध्यारोले छ्याप्पै छोप्यो । मुग्लिन नारायणघाट खण्ड साह्रै नराम्ररी बिग्रीएछ । साह्रै लामो र पट्यारलाग्दो लाग्यो यसपाली । फेरी बेलाबेलामा स्टेरिङ छोडेर दुवै हातले पानीको बोतल समाउने गुरुजीको व्यवहारले सबभन्दा अगाडि बसेको मेरो होस हवास नै उडाउथ्यो । धन्न अरुले देखेनछन् । मैले पनि भनिन । तर उमेरले ४० नाघिसकेको गुरुजी संगीतको तालमा स्टेरिङ बजाईरहँदा रहेछन् । अनुभवी भएर पनि होलान् ।
पुर्वपश्चिम राजमार्गमा नारायणी किनारमा अवस्थित थुन्सेको पाते ढिडो खान मनपराउने थोरै कम होलान् । हाम्रो समूहका पनि केही थिए तर समुद्रपारीबाट आएकी स्वेतसुन्दरी मित्रले यस्तो मजाले खाइन् की सबैले उसको खुवाइको तारिफ गरिरहेका थिए । ७ जना दुःखले अट्ने भ्यानमा कोचिएर १० जना फर्किदा एकैछिन अगाडि खाएको ढिडो निस्केला झै भएको थियो, मलाईमात्र हैन अरुलाई पनि । पचाउनका लागि एकछिन नाँचगान त हुनै नै भयो । सुनसरी र कैलाली, कंचनपुरका बाढी पिडितलाई लक्षित गरि संचालित कृषि कार्यक्रममा अगुवाहरु पनि भेला भएका थिए गैडकोटमै । उनीहरुका अगाडि हाम्रो नाँचगान फिक्का । हामीले पनि हाप्ने निर्णय गरौ । दुवै समूहको एउटै हुदाँ भने मज्जा नै बेग्लै । एलिजावेथको नेपाली डान्स, हलभरी तालिको गडगडाहट ।
गैडाकोट पुगेपछि नजिकको हाइकका लागि मेरो परिचित र रुचाएको ठाउँ हो मौलाकालिका मन्दिर । नवलपरासी, चितवन र तनहुँ तीनै जिल्लाको मनोरम दृष्य अनि कालिगण्डकी र नारायणीको मिलन, लाग्नु लोभ लाग्छ त्यो हेर्नलाई । बिदेशी मित्रलाई पनि देखाउ न त नेपालको सुन्दरता । अघिल्लोदिन नारायणघाटमा भेटघाटको तास खाएर फर्किदा मैले खुव बर्णन गरे मौलाकालिकाको । उ पनि उत्साहित थिइ त्यहाँ पुग्न । भोलिपल्ट बिहानै हिड्ने योजना सफल हुदाँ झन्डै १० बजेको थियो । भित्रि मधेश भएकोले होला १० बजेसम्म बाक्लो हुस्सु । उकालो चढ्दा घाम चर्किन थालेका थिए । तुलसीजी र संजुजी आधिबाटोमा नै यात्रा हाप्ने बिचारमा थिए । तर म जसरी पनि पुग्नुपर्छ भन्ने अडानमा थिएँ र सायद एलिजावेथले पनि यो कुरा बुझेकी थिइ । त्यसैले यात्रा सफल भएरै छोड्यो । उकालो चढ्दा जतिसुकै थकाई लागेपनि मौलाकालिका थुम्कोमा पुगेपछि सबै थकाइ खलास हुन्छ र मन फुरुङ्ग । बिभिन्न व्यक्ति तथा संघसंस्थाहरुको सहयोगमा राम्रो बाटो बनेको छ । तर उकालो हिड्न डराउनेहरुका लागि त घाँडौ नै हुन्छ । यात्राका सौखिनहरु नारायणगढ वा गैडाकोट जाँदै हुनुहुन्छ मन्दिर पुग्दा दुइटा काम देवीको दर्शन र हाइकीङ्गको मजा दुवै लिन सकिन्छ । मलाइ आशा छ मेरो लागी तेश्रोपटक तर वहाँहरुका लागि पहिलोपटक पुग्ने बिदेशी मित्र एलिजावेथ र नेपाली सहकर्मीहरु तुलसी नेपाल र संजु जोशीले पनि यात्राको मजा लिनु भयो होला ।

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll