म उच्चजातीय ब्राम्हण । उपाध्याय खानदानको केटो । बुबा भन्नुहुन्छ हजुरबा गाउँमा नाम चलेका पण्डित । तत्कालिन बालागुरु षडानन्दका चेला हुनुहुन्थ्यो रे मेरा हजुरबा । तीनटी फुपुहरुको पनि खान्दानी बाहुन र पण्डितहरुसँगै घरबार भयो । हजुरबाबाको रवाफकै कारण होला दुईटी हजुरआमाका सात छोरा चार छोरीको जन्म । बुबाको बिहे अहिलेभन्दा झन्डै ७० बर्ष अगाडि त्यसगाउँमा ठुलै धाक जमाएर बसेका 'थरी' भट्टराईकी छोरी, गाँउप्रमुखकी बैनीसँग भयो । नजिकदेखि टाढापर्ने सबैतीरका नातागोतामा उपाध्याय बाहुनको धाक र रबाफ नडगमाउने गरी सम्बन्ध बिस्तार र व्यापक हुदैगयो । तीनै हजुरबा सन्तान अहिलेपनि भोजपुर, उदयपुर, सुनसरी, मोरङ र काठमाण्डौमा समेत हजुरबाको रवाफको धङधङी जोगाउन संघर्षरत छौ । बुबापुस्ताको नजरमा छोरा र नातीपुस्ता अलिक अराजक र मतिभ्रष्ट भएकाछन् । किनकी कसैले राईकी छोरी बिहे गरे, कसैले अर्काकी श्रीमती ल्याए जुनकुरा उपाध्याय गुरागाई र कुलको नजरमा पच्न लायक भएन । मेरो बुबाको हामी चारभाई छोरा, सबैको बिहे भयो । बिहे कोसँग गर्ने भनेर पहिलेजसरी अनाबश्यक खोजीनिती नगरेरै पनि होला बुबाआमा ढुक्क हुनुहुन्छ हामी सबैको बिहे उपाध्याय बाहुन परिवारकै छोरीसँग भएको छ भन्नेमा । बुबाको नातीले पनि त्यो परम्परालाई कायम राख्ला, बिश्वास नै नगरेपनि बेलाबेला बुबाको कुरा सुन्दा लाग्छ वहाँमा त्यस्तो अपेक्षा छ ।
यो भुमिका सहित म यहाँ घमण्डका साथ प्रस्तुत भएको छु । मेरो घमण्ड अर्थात म बाहुनमा पनि उच्च बाहुन, उपाध्याय बाहुन् । उपाध्यायभित्र पनि सबै पण्डित हुदैनन् । म पण्डित बाहुन् । पण्डितका सन्तान सबैले आफुसमानकै अर्को पण्डित परिवारकासँग सम्बन्ध जोड्दैनन् तर मेरो परिवारले जोडेकोले म कतैबाट पनि नखसेको बाहुन् । देशको अहिलेसम्म राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा प्रत्यक्ष र परोक्षरुपमा् अरुमाथि शासन गरिरहेको बाहुन् समुदायको बाहुन् । समग्रमा भन्दा बाठो र कपटी बाहुन् । यि सबै पगरीले गर्दा आज म घमण्डले घनिभुत भएर यो लेख लेख्दैछु । बाहुन हुनुको घमण्ड । जात र थरका आधारमा गरिने घमण्ड हिजोआज धेरैले सजिलैसँग गरेको देख्न, सुन्न, पढ्न र भोग्न पाइन्छ । यस्तो घमण्ड नेपालमा यतिबेलाको परिवेशमा स्वभाविक पनि छ ।
२०४६ सालमा प्रजातन्त्र आएपछि बर्गिय शोषणको अन्त्य गर्ने बिगुल फुक्नेहरुसँग मैले पनि कुम जोडेकै हो । समाजबादको सपना देख्नेहरुका झन्डा बोकेर सामन्तीहरुका आँखाको कसिंगर पनि बनेकै हो । बर्गिय बिभेदरहित समानता ल्याउनलाई झन्डा बोकेरमात्र हुदैन अरुपनि तरिकाछन् भन्ने दिब्य ज्ञानलाभ गरेपछि मात्र सक्रिय राजनीतिबाट फरकक्षेत्रमा प्रबेश भयो मेरो । जुन अहिलेसम्म कायम छ । मैले राजनीति बुझेदेखि आजका मितीसम्म हेर्दा लाग्छ दिर्घकालिन महत्वसहित यो देशमा धेरै ठुला उथलपुथल भएकाछन् गएका २२ बर्षमा । सामन्ती शासनको जग राजतन्त्र अहिले छैन । जात, क्षेत्र, बर्गको उत्थान र विकासका लागि समाज सचेत र सजग भएकोछ । भाषा, संस्कृती, धर्मका आधारमा पहिचान बिहीन नागरिकहरु अस्तित्वमा आएकाछन् । महिला समानता स्थापीत सवाल भएको छ । बिभेद उन्मुलनको दिशान्मुख छ समाज । सतहमा अहिले हेर्दा यस्तो देखिन्छ की गरिब दुःखीलाई साम्यबादको गुलियो सपना बाँडेर सत्तामा पुग्न खोज्ने, म्युजियममा हुनुपर्ने भनेर आलोचित भइरहने, प्रगतीशील व्यवस्था साम्यबादका संवाहक मानिने कम्युनिष्टका बिभिन्न घटकहरुले देशमा प्रभाव जमाइरहेकाछन् । हिङ नभएनी हिङ बाँधेको टालो भनेजस्तै प्रजातन्त्रको संरक्षक मै हुँ भनेर स्वघोषणा गर्ने नेपाली कांग्रेस बिचारको राजनीतिमा खडेरी परेकोजस्तो इन्तु न चिन्तुको अबस्थामा छ । राजनीतिमा क्षेत्रीय तथा जातीय शक्तिहरु उल्लेख्य रुपमा प्रभाव जमाउन सफल छन् । अचम्मसँग थाहा हुने गरी के देखिएको छ भने बाद र बिचारबाट निर्देशित बर्गिय राजनीति अब जात, धर्म, क्षेत्र र साम्प्रदायिक किसिमले स्थापित छ । जुनबिन्दुबाद अलिहेको राजनीति पहिलेकै अबस्थामा फर्किनु र आर्यघाटमा पुगेको लाश ब्युझिन्छ भन्नु अब उस्तैउस्तै स्वैरकल्पना हुनथालेकोछ । अपराधले गाँजेको राजनीति र नेताहरुको भ्रष्ट चरित्रले आम मानिसहरु यति निराशछन् की राजनीतिको 'र' उच्चारण गर्यो भने सर्वसाधरण यसरी नाक खुम्च्याँउछन् की सभ्य शहरबाट निस्केको फोहोरको डङगुरले डुङडुङती गन्हाएको बागमति किनारमा यात्रा त्यसो गर्दैनन् ।
बच्चैदेखि सुनेको प्रजातन्त्रको बिकल्प प्रजातन्त्रनै हो । कुरो बुझ्दै गएपछि अहिले पनि लाग्छ प्रजातन्त्र (अहिले लोकतन्त्र भनिन्छ) को बिकल्प प्रजातन्त्र नै हो । प्रजातन्त्रमा अधिकार र कर्तव्य महत्वपुर्ण दुईटा शब्द हुन् जसलाई आत्मसाथ गर्न नसक्ने मान्छे कहिल्यै प्रजातन्त्रबादी हुनसक्दैन । अधिकार माग्नु, पाउनु र त्यसलाई पालना गर्दा आफ्नो कर्तब्य र दायित्व नभुल्नु, सायद नैतिकशिक्षाको सही उपयोग गर्ने व्यवस्था हो प्रजातन्त्र । तर हामीकहाँ २०४६ सालपछि अहिलेसम्म, खासगरी ६३ सालपछिका दिनसम्म पुग्दा यस्तो लाग्छ प्रजातन्त्रलाई हामीले छाडातन्त्रका रुपमा बुझ्यौ र त्यसरी नै आत्मसाथ गर्यौ । हाम्रा व्यवहारहरु छाडा सोच र व्यवहारले नियन्त्रण गर्न थाले । प्रजातन्त्रको व्यवस्थापनमा कौशल बन्न सकेनौ हामी अर्थात न नेता, न कार्यकर्ता न मजस्जा कुनै राजनीतिमा नलागेका व्यक्ति । सबैले धमिलो पानीमा माछा मार्यौ । ४६ सालको उपलब्धी जोगाउन नजान्दै शुरु भएको हिंसात्मक राजनीतिक वातावरणले समाजलाई धेरै अर्थमा रुपान्तरण गर्न त सक्यो तर सँगसँगै कथित जनयुद्ध नाम दिएको त्यो हिंसात्मक मारकाटको अन्त्य हुदाँ त्यसले रोपेको जातीयता र क्षेत्रीयताको आधारमा गरिने राजनीति यतिसम्म झाँगियो की त्यसलाई तहलगाउने क्षमता गुमाईसकेको थियो समाजले ।
संविधानसभा मार्फत नयाँ संविधान बनाई संघिय नेपालको खाका कोर्न लागेको बेलामा अहिले जातको आधारमा राज्य गर्ने व्यवस्था आयो भने त्यसले अल्पसंख्यक जातकालाई सताउनेछ भन्ने गलत आशयका सन्देशले हाम्रो समाजको एउटा ठुलो समुदाय दिग्भ्रमित छ । उटा उदाहरणः केही समय अगाडि बाहुनसमाजले पुर्वाञ्चल बन्द गर्दा म पनि पुर्वमै थिए । स्वघोषित लिम्वुवानमा बसेर बाहुनले आयोजना गरेको बन्दको साक्षि हुनु सामान्य अनुभव रहेन । हरेक मंगोलियन अनुहारमा बाहुनप्रतिको आक्रोस् अनुभव गर्न सक्ने गरी देखिन्थ्यो । बजारमा अरुणपुर्व लिम्वुवानको पोष्टर टाँगिएको थियो । ती पोष्टर र सिनेमाका प्रबर्धकहरु बाहुन बिरोधी दुर्वचन निकालीरहेका थिए । अर्कातिर बाहुन समाजका स्थानीय कार्यकर्ता चुप लागेर बसिन्न भन्दै बन्द सफल पार्न तयार थिए । उनीहरुमा बाहुनलाई कमजोर ठान्ने अन्य जातीप्रति द्धेषपुर्ण आक्रोस दबिएर रहेको थियो । क्षेत्री र बाहुनले अघोषित रुपमा हात मिलाएका थिए । लामो समयसम्म यो देशमा बाहुनक्षेत्री गठबन्धनको राज्यले अरुलाई बिभेद गरेको छ भन्ने स्विकार्न बाहुनहरु तयार थिएनन् । उनीहरुलाई देख्दा लाग्यो मुठभेड हुनलाग्यो भने उनीहरु जनाई र धोतीमा सडमा निस्कनेछन् । मधेशबाट गई कपालकाट्ने व्यवसाय गरिरहेको दाईको ओठमुख सुकेको थियो । चटपटे बेच्नेको अनुहार मलिन थियो । मान्छेका अनुहार पढ्दा यस्तो लाग्थ्यो कोही खुशी छैनन् । उनीहरु चिन्तीत छन् जातका आधारमा राज्य बन्छन् र बहुमत जनसंख्याले अल्पमतलाई दवाउँछ, अब पहिलेको बद्ला लिन्छन् र शिकार हुन्छन् फेरी बाहुन अनि देशमा कहिल्यै शान्ति हुदैन भनेर । यस्तो दृष्य नजिकबाट देख्दा मलाई लाग्यो देश नजोडिने गरी टुक्रिनेबाटोमा लागेको छ । जातीय मेलमिलाप अब कागज र भाषणमा सिमित हुदैछ ।
मेरा पुर्खा कहिले यो देशमा आए? कहिलेदेखि बसिरहेकाछन्? उनीहरु आदिबासी हुन् वा हैनन् मेरा लागि यो कुराले महत्व राख्दैन । म जहिलेसम्म यो देशमा रहन्छु नेपाली भएर रहन्छु न की बाहुन भएर । मैले आत्मसमिक्षा गर्नुपर्छ यो देशमा बाहुनक्षेत्री गठबन्धनले सयौबर्ष शासन गर्यो । यसरी शासन गर्दा निमुखा, गरिवहरु दविए । जातका आधारमा देखिनेगरी भेदभाव भयो । भाषाका आधारमा गरिने बिभेदले एउटा समुदाय नेपाली हुन सकेन । नेपाली भाषा र नेपाली भेषको बिभेदले अरुभाषा र संस्कृतीलाई माथि उठ्न दिएन । त्यसैले गर्दा हिजो दबाईएका स्वरहरु आज जाती, भाषा, सम्प्रदाय, धर्म, संस्कृती र क्षेत्रको आधारमा बाहिर आएकाछन् र अस्तित्वका लागि लडिरहेकाछन् । रुपान्तरणका बेला यस्तो हुनु स्वभाविक हो । तर यसलाई स्वभाविक मान्न तयार नहुने र देशलाई समृद्ध देख्न नचाहने तत्वहरु अहिले जातीय, क्षेत्रीय तथा साम्प्रदायिक रुपमा समाजलाई टुक्र्याउन उद्यतछन् । मेलमिलाप हुन नदिन सक्रियछन् । समाजमा शान्ति नहोस् भन्दै अहोरात्र खटेकाछन् । जुन काम सबै नेपालीका लागि सधैका लागि घातक छ ।
म यो देशको नागरिक हो । ५९ जिल्ला घुमेको छु एउटा नेपालीको भएर, बाहुन भएर हैन । जहाँजाँदा पनि मलाई लाग्छ त्यहाँका भौतिक सम्पदा, सांस्कृतीक धरोहर नेपालका गौरब हुन् । बनपाखा, नदिनाला नेपालका सम्पत्ति हुन् त्यहाँ सबै नेपालीको बराबर हक लाग्छ । तराई, पहाड, हिमाल नेपालीको गौरब हो । जुन गौरब कायम रहेका दिनसम्म हामी नेपाली हुन्छौ । जातीय, धार्मिक, क्षेत्रिय कुनै पनि मुद्दामा गरिने राजनीतिप्रति ठाडो बिमतिसहित यस्ता आन्दोलनमा तटस्थ बस्ने अभियान स्वरुप सानो प्रयास आज म घोषणा गर्छु मलाई बाहुन हुनुमा घमण्ड छैन । म आजैदेखि आफ्नो नाम विनय गुरागाई हैन विनयशेखर लेखेर सार्वजनिक रुपमा प्रस्तुत हुने प्रतिबद्धता जनाउँछु ।

बैशाख १, २०६९, काठमाण्डौ
मैले किन नाम परिवर्तन गरे? यो http://tyamkeview.blogspot.com/2011/11/blog-post_26.html मा पनि छ पढ्न लायक लेख
Courtesy; http://www.tfcnepal.com/

Recently, with the help of some dedicated and conscious friends from social media Facebook and Twitter, we had started a social media campaign named BOOK FOR VILLAGE, beginning with a meeting at Bhrikuti Mandap on March 31, 2012.

This is a group of enthusiastic friends which is formed with an aim to provide and establish library for children and community at four different Government schools of remote vilages of Nepal, Surkhet, Bardiya and Morang.
In this campaign, besides newspapers and guide papers of any discipline, you can provide us with any readable old/new books especially primary and secondary level books. We have been able to collect more than two thousand books from our helpful friends from Kathmandu and Pokhara in this very short period. And this collection of books has been extended to Hetauda, Surkhet and other towns. We must say, we have been encouraged by the extraordinary participation of our friends.

The gradual increase in number of our participant friends, and excitement for collection of books had encouraged us and added an extra vigour to our aim of building a library. If we find similar success in collecting books, then we can build library not in a single place but nationwide. We just need your enthusiasm, support, encouragement and participation.
Recently we have passed four proposals for building library. Among them we have discussed two proposals here. We will make sure to update the remaining proposals gradually. Especially, for now we have moved ahead to provide books in a way, where the community itself will take the full responsibility of books and use them in their own supervision. Now we are searching for mechanism to fulfill this particular aim. But providing books like this may jeopardize the security of books. So book racks are quite necessary to keep them safely. In order to overcome this problem we have proposed that books will be provided for only such institutions, who are well equipped with book racks and other prerequisites to store books properly. But if this cannot be done, we have proposed to help those institutions by providing them financial aid. For this we have used our own account no, especially for those who cannot provide books but are willing to help the cause financially. We are happy to announce that if we are able to collect sufficient fund, then that fund will be utilized to buy computers and book racks for the library.
We are very thankful to tfcian Mr. Ngawang Chophel Sherpa, who is helping us raise funds in the U.K for this Book For Village campaign. If any one of you are in the U.K and interested in our cause, you can contact Mr Ngawang Chophel Sherpa.

If you have any old new unused books at your home, donate to the students who desperately need them and be a part of our campaign. Thank you.
You can drop your books in the following collecting centers.
1. UFO, Kathmandu Mall [Ground Floor]
2. Youth Action Nepal, Anamnagar
3. Rakshya Shree Sahakari Sanstha, Kalanki.
4. Equal Excess Nepal, Jhamsikhel.

If you have any suggestions and querries, you can join our Facebook Group..

For further details, plz refer to our previous blog post.
Thank You.
-tfcNepal, 2012.
Book For Village ''गाउँमा पुस्तक अभियान''
केहिदिन अघी, [March 31 Saturday, 2012] सोसिएल मेडिया फेसबुक र ट्विटरका सचेत साथीहरुको पहलमा भृकुटिमण्डपम भएको मिटिङ्ग्मा "गाँउमाकिताब" Book For Village भन्ने सोसियल मिडिया अभियान सुरुगरेका थियौँ परिक्षणको रुपमा।
के हो त यो गाँउमा किताव Book For Village अभियान?
सुर्खेतको जर्बुटामा रहेको उच्चमावि करैखोला, मकवानपुरको सारिखेतमा रहेको सुर्योदय मावि, धादिङको नलाङमा रहेको मावि नलाङ र मोरङको श्रीमहेन्द्र निमावी, बवियाबिर्ता ३ मंगलबारेमा स्कुले नानीबाबुहरु र समुदायका लागि पुस्तकालय स्थापना गर्नको लागी खोलिएको एउटा उत्साहित साथिहरुको समुह हो |

एस अभियानमा किताब जम्मा हुने उत्साह र बिस्तारै थपिँदै जानुभएका साथीहरुको जोशले हामीलाई पुस्तकालय बनाउन सकिन्छ कि भन्ने उर्जा थपिंदै गएको महसुस भएको छ। हामीले अहिले काठमान्डौ तथा पोखरामा बिभिन्न साथीहरु मार्फत एकहजार भन्दा बढीपुस्तकहरु जम्मा गरिसकेका छौं र यो क्रम हेटौँडा, सुर्खेत लगायतका शहरहरुमा पनि बढ्दो छ। एसमा सम्पुर्ण साथिहरुको सहयोगले हामि अझ हौसिएका छौँ |



हाम्रो एस अभियानमा कुनैपनि बिषयका पत्रपत्रीका तथा गाइड गेसपेपर बाहेकका पढ्नयोग्य नयाँ तथा पुराना पुस्तकहरु जम्मा गर्न सक्नुहुन्छ र यसैगरी पुस्तकहरु जम्मा हुँदैजाने हो भने पुस्तकालय एकदुई ठाउँमा मात्र होइन, दशौं ठाउँमा बनाउन सकिनेछ, मात्र साथीहरुको उत्साहको खाँचो छ।


हामीले अहिले पुस्तकालयका लागि जम्माजम्मी चारवटा प्रस्ताबहरु प्राप्त गरेका छौं र तीमध्ये दुईवटा प्रस्ताबलाई यहाँ प्रस्तुत समेत गरिएको छ। बाँकी हामी अपडेट गर्दैजाने नै छौँ। अहिले बिशेषगरी समुदायले नै जिम्मा लिएर जिम्मेवारीपुर्बक चलाऊने गरी मात्र पुस्तकहरु जिम्मादिने गरी पहल थालिएको छ र हामी त्यस्को लागि संयन्त्रसमेत खोजी गर्नेछौँ। तैपनी पुस्तक मात्र दिंदा त्यस्को सुरक्षाको समेत प्रश्न उठ्न जानेभएकोले त्यस्लाइ राख्नकोलागि बूकर्याकहरु समेत जरुरत पर्ने देखिन्छ। हामीले आबस्यक पूर्वधार भएका बिद्यालयलाई मात्र पुस्तक दिने भनेको भए पनि यदी हुनसकेको खन्डमा जती सक्दो उठाएर सहयोग गर्न सकिने अवस्था समेत देखिन्छ। त्यसैले यसकामका लागि हामीले tfcNepal कै खातालाई हालको लागि प्रयोग गरी पुस्तक दिन नसक्ने तर आर्थिक सहयोग गर्न चाहने साथीहरुको लागि रकम पठाउन मिल्ने ब्यबस्था गरिएकोछ। रकम पर्याप्त भएको खण्डमा पुस्तकालयका लागि कम्प्युटर तथा बुकर्याकहरु किन्ने कार्यमा खर्च गरिने ब्यहोरा समेत जानकारी गराउदछौं।

एसै क्रममा हाम्रा tfcNepal का साथी Ngawang Chophel Sherpa लाई धेरै धेरै धन्यबाद दिन चाहन्छौँ| ओहाँले UK बाट Book For Village अभियानको लागी सहयोग सन्कलन गर्दै हुनुहुन्छ| एदि हजुरहरु मध्य कोही UK मा हुनुहुन्छ र Book For Village अभियानलाई सहयोग गर्न चाहनुहुन्छ भने Ngawang Chophel Sherpa लाई सम्पार्क गर्न सक्नुहुन्छ|
List of Donors from the UK [via Ngawang Chophel Sherpa]

हामीले ब्लगको यस भागमा दुईवटा बिद्यालय र स्थानिय निकायको शिफारिस पत्रसहित श्री नेपाल राष्ट्रिय सामुदायिक उच्चमावि करैखोला, जर्बुटा, सुर्खेतको पुस्तकालयको आवश्यकता सम्बन्धी स्थलगत विवरण समाबेश गरेका छौं । बाँकी बिद्यालयका जानकारी र आवस्यकता पछी प्राप्त हुँदैगएपछी अपडेट गर्दै जानेछौँ।
१) श्री नेपाल राष्ट्रिय सामुदायिक उच्चमावि करैखोला, जर्बुटा, सुर्खेत ।

Letter from Shree Nepal Rashtriya School, Surkhet.


A letter from Surkhet VDC.

यो विद्यालय बिक्रम संवत २०२९ साल कार्तिक १ गते स्थापना भई वि.सं. २०५२ सालमा निमावि, २०५६ मा मावि हुँदै २०६७ मा उच्च मावि भएको हो । पुर्ण रुपमा सामुदायिक यस विद्यालय संचालनमा कहिँ कतैबाट सहयोग नभएको अवस्थामा जर्बुटा गाविस अन्तर्गतका यस विद्यालयका अभिभावकको अहोरात्रको खटाई, विद्यालय ब्यवस्थापन समिति र शिक्षक विद्यार्थीले खेलेका सकारात्मक भुमिका संधै सम्झिनुपर्ने खालका छन् ।

भौगोलिक बनोटका आधारमा जर्बुटा गाविस बीरेन्द्रनगर नगरपालिकासंग जोडिएको गाविस भएपनि, विकास र पुर्वाधारका हिसाबले यो निकै पछाडि रहेको देखिन्छ । त्यस्तै बिक्रम संवत २०५७ देखिमात्र यस गाउँका विद्यार्थीले आफ्नै गाउँको विद्यालयबाट एसएलसी परिक्षा दिन पाएका हुन । यस अघि यहाँका विद्यार्थीहरु करिब डेढ घण्टाको जंगलको बाटो हुँदै सदरमुकाममा रहेका उच्चमावि नेवारे वा उच्चमावि इत्राममा पढ्न जानुपर्ने बाध्यता थियो । पछिल्ला दिनहरुमा यस गाउँमा पनि उच्चमावि अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढ्दै गएको र यहाँबाट बाहिर पढ्न जानका निम्ति उच्च माविका कक्षाहरु विहानीपख हुने हुँदा उज्यालो नहुँदै झिसमिसेमा जंगलको बाटोको असहज यात्रा गर्नुपर्ने अवस्थालाई २०६७ मा विद्यालयले उच्च माविका कक्षाहरु संचालन गरेपछि सहज बनाएको छ ।

हाल यस विद्यालयले शिक्षा र ब्यवस्थापन बिषयमा उच्च माविका कक्षाहरु संचालन गरेको छ । विद्यालयमा उच्च मावितर्फ कक्षा ११ र १२ मा गरि करिब १३० जना विद्यार्थीहरु रहेका छन भने प्रावि, निमावि र मावि तर्फ गरि करिब ६७० जना विद्यार्थीहरु छन । यस प्रकार विद्यालयले करिब ८०० जना विद्यार्थीलाई शिक्षाको उज्यालो दिनेकाम गरिरहेको छ ।

राज्यको अत्यन्त न्युन आर्थिक सहायता, त्यो पनि शिक्षक कर्मचारीलाई तलब खुवाउँदैमा सकिने, गाविसबाट प्राप्त अनुदान पनि निजी श्रोतका शिक्षक कर्मचारीलाई तलब खुवाउँदैमा सकिने अवस्थाका कारण कैयौँ संघसंस्थाहरुसंगबाट सहयोग लिँदै बिद्यालयले हाल उच्चमावि सम्मको कक्षा संचालन गर्नसकिने भवन निर्माण गरेको छ । तथापी यी भवनहरु सुविधासम्पन्न र पर्याप्त भने छैनन । त्यस्तै एउटा कम्प्युटर ल्याब र केही दिन अघिबाट मात्रै समुदायको समेत पहुँच हुनेगरि एउटा छुट्टै पुस्तकालय भवन निर्माण कार्य सुरु भएको छ । पुस्तकालय भवन समेत स्थानिय अभिभावकहरुको श्रमदानमा बनिरहेको छ । जसका लागि केही सिमेन्ट र बालुवाको जोहो गर्न समेत विद्यालयलाइ धौ धौ भईरहेको छ ।

विद्यालयमा हाल १० वटा पक्की ढलान कोठाहरु, ५ वटा टिनका छानायुक्त कोठा र त्यसमा पनि २ वटाकोठा प्रयोगमा ल्याउन नमिल्ने खालका छन । त्यस्तै एउटा विज्ञान प्रयोगशाला र एउटा सानोकोठा उच्चमाविका विद्यार्थीका लागि अत्यन्त सानो रेफरेन्स बुकहरु राखिएको कोठा र एउटा अफिस गरि जम्मा १८ वटा कोठा छन । शिक्षक र कर्मचारी गरी १९ जना जनशक्ति कार्यरत यस विद्यालयले जर्बुटा गाविसको वडा नम्बर २, ३, ४, ५, ६, ७, ८ र ९ तथा साटाखानी र रतु गाविसका विद्यार्थीहरुलाई सेवा प्रदान गरिरहेको छ ।

समुदायको श्रम र पसिनाका भरमा संचालित यस विद्यालयमा हाल टड्कारो समस्याका रुपमा एउटा सुविधासम्पन्न पुस्तकालयको अभाव नै देखिएको छ । विद्यालयमा हाल रहेको जनशक्तिलाई प्रयोग गर्दै एउटा पुस्तकालय स्थापना गर्ने चाहना विद्यालयको भएपनि आवस्यक पुस्तक सहयोग कहिँ कतैबाट प्राप्त नभएका कारण पुस्तकालय स्थापना गर्न नसकिएको हो । पुस्तकालय स्थापनाका लागि विद्यालयलाई कम्प्युटर थान एक, पुस्तक राख्ने ¥याक ४ वटा र उच्च मावि अन्तर्गत शिक्षा र ब्यवस्थापन संकायका कोर्षबुकहरु, रेफरेन्स बुकहरु, कम्प्युटर लगायत विज्ञान प्रविधिका पुस्तकहरु, कला साहित्य र मानविय अभिरुचीका बिद्यार्थीको ब्यक्तित्व विकासका निम्ति उपयोगी पुस्तकहरु, बालकथा तथा बाल साहित्यका पुस्तकहरु, शिक्षकका निम्ति उपयोगी पुस्तकहरु, सामान्य ज्ञानका पुस्तकहरु, पत्रकारिता, पर्यटन, बैदेशिक रोजगारी, शिप र ब्यवसाय उपयोगी र अन्य जीवनउपयोगी शिपका पुस्तकहरु बिद्यालयको अपेक्षामा पर्दछन ।

अन्त्यमाः अत्यन्तै न्युन आर्थिक अवस्थाबाट गुज्रिरहेको यस विद्यालयले निकै कम पाठ्य सामग्रीका बाबजुद पनि शिक्षाको गुणस्तर खस्किन नदिएको प्रमाण, उच्चमावि संचालनको पहिलो बर्षमै कक्षा ११ को नतिजामा सामुदायिक बिद्यालयहरु तर्फ राम्रो नतिजा ल्याउन सफल जिल्लाका उत्कृष्ट बिद्यालयहरु मध्ये दोश्रोमा यस विद्यालय पर्नु पनि हो भन्न सकिन्छ । तसर्थ शिक्षाको गुणस्तरलाई अँझै उकास्न विद्यालयमा पुस्तकालय हुनुले पनि निक्कै महत्व राख्नेहुँदा पुस्तकालय स्थापनामा यहाँहरु सबैको अमुल्य सहयोगको अपेक्षा गरिएको छ ।

२) श्री महेन्द्र निम्नमाध्यामिक बिद्यालय, बाबियाबिर्ता, मोरङ
Hami es bidhyaalaeko baremaa bistrit bibaran chhittai update garne chhaun.

A Letter from Mahendra Primary School, Morang.

A Letter from Morang VDC.



तल उल्लेखित सेन्टरमा आफुसंग भएका माध्यमिक तह र उच्च माध्यमिक तहका विद्यार्थी भाईवहिनीहरुलाई काम लाग्ने कोर्षको तथा अन्य विभिन्न प्रकारका कितावहरु ल्याइदिन अनुरोध गर्दछोउँ |

1. काठमाडौ मलको यु एफ ओ सप, सुन्धारा
2. युथ एक्सन नेपाल अनामनगर
3. रक्षाश्री सहकारी कलंकी
4. इक्वेल एक्सेस नेपाल झम्सीखेल

हजुरहरुको सल्लाह सुझाब हाम्रो फेसबुक को समुहमा पनि राख्न सक्नुहुन्छ|

[हामिलाई यो ब्लग्पोस्ट लेख्न सहयोग गर्नु हुने tfcian Janak Raj Bhatta र Prakash Lamichhane @baabajee लाई धेरै धेरै धन्यबाद]

-tfcNepal, 2012.
̕अहिलेसम्म अरुलाई थाहा नभएको तिम्रो कुनै रहस्यमय रहर रुची?'
̕म लिभिङरुम जत्रै ठुलो ट्वाइलेट बनाउन चाहान्छु ।'
̕̕किन?'
̕केही महत्वपुर्ण र दुर्लभ किताबहरु अट्ने केही थान दराज पनि ट्वाइलेटमा राख्न सकुँ जसले मैले चाहेका पुस्तक शान्तसित पढ्न सकुँ ।'
̕हा.. व्यंगमिश्रीत हाँसोमा उसले भनि के त्यहाँ तिमीलाई जीवनमा सबैभन्दा धेरै माया गर्ने केटीको तस्वीर पनि हुनेछ?'
̕अबश्य, मेरी श्रीमती, जसले मलाई ट्वाइलेटमा लाइब्रेरी बनाउने अनुमति दिइसकिन् उनको फोटो त्यहाँका हरेक दराजमा हुनेछ ।'
̕वाह् मान्छेका रुचीहरु । मैले भेटेका हजारौ फिरन्तेहरुमध्ये तिम्रो रुची चाँही गजब लाग्यो ।'
̕मैले आजसम्म यो कुरा मेरी प्रेमिकालाई मात्र भनेको थिएँ ।'
̕श्रीमतीलाई?'
̕तीनै प्रेमिका पछि श्रीमती बनिन्, भन्नै परेन ।'
̕ओके । ....' बनमाराको पात निमोठ्दै टोलाएपछि कोरलीले सोधी, ̕तिमीलाई मेरो बारेमा केही सोध्न मन छैन?'
̕के सोधु? हाम्रो भेट ६ महिना अगाडि नै भएको हो नी । त्यो भन्दा अगाडि मैले तिमीलाई फेसबुकमा पनि धेरै कुरा सोधेको थिए । परिवारकी माइली छोरी । एउटी दिदी कोलम्बीयामै छिन् । भाई सेनामा । तिमीले घर छोड्दासम्म बैनी तिम्रा बुबाआमासँगै छन् । तिमी अमेरीका बस्न चाहान्नौ । अहिलेसम्म स्थायी जागिर नभेटिदाँ भविष्यमा यही बन्ने भन्ने टुङ्गो छैन । यहाँभन्दा अरु के कुरा थाहा पाउनु तिम्रो बारेमा?'
̕मेरो जीवनको एउटा पाटो मैले अहिलेसम्म तिमीलाई भनेकी छैन ।'
̕सायद भन्न मिल्ने कुरा हो भने म सुन्न तयार छु । भन्न सक्छौ ।'
̕अँ साँच्ची, मलाई एउटा कुरा भन त सम्राट? मलाई तिमीले किन फेसबुकमा एड गरेको?'
̕अन्यथा नलेउ है त ।'
̕धन्दा नमान, म केही अन्यथा लिन्न ।'
̕तिम्रो नाम कोरली कोएलो । दुवै शब्द मेरा लागि बिशेष छन् ।'
̕कसरी?'
̕कोरलीको अर्थ नेपालीमा तरुनी गाई हो । अझ भनौ कुमारी तर आकर्षक तरुनी गाई । कोहेलो चाँही बिश्व प्रसिद्ध साहित्यकार पाउलो कोएलोको नाम सुनेको, उनका किताब । दक्षिण अमेरीकी मुल अमेरीकामै बसोबास गर्ने । अनि फोटो पनि आकर्षक थियो ।'
कोरलीको नेपाली अर्थ बताइरहँदा उसका गाला हेर्न लायक राता थिए । नजिकबाट हेरे, हिजोराती पनि उसका गाला यसरी नै राता देखिएका थिए, जसमा बिशेष आकर्षण थियो । तीनै रापीएका गालामा अभिव्यक्त भावकै कारण हामी निकैबेर गफियौ, रमायौ । साथमा पाँनधारेमा राईदाईको होटलमा भेटिएको लोकल ठर्राको स्वादले उसलाई अझ लठ्ठ बनाएको थियो ।
̕पाउलो कोएलो मलाई पनि मनपर्ने साहित्यकार हुन् ।'
̕कोरलीको नेपाली अर्थ?'
̕नो कमेन्ट ।'

ंंंंंंंंंंंंंंंंंंंंंंंंंं............................................................................................................................
पाँच दिन अगाडि काठमाण्डौबाट हिडेका हामी आज ट्याम्केडाँडा पुग्नैपर्ने थियो । किनकी त्यहाँ ट्याम्के महोत्सव चलिरहेको छ । अन्तरंग साथी बनेकी कोरलीलाई म जन्मेको जिल्लाको चर्चित डाडो चढाउनुछ । दुरवीन छ भने ट्याम्केबाट काठमाण्डौको धरहरा देखिन्छ भन्छन् । तर बाल्यकालमा कहिल्यै त्यो डाँडा चढ्न पाइएन । ̕ट्याम्केमा सुनखानी छ त्यसलाई अजंगको अरिगंलले चारैतीरबाट बेरेर राखेको छ̕ जस्ता कैयौ डरलाग्दा किवंदन्ति सुनिन्थ्यो बाल्यकालमा जसले ट्याम्के डाँडा मेरा लागि रहस्य नै थियो । तर यसपाली भोजपुरेहरुले महोत्सवको आयोजना गरेछन् । निम्ता गरे । बर्षौदेखिको रहर पुरा गर्न मनलाग्यो ।

६ महिना अगाडि ट्वीटरमा भेटिइ, त्यसपछि फेसबुक फ्रेन्ड बनेकी कोरली यही बेला काठमाण्डौमा थिइ । नाम अनुसार कै खिरिलो ज्यान, बैशालु थिइ उ । पहिलो भेटमा नै जिउ सिरिङ पार्ने चाल थियो उसको हेराई र हिडाई दुवैमा । काठमाण्डौ आउनुभन्दा अगाडि उसले मलाई सन्देश पठाई म आउँदैछु । मैले स्वागत गर्नैपर्ने थियो । उसले अन्तराष्ट्रिय सम्बन्ध र दिर्घकालिन शान्ति प्रकृयामा स्नातकोत्तर गरेपछि फिल्ड अध्ययनको लागि नेपाल रोजेकी थिई । उसको रोजाईमा मेरो सल्लाहले प्रभाव पारेको थियो । उ आउने पक्का भएपछि मैले बाचा गरेको थिए कोरलीलाई कुनै संझनयोग्य पदयात्रामा लानेछु ।

काठमाण्डौ उत्रिएको भोलिपल्ट हामीले ठमेलको हिमालयन जाभामा कफी पिउदैगर्दा गर्दा हाम्रो योजना बन्यो अर्को दिन भोजपुर उड्ने । म निश्चित थिइन, प्लेन उड्छ तर उ उत्साहित थिई । ट्याम्के महोत्सव जानुभन्दा अगाडि मैले उसलाई मेरो गाउँ कटुन्जे लाने सोचेको थिएँ । एकदिन त्यहाँ बसेर अर्कोदिन बास बस्न ट्याम्केको फेदीमा रहेको पाँनधारे बजार पुग्ने योजना अनुसार नै हिजो साँझ घाम पहेलो नहुदै हामी पुगेका थियौ पाँनधारे ।
................................................................................................

̕नेपाली महिलाहरुको दैनिकी देखेर मलाई नरमाइलो लाग्यो ।'
̕यो हाम्रो भोगाई हो मलाई त न रमाईलो नै लाग्छ, न नरमाइलो ।'
̕मैले हिजो तिम्रो गाउँकी एक केटीसँग केही समय गफ गरे ।'
̕के पत्ता लगायौ त्यो गफबाट ।'
̕उनको बिहे जर्वजस्ती भएको रहेछ, त्यो पनि अपरिचित केटासँग ।'
̕कुनै नौलो कुरा होइन मेरा लागि ।̕
̕उनीहरुको सुहागरात कस्तो रह्यो होला? सुखद त अबश्य भएन ।'
राईदाईको पसलमा लोकल ठर्राको नशा लाग्न थाल्या थियो कोरलीलाई । हिजोराती अचानक उसले यस्तो कुरा गर्लि भन्ने मनको कुनै कुनामा पनि नभएकोले होला उसको कुरा सुनेर म झस्के । रक्सी झन्नै सर्कियो । बोल्ने शब्द पाइन । लाजले गाला ताता भएजस्तो भयो । राईदाई अगेनामा भात पकाउँदै थिए । राइनी दिदी छोराछोरी सुताउने तरखरमा । के बोल्नु खोई ।
̕मलाई थाहा छ तिमीहरु यस्ता कुरा गर्दैनौ । सेक्स तिमीहरुको लागि गफ गर्ने सवाल नै हैन ।'
̕त्यस्तो हैन ।'
̕त्यसो भए किन लजाको? मेरो कुराले अप्ठ्यारो लाग्यो । अझै सुन्छौ, मैले त्यो केटीलाई उसको पहिलो सेक्स अनुभवका बारेमा सोधे, उसले के भनी?'
अब भने म चुप बस्न सकिन । कौतुहलता मिश्रित स्वरमा सोधे, ̕के उत्तर पायौ?'
̕उसलाई उसको हस्वेन्डले चारपटक.... ओ.. हाउ पेनफुल एन सेमफुल एक्ट ।'
शुन्यता ।
̕सम्राट गफ गर न । तिमीले पहिलोपटक कहिले कोसँग सुतेको थियौ?'
अब भने मलाई फसाद पर्न थाल्यो । उसलाई निकै लागेछ की क्या हो?
̕के कुनै महिला पहिलोपटक अपरिचित मान्छेसँग चारपटक सुत्न सक्छ? त्यो पनि छिटोछिटो? तिमीहरुको देशमा महिलाको सम्मान छैन, उसको रुचीलाई महत्व दिइदैन । उसको भावना बुझ्न तिमी पुरुषहरु कोशीस गर्दैनौ । महिलालाई तिमीहरु शोषण गर्छौ भन्ने कुराको यो भन्दा गतिलो उदाहरण म के लिएर जान सक्छु मेरो देश?'
̕त्यो एउटा घटना होला, सबै पुरुष त्यस्ता हुदैनन् ।'
̕नेपालमा मात्र हैन, मैले सुनेकी छु दक्षिण एशियाका अरुदेशमा महिलामाथि चरम यौनशोषण हुन्छ । त्यहाँका पुरुषहरु महिलालाई खेलाई खेलाई चुस्न सक्छन् रे । गर्भवती बनाएर छोड्दीदाँ पनि महिलाले न्याय माग्ने ठाउँ र प्रकृया महिलाको बिपक्षमा नै छन् । थाहा छैन सत्य के हो? यदी त्यस्तो हो भने त्यो चरम शोषण हो ।'
̕हाम्रोमा त्यस्तो छैन । हामी महिलालाई सम्मान गर्छौ ।'
̕के तिमीले आफ्नो उदाहरण दिन सक्छौ? मेरो अघिको प्रश्नको उत्तर?'
राईदाईले परैबाट हात धुन आग्रह गरेको कारणले मैले सोचे म बचे । तर कोरलीको चित्त बुझेको छैन मेरो कुरा गराई र कुरा टार्ने शैलीबाट । उ कुनै पनि बेला फेरी त्यही प्रश्न लिएर मसँग बहस गर्न आउनसक्छे ।
................................................................................................

पाँनधारेमा बिहानको एककप चिया पिएर उकालो लाग्दा बाटोमा मान्छेको लस्कर बाक्लिन थालेको थियो । मैले सोचे कोरलीले हिजोको सवाल बिर्सि किनकी हिजो उ मातेकी थिई ।
̕सम्राट तिमीलाई एउटा कुरा भनौ, जब पहिलोपल्ट एउटा केटासँग सुते मलाई आफैसँग घृणा लाग्यो । त्यो सुताई यदि दर्दनाक थियो की मैले बर्णन नै गर्न सक्दिन । तर म बिस्तारै बानी पर्दै गएँ, पछिपछि त म एकैपटक चारजना केटासँग सुतेकी छु । म वाइल्ड नै भए । किनकी म हट छु नी । मलाई हेर त?'
उकालो बाटो, जंगल, सुनसान त छैन । तर उसलाई थाहा छ उसको अग्रेजी सम्बाद बुझ्ने त्यो यात्रामा अरु छैनन् म मात्र छु त्यसैले उ खुलेकी छ । तर म शर्माएको छु । त्यो रुखसँग पनि मलाई लाज लागेको छ । म मनमनले भन्छु हैन यो केटीको दिमाग ठिक त छ?
̕मलाई तिम्रो अनुभव पनि सुनाउ न सम्राट? तिमीलाई थाहा छ म तिमीसँग अझै धेरै खुल्न चाहान्छु ।'
मलाई अब कताकता डर पनि लाग्न थाल्यो । कतै उ मभन्दा एकदुई कदम अगाडि त बढीन? दिमागको रिल घुम्न थाल्यो । हिजो राती उ अझै गफिन चाहान्थी । मातिन चाहान्थि । तर गाउँको बास, बत्ति थिएन । साँझैमा ओछ्यानमा जानु पर्ने । उसको हाउभाउबाट लाग्थ्यो उसले केही चाँही खोजिरहेको छ । तर त्यो केही के हो भन्नेमा मैले खासै चासो नदिएकाले हुनसक्छ उसले मलाई गुडनाइट पनि राम्ररी नभनी स्लीपीङब्यागमा छिरेकी थिई ।
̕थाहा छ, मलाई तिम्रो स्वभाव धेरै मन पर्यो । कास मेरो देशमा पनि तिमीजस्तै इमान्दार केटा भइदिए, मेरो व्याइफ्रेन्ड त एकदम फ्रड छ । उसका अरु पनि थुप्रै केटीहरु छन्?'
̕तिम्रो देशमा जस्तो स्वतन्त्रता हाम्रोमा छैन । भलै हामीकहाँ महिलाहरुमाथि अन्याय छ, पुरुषहरु इमान्दारछन् । मान्छेले मान्छेलाई सम्मान गर्छ ।'
̕त्यसैले त मलाई तिमी मन परेको ? नत्र अनलाइनमा भेटेको मान्छेको बिश्वास गरेर कोही सात समुद्रपारीबाट यहाँ आउँछ? तिम्रो गफ गर्ने शैलीबाटै मैले थाहा पाएको थिए, तिमी इमान्दार छौ ।'
̕धन्यबाद ।'
̕सेक्सको कुरामा म जति ओपन छु तिमीहरु त्यस्तो छैनौ । मलाई थाहा भएर नै मैले अघिदेखि नानाथरी कुरा गरेकी । तिमीलाई थाहा छ? म साँच्चै कोरली नै हुँ । आइ मिन, कुमारी ।'
̕मलाई तिमी किन यो सब कुरा भन्दैछौ?'
̕म तिम्रो टेस्ट लिइरहेकी छु ।'
̕के का लागि?'
̕काठमाण्डौ फर्केपछि भन्छु । अझै टेस्ट लिन बाँकी छ?'
̕अब के जाँच्न आट्यौ?
̕भन्दिन ।'
̕म चाहान्छु तिम्रो आगामी टेस्टमा म फेल होउ ।'
̕मलाई त्यस्तो लाग्दैन ।'
̕किन?'
̕किनकी म तिमीलाई मन पराउन थालेकी छु ।'
̕मन नपराएको भए कसरी हामी यति लामो यात्रामा आउथ्यौ त? मैले पनि तिमीलाई मन पराउँछु ।'
̕हो र?'
̕एउटी असल साथीको रुपमा हामी पछिसम्म नजिक हुनेछौ ।'
शुन्यता
̕किन चुप, कोरली?'
̕मैले अर्कै जवाफ अपेक्षा गरेकी थिए ।'
̕म त्यसका लागि तयार छैन ।'
̕तयार हुन कति समय लाग्छ ।'
̕म कहिल्यै तयार हुन सक्दिन, तिमीलाई थाहा छ नी आइ एम म्यारिड ।'
̕त्यसले के फरक पार्छ र?'
̕त्यही त फरक छ नी तिमी र ममा । तिमी महिला अधिकारको पक्षमा कुरा गर्थेउ अघिसम्म । अहिले ̕आफुजस्तै एउटी महिलामाथि अन्याय गर्ने कुरा सोचिराछ्यौ । यो तिम्रो सपना हो, गलत सपना ।'
̕मैले मेरो बारेमा सोचिरहेकी छु । यस्तो कुरामा म अरुलाई न्याय गर्न सक्दिन ।'
̕यो आम महिलाको कमजोरी हो । आत्मा केन्द्रित सोच ।'
̕तिमी पुरुषहरु चाँही किन महिलासँग साथीको नाममा अन्तरंग कुरा गर्छौ ? किन उनीहरुको दिल जित्न खोज्छौ ? यसो गर्दा के पाउँछौ? तिमीहरुको नियत नै खराव हुन्छ ।'
̕सबै पुरुष त्यस्ता हुदैनन् ।'
̕त्यही भएर त मलाई तिमी मन परेको ।'
̕मन पराउन पाइन्छ तर हामी एक हुन सक्दैनौ ।'
̕म आफ्नो देश गइन भने?
̕तिमी त्यतिसम्म गरौली भन्ने मैले सोच्न पनि सक्दिन ।'
̕महिलाले के सोच्छन्, के गर्छन् तिमी पुरुषहरु कल्पना पनि गर्न सक्दैनौ ।'
̕त्यस्तो केही नगर्नु हामी दुवैको कल्याण छ । तिमी म भन्दा इमान्दार र इज्जतदार छौ ।'
̕तिमीसँगै हुदाँ मेरो इज्जत अहिलेभन्दा बढ्छ ।'
म यो मामिलामा कुरा गर्न चाहान्न ।'

कोरलीको अनपेक्षित व्यवहार र प्रेम प्रस्तावले बाटो त छोटो भयो । त्यसपछि एउटामात्र कुरा भयो सम्पुर्ण यात्रा निरस र खल्लो भयो । अनलाईन मित्रता अफलाईनमा आएर कहिल्यै नबिर्सने गरी लेखिएर रह्यो । फलस्वरुप तपाईले अहिले पढिरहेको रचना तयार भयो ।

माघ २२, २०६८
हिजो सोमबारदेखि अचानक तातेको राजनीति र शान्तिप्रकृयामा देखिएको चुनौती, आज दिनभरीको घटना, परिघटना र समाचारहरुको बिश्लेषण गर्दा यस्तो लाग्छ प्रचण्डले केही हदसम्म विवेकपुर्ण निर्णय गरे । शिबीरका हतियार आफैतीर सोझिने डरले गर्या हो वा देशलाई भ्रममा राख्नलाई हो, यो त इतिहासले बताउँनेछ तरपनि शिबीरमा रक्तपात नहोस्, शान्तिप्रकृयामा केही चुनौतीपुर्ण निर्णय नभएसम्म अग्रगामी हुन सक्दैन सोच र व्यवहार भन्ने बुझेर गरिएको हो भने हामीले त्यसलाई पनि स्विकार्नुपर्छ । देशमा अब एक्ला र सबैले आशा गरेका नेता प्रचण्ड नै हुन् । गिरीजापछि त्यस्तो नेता छैन जसप्रति नागरिकको आशा र भरोशा होस् । यद्यपी प्रचण्डको आजको निर्णयले एउटा गम्भिर प्रश्न उब्जाएको छ र त्यो के भने उनले हिजो जुन उद्देश्यका लागि हजारौ मान्छेको ज्यान लिए त्यो उद्देश्यको एकछेउसम्म पुग्न सकेन माओवादी र नपुग्दै बिचबाटैमा हाप्यो आफ्नो योजना र कार्यदिशालाई । यस अर्थमा उनलाई लडाकुलेमात्र हैन ति मृतक परिवार, तिनका आफन्त, शाखा सन्तानले बर्षौसम्म धिक्कार्नेछन् । आज यस्तो दिन नै देख्नुपथ्र्यो भने किन गरे उनको युद्दको शंखनाद? किन पुरा गर्न सकेनन् ती प्रतिबद्धता जसलाई पुरा गर्छु भनेर उनी युद्दको नेतृत्व गर्न अघि सरेका थिए । उनलाई रगतले सराप्नेछ चाहे त्यो शहिदको होस वा उनीहरुका जीवित परिवारको ।

यदी आजको निर्णय अनुसार अबदेखि माओवादी सेना नेपाली सेनाको नेतृत्वमा नै रहने हो भने यो विघटनपछि माओवादी पार्टी पनि एमाले र कांग्रेसजस्तै पाटी हुनेछ । जुन नेपाली जनताको चाहना पनि हो । शान्ति प्रकृयामा यसले दिर्घकालिन महत्व राख्छ । तर यो माओवादीको अरुबेलाको जस्तै नौटंकी हो भने एकपटक प्रचण्डलाई ईतिहासले धुर्त र कपटी नेताको रुपमा लिनेछ जो न कहिले जननेता हुन सक्नेछन् न त राजनेता नै ।

Popular Posts

Blogger templates

Blogger news

Blogroll