स्वयंम्भु र बाँदर
अस्ती शनिबार बि
श्रुद र कवितासँग स्वयम्भु गएँ । झरीको बिचमा पनि चर्को घाम, उकालोमा छोरो बोक्दा उखान पत्याउने हो भने बाउको बिहे नै देखियो । पसिनाले निथ्रुक्कै । बाचा गरेको थिएँ छोरालाई बाँदर देखाउँछु भनेर । बनकालीमा बाँदर हेर्न नपाएको बिश्रुदले स्वयभ्मुमा बाँदरलीला हेरेर आनन्द लिन्छ भन्ने पुर्ण विश्वस्त थिए । स्वयंम्भुको डाँडोमा त्यति आनन्द आएन, सायद मान्छे धेरै, उभिने ठाउँ थोरै भएर होला । कता कता चारबर्ष अगाडि जाँदाको भन्दा शनिबारको स्वयम्भु फरक हो की जस्तो लाग्यो । कस्तो कस्तो खल्लो खल्लो लाग्यो मनमा। फोहोर र मान्छेको मात्र भिड देख्दा । अनि केटाकेटीहरुको चहलपहल बढी नै । बस्न धेरै मन थिएन, कविता र बिश्रुदले पनि मेरो मन पढेजस्तो लाग्यो जाउँ भनिहाले । बाटोमा झर्दा बाँदर हेर्ने छोराका रहर पुरा हुने भो । बिश्रुद भने बाँदर हेर्दै रमाउँदै थियो मेरो छातिमा चसस्क घोचेजस्तो भयो । कारण घटदै गएको बाँदरको संख्या अनि बाँदरलाई ढुङ्गाले हिर्काउदै दुःख दिइरहेको सभ्य मानिसको असभ्य व्यवहार । चित्त अमिलो पार्नु सिवाय मसँग केही थिएन, तैपनि छोरोका आनन्दमा हो मिलाउँदै एकछिन टहलिएँ । एकातिर मान्छेको भिड, अर्कोतिर परिवर्तन भैरहेको मौसम, अनि घट्दो संख्यामा बाँदर । फोहोर पानी, मान्छेको दुव्र्यवहार, एकान्तस्थलको अभाव, खानेकुराको अभाव, सायद बाँदरहरु पनि ठुलो पिरमा होलान् । त्यहाँ जाने तमाम दर्शनार्थि तथा आन्तरिक पर्यटकहरुका लागि मेरो हार्दिक अनुरोध, कम्सेकम बाँदरलाई ढुङ्गाले नहानौ, बरु केही खानेकुरा किनेर बाँडीबाँडी खुवाउँ, बाँदरसँग रमाउँ, उनीहरुलाई कहिल्यै दुःख नदिउ । अहिले मेरो चारबर्षको छोराले बाबा मन्की हेर्छु भन्दा मैले देखाउन पाए तर डर लागिरहेछ कतै उसका सन्तानले उसलाई बाँदर देखाउ बाउ भन्दा चित्र पल्टाउनु पर्ने बाध्यकारी अबस्था त आउदैन?
प्रधानमन्त्रिको कुर्सि
साउन पाँचगते प्रधानमन्त्रिको चुनाव छ रे । माधव नेपालले राजीनामा दिएको यतिका दिन बित्यो प्रधानमन्त्रि चयन हुन सकेन । सहमतिय प्रधानमन्त्रि चयन हुन सकेन, अव गणितीय हिसावले जसले बहुमत पुर्याउँछ उही दलको नेता प्रधानमन्त्रि बन्ने भो । त्यो पनि त्यति सजिलो छैन भन्ने कुरा अहिले बिहान सातबजेको समाचार हेर्दा थाहा लाग्यो । कांग्रेसले रामचन्द्र पौडेल, एमाले अनिर्णीत, माओवादी प्रचण्डको कुटिल चालको फन्दामा, मधेशी दलहरु निर्णायक पोजीसनमा । बहुमतिय बिधीमा अहिलेसम्म कसैले कसैलाई समर्थन गर्छु भनेका छैनन् तर सबैले आफ्नै डम्फु फुकेका फुकै छन् । हेरु को हुन्छ अबको प्रधानमन्त्रि । पहिले पहिले प्रधानमन्त्रि चयनका बारेमा धेरै चासो र चिन्ता हुन्थ्यो । तर अहिले? मलाई त फिटिक्कै असर गरेको छैन अहिलेको यो अबस्थाले । तपाईलाई? बास्तवमा राजनीति फोहोरी खेल हो भन्ने कुरालाई हाम्रा नेताहरुको व्यवहारले नै पुष्टि गर्छ । अहिलेको अवस्थामा यस्तो खेल नखेलुन भन्ने सबैको चाहना थियो । तर कोही गतिला भएर निस्केनन् । पदका लागि मात्र राजनीति गर्दा रहेछन् । आफ्ना एजेन्डाहरुलाईमात्र सहि र बस्तुनिष्ट देख्ने दलहरुले कहिले शान्तिप्रकृयाको मर्म बुझ्न सकेनन् । अनि बुझाउने पनि कोही भएनन् । पार्टीका नेता धेरै भए, तर देशका नेता कोही भएनन् । सायद दलका गतिबिधिले र सक्रिय हुन नसकेको संविधानसभाको गतिबिधीले गर्दा नै आज देशको राजनीतिक जटिल मोडमा पुग्दा पनि नागरिकहरुमा जति चासो हुनुपथ्र्यो हुन सकेन । धन्य प्रधानमन्त्रिको कुर्सि ।
यात्रा रहेछ जिन्दगी
जुलाई २ देखि ८ सम्म पाकिस्तान । ९ मा अफिस । १३ जुलाई देखि १५ सम्म बाराको कलैया र निजगढ । १५ बिहान फिर्ता, दिउसो अफिस । जुलाई २० देखि २३ सम्म पोखरा । जुलाई २८ देखि अगष्ट ३ सम्म पुर्वको इटहरी र धनकुटा । लगत्तै इलाम । यही बिचमा बंगलादेशको ढाका जानुपर्नेछ । सायद जुलाईको अन्तिम साता वा अगष्टको पहिलो साता ढाका पुग्नै पर्छ । एउटा प्रोजेक्टको व्यवस्थापक भएकोले पनि ढाका जानै पर्छ किनभने कार्यक्रम त्यहाँ पनि छ परियोजना अन्तर्गत । अनि मिडिया कोड अफ इथिक्स सम्बन्धि परियोजनाका लागि नोभेम्बरसम्म हिडिरहनुपर्ने । श्रीमतिले ज्योतिषीलाई हेराईन । धेरै यात्रा नगर्नु भनेका छन् रे, तर मलाई? हुदाँहुदाँ घरमा हप्तामा मुस्किले दुई चार दिन । कहिले घरमै थन्किएर दिक्क भएपछि हिड्न मन लाग्छ, तर हिडाई धेरै भएपछि अब त नहिड्न परे पनि हुन्थ्यो जस्तो लाग्छ । कस्तो अचम्म, यात्रा रहेछ जिन्दगी भन्ने गीत त्यत्तिकै मान्छेको मुखमा झुन्डिएको रहनेछ । यात्रा रहेछ जिन्दगी..............................

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll