हिजो सोमबारदेखि अचानक तातेको राजनीति र शान्तिप्रकृयामा देखिएको चुनौती, आज दिनभरीको घटना, परिघटना र समाचारहरुको बिश्लेषण गर्दा यस्तो लाग्छ प्रचण्डले केही हदसम्म विवेकपुर्ण निर्णय गरे । शिबीरका हतियार आफैतीर सोझिने डरले गर्या हो वा देशलाई भ्रममा राख्नलाई हो, यो त इतिहासले बताउँनेछ तरपनि शिबीरमा रक्तपात नहोस्, शान्तिप्रकृयामा केही चुनौतीपुर्ण निर्णय नभएसम्म अग्रगामी हुन सक्दैन सोच र व्यवहार भन्ने बुझेर गरिएको हो भने हामीले त्यसलाई पनि स्विकार्नुपर्छ । देशमा अब एक्ला र सबैले आशा गरेका नेता प्रचण्ड नै हुन् । गिरीजापछि त्यस्तो नेता छैन जसप्रति नागरिकको आशा र भरोशा होस् । यद्यपी प्रचण्डको आजको निर्णयले एउटा गम्भिर प्रश्न उब्जाएको छ र त्यो के भने उनले हिजो जुन उद्देश्यका लागि हजारौ मान्छेको ज्यान लिए त्यो उद्देश्यको एकछेउसम्म पुग्न सकेन माओवादी र नपुग्दै बिचबाटैमा हाप्यो आफ्नो योजना र कार्यदिशालाई । यस अर्थमा उनलाई लडाकुलेमात्र हैन ति मृतक परिवार, तिनका आफन्त, शाखा सन्तानले बर्षौसम्म धिक्कार्नेछन् । आज यस्तो दिन नै देख्नुपथ्र्यो भने किन गरे उनको युद्दको शंखनाद? किन पुरा गर्न सकेनन् ती प्रतिबद्धता जसलाई पुरा गर्छु भनेर उनी युद्दको नेतृत्व गर्न अघि सरेका थिए । उनलाई रगतले सराप्नेछ चाहे त्यो शहिदको होस वा उनीहरुका जीवित परिवारको ।

यदी आजको निर्णय अनुसार अबदेखि माओवादी सेना नेपाली सेनाको नेतृत्वमा नै रहने हो भने यो विघटनपछि माओवादी पार्टी पनि एमाले र कांग्रेसजस्तै पाटी हुनेछ । जुन नेपाली जनताको चाहना पनि हो । शान्ति प्रकृयामा यसले दिर्घकालिन महत्व राख्छ । तर यो माओवादीको अरुबेलाको जस्तै नौटंकी हो भने एकपटक प्रचण्डलाई ईतिहासले धुर्त र कपटी नेताको रुपमा लिनेछ जो न कहिले जननेता हुन सक्नेछन् न त राजनेता नै ।

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll