मैले भने 'किन टोलाएकी?'
जबाफ आयो "तिमी अन्तै सल्कीएजस्तो लाग्यो"
मेले सोधे, "कसरी?"
"तिम्रो फेसबुक स्टाटस र इमेल पढेर"
मैले प्रष्ट्याए, "त्यो तिम्रो भ्रम हो"
उनी त्यसपछि सधै टोलाउन थालीन्
मैले फेरी सोधीन किन टोलाएकी?

उनले सोधीन् "आज किन बिशेष खुशी"
मैले भने, "आज मेरो घर उज्यालो थियो"
मैले थपे "लोडसेडिङमा पनि घर आज धपधपी बलेको छ"
उनले भनिन् "यो जुन हैन म हुँ"
मैले भने, "चिने, जसलाई मैले १० बर्ष अगाडि चुनेथे"

उनले हात जोडिन् "मलाई माफ गर"
मैले सोधे "किन?"
उनले भनिन्, "मैले फेरी तिम्रो स्टाटस र इमेल पढे"
मैले सोधे, "को को सँग सल्किएको थाहा पायौ?"
उनले भनिन् "म गलत रहेछु"
मैले भने, "म कहिल्यै गलत थिइन"
त्यसपछि उनी मेरो अंगालोमा बाँधिइन
हामी संसार जिते झै गरी लडिबुडी गर्यौ
अनि निदायौ ।

जेठ २७, २०६८, ललितपुर

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll

Archive