जिन्दगी कहिलेकाँही सारै दिक्क लाग्दो हुदो रहेछ । मनमा जे जस्तो उत्साह र उमंग भएपनि त्यसलाई त्यही रुपमा कायम राखिरहन मुस्किल पर्दोरहेछ । सोच्छु एकथोक, हुन्छ अर्को थोक । खुशी खोज्न सारै गारो । गीत सुनेको थिएँ शान्ति खोजुँ म कहाँ? अहिले मलाई त्यस्तै लाग्छ खुशी खोजुँ म कहाँ? हाँसो खोजु म के मा? मसँग सबैथोक छ र पनि मलाई आज लागिरहेको छ म एक्लो छु । मेरो कोही छैन । भएकाहरु पनि मेरा हुन् भन्ने मलाई पटक्कै लागिरहेको छैन । मानौ म एउटा यन्त्र हुँ । कसैले चलाउँछ, थन्क्याउँछ, फेरी खोल्छ, बन्द गर्छ । जति बेला मन लाग्यो चलाउँछ, जतिबेला मन लाग्छ फालिदिन्छ, न मलाई कसैले सुन्छु, न त मैले अरुलाई सुन्नुपर्छ भन्ने महसुश नै गराउन सक्छ । बेकारको लाग्न थालेको छ जिन्दगी ।

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll

Archive