जनजाती महासंघ आयोजक, थारु र मधेशीको समेतको समर्थनमा ७२ घण्टे बन्दको पहिलो दिन, बैशाख ७, २०६८ । साँझतिर जावालाखेलको चियापसलमा भेटिएकी एक महिला उनका एक पुरुष साथीसँग कुरा गर्दै थिईन्, “यस्तो दिन मैले आजसम्म देख्या थिएन ।” कुनै जातीप्रति लक्षित उनको कडा प्रतिकृया सुनेपछि अर्को छेउमा बसेका पुरुषले मुखमा लिएको चिया झन्नै सर्काए । महिलामित्रलाई चेतावनीशैलीमा भन्न थाले, ”सबथोक बोल्नोस् अहिले बोलेजस्तो शब्द र बाक्य कहिल्यै नबोल्नोस् ।” त्यसपछि पनि दुवैले धेरै कुरा गरे । जागीरबाट फर्किएको साथीसँगै चिया पिउदैगर्दा मलाई चियाभन्दा उनीहरुको कुराकानी रोचक थियो । बिहानैको हिडाईमा देखिएको बन्दको दृष्य र बन्द आयोजकका अभिव्यक्तिले नै मलाई डर लागेको थियो बन्द पक्कै हिंसात्मक हुनेछ । उज्यालो नेटवर्कका सहकर्मीहरुसँग उनीहरुकै कार्यकक्षमा एकछिन बस्दा थाहा भइसक्याथ्यो बन्दकर्ताहरु अराजक भइसकेकाछन् । उनीहरुले बिहानैदेखि सञ्चारमाध्यमलाई तारो बनाइरहेकाछन् । दिनभरी सामाजिक सञ्जाल, टिभी, रेडियो, प्रीन्ट र अनलाइनमा आएका समाचार पछ्याउँदा पुष्टि भयो ७२ घण्टे बन्दको पहिलो दिनले धेरै गैर जनजातीलाई चसक्क सियोले घोच्दा हुने जस्तो पिडा दिएर सकियो । त्यसैले हुनसक्छ एकजना ब्राह्मणथर व्यक्तिले सामाजिक सञ्जाल ट्वीटरमा यस्तो लेखे, “२० बर्षको बसाईमा काठमाण्डौ आजजस्तो बिरानो कहिल्यै लागेन । सोच्दैछु अब कहाँ जाउँ? यस्तै हो भने काठमाण्डौमा बस्न सकिएला र?”

किन अरुदिनको भन्दा हिजोको बन्द उग्र र हिंसात्मक भयो? जनजाती तथा मधेशीलाई पाखा लगाएर तीनदलका नेताहरुले केही दिन अगाडि गरेको आधारहिन र अबैज्ञानिक प्रदेश बिभाजनको निर्णयले मात्र हो त? पार्टीहरुको निर्णयले ६२÷६३ को आन्दोलनको मर्मलाई समेट्न सकेको थिएन । यो देशमा लामो समय राज्य हाँक्ने बाहुन क्षेत्रीहरु एकाएक जुर्मराएका थिए । उनीहरुले जातीय नामका आधारको राज्य रुपान्तरणको बिरोधमा शंखनाद गरे । क्षेत्री बाहुन दशनामीले आफ्नो पहिचान नगुमोस् हेतु तीनदिने बन्द गरे । अखण्ड सुदुरपश्चिमका नाममा शुरु भएको आन्दोललन १९ दिन चल्यो । स्थानीय थारु समुदायको पहिचान सहितको राज्यको बिरोधमा शुरु भएको आन्दोलनमा सरकारमा रहेका मुख्य दलको समेत खुल्ला सहयोग देखियो । एक मधेश एक प्रदेशको अभिष्ट पुरा नहुने देखेपछि मधेशीदलहरु पनि भित्रभित्रै कुडिएँ । संविधान निर्माणका कतिपय जटिल मुद्दामा मुख्य दलहरु नजिकपुग्दै गर्दा अहिलेसम्म पाखा पारिएका जनजाती, आदीबासी तथा मधेशी समुदायलाई झस्कायो की अहिले पनि राज्य रुपान्तरण भएन भने कहिल्यै हुनेछैन । यि र यिसँगै जोडिएका घटनाक्रमले दविएको कुण्ठा र क्षेत्री बाहुन दशनामीलाई राज्यले आदीबासीको कोटामा राख्ने निर्णयको आक्रोसले बन्दकर्ताहरुलाई अराजक हुन थप बल पुर्याएको थियो । जनजाती महासंघका महासचिव आङकाजी शेर्पाले मिडिया मार्फत बाहुन क्षेत्री दशनामीलाई आदीबासी बनाउने सरकारी निर्णय फिर्ता हुनुपर्छ भनेर दिएको अभिव्यक्तिे पनि पुष्टि गर्छ जनजाती नेताहरु उक्त निर्णयसँग कति रुष्ट रहेछन् भनेर । र अर्को महत्वपुर्ण कारण प्रचण्डका बिभिन्न कालखण्डका अभिव्यक्तिहरुले समाजमा जातीय भड्काव बढाउन मलजल गर्यो । र त्यही कुरा पोखियो हिजोको घटनाको रुपमा ।

बन्द हिंसात्मक हुनु कदापी स्विकार्य हुन सक्दैन यद्यपी जनजाती तथा मधेशीका केही मागहरु नाजायज छैनन् । २४० बर्षसम्म बाहुन क्षेत्रीले हाँकेको मुलुकका केही संरचनाहरु यस्ता छन् जसले एकजाती, एकभाषा, एकभेषको पञ्चायती ह्यांङओभर अझै फ्याँक्न सकेको छैन । समाजबाट त्यसको ह्यांङओभर नहटेसम्म परिवर्तन संस्थागत हुन सक्दैन । ६२÷६३ सालको परिवर्तनले राजतन्त्र बढार्नुको आसय राज्यसंयन्त्र एकतन्त्रिय र एकजातीय हैन बहुजातीय र समावेशी संरचनाको हुनुपर्छ भन्ने हो । दशक चलेको हिंसात्मक माओवादी जनयुद्ध बर्गीय उत्पिडनको शिकार जनताको अधिकार सुनिश्चितताका गरी समुन्नत र न्यायपुर्ण नेपालको स्थापनाका लागि थियो । तर ६३ सालदेखि अहिलेसम्म पुग्दा त्यो आन्दोलनको आसय अनुसारको परिवर्तन भयो त? राज्य रुपान्तरण भयो त? समाजमा साँच्चिकै परिवर्तन महसुस गरियो? राजतन्त्रलाई फाल्न कफ्र्यु समेत वेवास्ता गरेर सडकमा ओर्लिएको नागरिकको हुल अहिले राजतन्त्र नै ठिक थियो भन्न थाल्नुको पछाडि बितेका ७ बर्षमा आमनागरिक राजनीति देखि वाक्कदिक्क भएर हैन जुन उदद्देश्यका लागि आन्दोलन भएको थियो त्यो अनुसारमा रुपान्तरण नदेखेर हो । समाज रुपान्तरण पनि नहुने, नयाँ संविधान पनि नबन्ने अनि क्षेत्री बाहुनले नै अड्को थापेर आजसम्म पछाडि पारिएका समुदायलाई पछाडि नै पारिहरने अबस्था आउने हो भने हजारौ मान्छेको रगत बगाएर प्राप्त भएको उपलब्धिको सान्दर्भिकता समाप्त हुन्छ । त्यसैले यसो भन्न नडराउँ, जनताति तथा मधेशी समुदायको आक्रोसको आसय समाजको साँचो रुपान्तरणका लागि एकपटक फेरी गतिलो दवाव हो उनीहरुका लागि जो जनजाती, मधेशी तथा अन्य आदीबासी समुदाय मुक्तिको नारा लिएर सत्तामा पुगेकाछन् ।

0 comments:

Popular Posts

Blogger templates

Blogger news

Blogroll

Archive